Thursday, July 28, 2016

अचम्मसँग भेटिएको शालिग्राम !


शालिग्राम स्थापना गरिएको मन्दिर।
                                                  शांखु, काठमाडौँको उत्तरपूर्वमा अवस्थित धार्मिक    तथा ऐतिहासिक शहर, अहिलेको शंखरापुर नगरपालिका। हामीले स्वस्थानीको कथामा समेत यस शहरसँग सम्बन्धित कथा पढेको सुनेका छौ। यसै शहरको मुख्य केन्द्रदेखि केहि पर उत्तर तिर रहेको बज्रयोगिनीको मन्दीरको घर्मिक किम्बदन्ती तथा महत्व छुट्टै छ । यहाको परापुर्व कालदेखिको परम्परावादी कला संस्कृति र रहनसहनले  जो कोहीलाई पनि आफूतिर आकर्षित गर्ने क्षमता राखेकै छ भन्दा अत्युक्ति नहोला। परस्पर जोडिएका घरहरु जुन २०७२ साल बैशाख महिनामा गएको विनाशकारी भूकम्पले तहसनहस परेपनि अझै बाँकि रहेका इँटा छापेर बनाएका साँघुर सडक, त्यस्तै पुराना चोक तथा गल्लीहरुले अझै पनि उ बेलाको बैभवता झल्कायेको छदैछ। फेरी चारै तिर हरिया पहाडहरुले घेरेर माला लगाएको झैं देखिने मनमोहक दृश्यले जो कोहीलाई एकपटक शंखु पुग्ने रहर नलाग्ला भन्न सकिदैन।
                 मन्दिरभित्र स्थापना गरिएको शालिग्राम                                                                  

शंखु बजार देखि पूर्व तिर, जहाबाट हरियो डाँडा हुँदै माथितीर तिलकोट पुग्ने बाटो बनेको छ (कच्ची बाटो), त्यही बाटोको फेदीमा भिरालो डाँडाको ठुलो भागलाई मिलाएर मुक्तिनाथको मन्दिर स्थापना गरिएको छ । साथै सो मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुलाई बास बस्नको लागी मन्दिर परिसरमा नै केही भवनहरु समेत निर्माण गरिएको छ। त्यस्तै सो मन्दिर परिसर तथा भवनहरुको वरिपरि निर्मित आगन तथा बगैंचाहरुले शंखुलाई झनै उचाइमा पुरयाएको महसूस गर्न सकिन्छ। उक्त मुक्तिनाथको मन्दिरका

मन्दिर भित्र शालिग्रामको बाहिरी ढुंगाको बोक्रा।       

संस्थापक कमलनयन आचार्य बाबाको पहलमा मन्दिर आशपास हस्पीटल, स्कूल आदी निर्माण हुदैछ। स्कूल निर्माण भैरहेको स्थल अगाडी खुला रहेको स्थान सम्यायेर स्कूलको बिद्यार्थीहरु र स्थानीय युवाहरुलाई समेत हुने गरी ठुलो चौर बनाउने क्रममा ठुलो आकारको शालिग्राम भेटिएको थियो। कालीगण्डकी तिरमा पाइने शालिग्राम शंखुको पूर्बी छेउमा त्यसरी ठुलो शालिग्राम भेटाउनु एकप्रकारले अचम्मै कै कुरो भएर नै, त्यसरी शालिग्राम भेटिएको स्थानमा समेत मन्दिर स्थापना गरी त्यहाँ भेटिएको शालिग्रामलाई
                                                         पुजारी शालिग्रामको फाइदा बेफाइदा बताउदै     

सोही मन्दिरमा स्थापित गरि राखिएको छ।  डाँडाको फेदीमा जमीन सम्याउने क्रममा एउटा ठुलो ढुंगामा स्काभेटर माटो उठाउने क्रममा ठोकियो, त्यसरी ठोकिएको ढुंगालाई खनेर निकालियो। स्काभेटरले ठोकेर ठुलो ढुंगा उसिनेको अन्डाको बोक्रा माथीबाट तलतिर चिरिएर फ़क्लक्क फुटेर अन्डा निस्किए झैँ ठुलो ढुंगा पनि त्यसरी नै फ़क्लक्क फुटेर भित्र ठुलो शालिग्राम भेटियो। त्यसरी भेटिएको शालिग्रामलाई स्थानीयहरू र मुक्तिनाथ मन्दिरका संस्थापकको
                                                                                   शंखुमा स्थापना गरिएको मुक्तिनाथको मन्दिर।       
अग्रसरतामा त्यहाँ मन्दिर निर्माण गरि सोहि  मन्दिरमा स्थापित गरियो। त्यसरी शालिग्राम भेटिएको स्थान, शालिग्राम स्थापन गरिएको मन्दिर र उक्त मन्दिरको पुजारीको फोटोहरु पनि यस लेखमा समावेश गरिएको छ।

           

No comments: