हुन त्, नहुने र हुन नकस्ने कुरा सायदै केही होला यो जगतमा। तैपनि, कुरा सुन्दा अचम्म लाग्न सक्छ तर कुरो एकदम सत्य हो कि एउटा छेपारोको मूल्य लाखौँ रुपैया सम्म पर्दो रहेछ। अहिले चीनमा एक विशेष प्रजातिको एउटा छेपारोको मूल्य साठी लाख रुपैया भन्दा बढी मुल्य तिर्नु पर्छ।
यो दुर्लभ छेपारोको नाम गिको हो र यसलाई टक के पनि भनेर चिनिन्छ । यो छेपारोले विशेष प्रकारको टक के भनेको जस्तो आवाज निकाल्ने भएकोले नै यो छेपारोलाई चीनमा टक के छेपारो भनेर समेत चिनिन्छ। चीनको बजारमा यो छेपारोको मूल्य ६० लाख रुपैया भन्दा पनि धेरै करिब ६४ लाख रुपैया जति पर्दछ । एउटा छेपारोको मूल्य यति धेरै पर्नुको खास कारण यस छेपारोमा पाइने विशेष औषधियुक्त गुणहरु नै हो ।
चीनमा बिशेष तह यो छेपारोको मासुलाई परम्परागत औषधि बनाउनमा प्रयोग गरिन्छ। यसरी निर्मित औषधि, दक्षिण पूर्बि एसियामा मधुमेह, एड्स तथा क्यान्सर जस्ता रोग निको पार्ने कार्यमा परम्परागत औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिशेष यौन क्षमता बढाउने औषधि बनाउनमा समेत यो छेपारोको मासु प्रयोग गरिने भएकोले पनि यो छेपारो यति धेरै मूल्यवान भएको हुनसक्छ। यीनै कारणहरुले गर्दा नै यो छेपारो अमुल्य हुनगएको हो ।
यो छेपारोको अन्तराष्ट्रिय कालो बजारमा समेत उच्च माग रहेको छ। यसको तस्करी लाखौँ रुपैयामा समेत हुने गरेको भेटिएको छ । यो प्रजातिको छेपारो दक्षिण पूर्बि एसिया लगाएत इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइन्छ । तर बिश्व भरि भैरहेको लगातारको वन विनाशको कारण यस प्रजातिको छेपारो लोपोन्मुख अवश्थामा पुगेको छ ।
No comments:
Post a Comment