कविM कुमार खत्री
-सबैको हृदय छुने अहिलेको समय सान्दर्भिक एक कविता_
बिजयको शंखनाद गर्ने
ईतिहाँश बोकेको पहाडमा
हरेको जुवाडे जस्तै
उद्रिएको छानो शिरमा सिउरिएर
टिठ्लाग्दो गरी ठिङ्ग ऊभिएको रहेछ
मेरो पाग्रीघर।
अचेत अबस्थामा रहेछन्
मेरा घरका ढिकीजाँताहरु
समयको पेचिलो प्रहार थेग्न नसकी
मुर्छीत रहेछन् ढाकर र तोक्माहरु
उता,
कटेरामा हलगोरु नदेख्दा
जोतारोमा पाशो लागि सकेछन्
हलो र जुवाहरु
मेरो आउने बाटोमा
आँखी झ्यालको आँखा ओछ्याएर
बाटो हेरी रहेको रहेछ
मेरो पाग्रीघर।
मलाई मेरो घरले बिलौना गर्दै भन्छ
तिमी नहुँदा मेरो मझेरीमा
घारघुर गर्दै चल्नछाडे
ठेकी र मदानीहरु
मेरा दलीन्मा बास बस्न
आउन छोडे पंक्षिहरु
खेताला खोज्ने निउले झर्न छोडे
झिँगटी घरका कान्छिहरु
तिमीलाई थाहा छ <
हरेक हिउदमा एक्लो पारेर
मलाई भुत्ल्याउन आउछ बतास
अनि, हरेक बर्ष निथ्रुक्क
भिजाएर जान्छ साँउन्
म नाजवाफ भएँ
साँच्चै एक्लो भएर
अलल्ली सकेछ
मेरो पाग्रीघर।
उता दिन ढल्किनै लाग्दा
पिठ्यूँमा उसिना चामलको कोसेली च्यापेर
चट्टाने छातीहरु पार गर्दै
युगिन् सभ्यताको कछाड भिरेर
ओदाने पाखामा टिटीं गर्दै
हर्न बजाउछ
समयको ट्याक्टर
अजम्वरी बुटी कहाँ भेटिन्छर
संस्कृतिको वन् डढेलो लगेपछि
प्रचिन्ताको जरा खलबल्याएर
कहाँ फूल्छर आधुनिकताको फूल
मलाई विश्वास छ
भरोशाको जून्मा ग्रहण लाग्ने छैनन्
आश्थाका फूलहरु रेटिने छैनन्।
No comments:
Post a Comment