Wednesday, July 27, 2016

शुख शान्ति र आराम !

दिपक बन्जाराको फेसबुक वालबाट लिइएको 
 Fact of Life , (यो कथा दुई मिनट समय निकालेर अवस्य पढ्नुहोला )   

एकपटक एक जना माछा मार्ने माझी समुद्रको किनाराको हरियो चौरमा एउटा रुखको छहारी मुनी उत्तानो परेर सुतेर आराम सँग बिडी तानीरहेका थिए । त्यसै समय एकजना ठुलो ब्यबसायी त्यहिँबाट आफ्नो कामको शिलशिलामा कतै गैरहेका थिए र त्यसरी आनन्द सँग सुतिरहेको माझीलाई देखेर सोधिहालेछ, " तिमी काम गर्न छोडेर, यहाँ किन यसरी आराम गरेर समय बर्बाद गरीरहेको छौ ?
त्यो ठुलो ब्यबसायीले त्यसरी सोधेको देखेर गरिब माझीले जवाफ दिएछ  " मैले आजको लागि पर्याप्त माछा समाती सकेको छु" 
माझीको कुरा सुनेर त्यो ठुलो ब्यबसायी अलिक रिसाएर फेरी भनेछ "तैपनि यहाँ बसेर यसरी समय बर्बाद गर्नुभन्दा त राम्रो तिमीले अझै माछा समातेको भए हुन्थ्यो नी। "
माझिले कुरो नबुझेर फेरी सोधेछ "अझै माछा समातेर के हुन्छ ?"
ठुलो ब्यबसायी - त्यसलाई पनि बेचेर तिमिले अझ धेरै पैसा कमाउन सक्थ्यौ र एउटा ठूलो बोट (जहाज) किन्न सक्थ्यौ।"
माझी - त्यो बोट (जहाज) किनेर के हुन्छ त् ? 
ठुलो ब्यबसायी - त्यसले तिमी समुद्रमा अझै टाढासम्म गएर माछाहरु धेरै मार्न सक्छौ र झन् धेरै पैसा कमाउन सक्छौ। 
माझी - अनि फेरि त्यसले के हुन्छ ?
ठुलो ब्यबसायी - तिमीले अझ धेरै बोट किन्न सक्छौ, धेरै कर्मचारीहरु राखेर झन् धेरै पैसा कमाउन सक्छौ ।
माझी - अनि फेरि के हुन्छ ?
ठुलो ब्यबसायी - त्यसपछी तिमी म जस्तै धनी ठुलो ब्यबसायी बन्न सक्छौ। 
माझी - तपाई जस्तै ठुलो ब्यबसायी बनेपछि मलाई के हुन्छ ?
ठुलो ब्यबसायी - माझीको यस्तो कुरा सुनेर रिसाउदै भने छ, "अरे बेवकुफ ! त्यसपछी तिमी आफ्नो जीवन खुशी,शान्ती र आराम सित बिताउन सक्नेछौ। 
माझीले बल्ल कुरो बुझेको जस्तरी भनेछ - ए त्यसो पो ! अनि अहिले तपाइले म के गरेर बसिरहेको जस्तो लाग्छ त् ? तपाईं त्यत्रो काम गरेपछी खुशी, शान्ती र आराम सँग जीवन बिताउन सकिन्छ भन्नु हुन्छ, तर म त्  त्यो सबै नगरीकनै सुख शान्ती र आराम सँग यी यसरी बाँचिरहेको छु, बसी रहेको छु " ।
यस सम्वादको शिक्षा (मोरल) :- शुख शान्ति र आराम सँग बस्नको लागि धन होइन मन चाहिन्छ र जे जस्तो अवस्थामा छ त्यसैमा सन्तुष्ट हुन् सक्नु पर्छ। साथै पाएको हरेक क्षणलाई आनन्द सँग बिताउन सक्नु पर्छ ।

No comments: