Sunday, July 3, 2016

घरैबाट पासपोर्ट बन्ने।

अब पासपोर्ट बनाउन ईच्छुक नेपालीहरुलाई सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाइदिएको छ । आज १९ असार २०७३ बाट राहदानी विभागको वेबसाइ (हाईलाइट गरेको ठाउमा गएर click गर्नुहोस् र देखिएको लिंकमा पुनः एकचोटी क्लिक गर्नुहोस्) वा दिएको यस http://nepalpassport.gov.np/ मा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सक्नु हुनेछ ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको आज आइतबार उद्घाटन गर्नु भएको थियो। 
फारम भर्न के गर्ने  ? 
राहदानी विभागको वेबसाइ (हाईलाइट गरेको ठाउमा गएर click गर्नुहोस् र देखिएको लिंकमा पुनः एकचोटी क्लिक गर्नुहोस्) वा दिएको यस http://nepalpassport.gov.np/ खोल्नुहोस। तपाई परराष्ट्र मन्त्रालयको पासपोर्ट बिभागको वेब पेजमा पुग्नु हुनेछ र त्यहा आवेदन कर्ताले Apply Online(Pre-enrollment) लेखिएको स्थानमा Click गर्नुहोस् र प्राप्त निर्देशानुसार फारम भर्नुहोस्।परराष्ट्र मन्त्रालयको पासपोर्ट बिभागको वेब पेजमा आवेदन कर्ता वा अन्य व्यक्तिहरुले आफुलाई आवश्यक अन्य जानकारीहरु समेत पाउन सकिन्छ। 
पासपोर्ट आवेदन कर्ताले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ, त्यसरी भरेको विवरणलाई पछि विभागले एकपटक पुनः चेकजाँच (रुजु) गर्नेछ । साथै पासपोर्टको लागि आवश्यक पर्ने सम्बन्धित व्यक्तिको फोटो विभाग आफैं खिच्नेछ र यसको लागि सम्बन्धित व्यक्ति विभागमै सम्पर्क राख्न जानु पर्ने छ। यसरी खिचिएको फोटोको पैसा पनि तिर्नुपर्दैन। यसरी फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर उसले अनलाइनमा भरेको विवरण रुजु गरिने पनि व्यवस्था मिलाइएको छ । साथै सेवाग्राहीले राजस्व पनि सोही समयमा तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
यसरी सेवाग्राहीले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम आफैले अनलाइनबाट गर्न सक्नेछन् । त्यसपछि अनलाइनबाटै सम्बन्धितले बारकोट नम्बर पाउने छ र यही बारकोड नम्बर लिएर फोटो खिच्न र पैसा तिर्न जानुपर्छ । त्यही बारकोड नम्बरका आधारमा विभागले तपाईंको फोटो खिच्ने, विवरण रुजू गर्नुका साथै अन्य काम अघि बढाउँछ ।
यो नया व्यवस्थाले राहदानीको बाहेक सेवाग्राहीले अन्य पैसा तिर्नुपर्दैन । विवरण नमिलेकै कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको पनि अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताउनु भयो ।
पहिले online बाट फारम डाउनलोड गरी त्यसलाई आफैले भरेर तोकिएको ढांचामा फोटो छुट्टै खिचेर फारममा टास्नु पर्थ्यो।  यसरी राहदानीको फारम भरेर फोटो खिचेर र टास्ने क्रममा खिचाइएको कतिपय फोटो काम नलाग्ने भएको कारणले र भरेको विवरण नमिल्ने, केरमेट हुने र लेखाइसमेत नमिल्ने जस्ता समस्याले सेवाग्राही हैरान हुने गरेका थिए । त्यस्तै सबै विवरण र फोटो मिलेपनि फारम दर्ता गराउन तीन ठाउँमा घण्टौ लामो लाइनमा बस्नुपर्ने समस्या थियो । सेवाग्राहीको भिड बढ्दा कार्यालयमा समेत काम गर्न असहज हुने गरेको महानिर्देशक थापाले बताए ।

No comments: