Wednesday, July 20, 2016

पेटमा लागेको बोसो यसरी घटाउन सकिन्छ।

भ्यात्ल्याक भुडी झुण्डिएर सर्टको टाँक कतिचोटी हो कतिचोटी चुडेको, येसो उमेर सुहाउदो केटीसंग अफेयेर चलाउन लाग्यो भुडीकै कारण कुरो नमिल्ने। साथीभाईहरु बिच पनि त्यहि भुडीकै कारण हास्य पात्र बनिने। आफ्नो भएको व्यक्तित्व समेत यही भुडीले सिध्याई दिने। अनि रोगहरुको भकारी समेत त्यही भुडी। त्यसैले अब यो भ्यात्ल्याक निस्केको भुडीलाई केही नगरी भयो त् ? हजुर, तपाइहरुले पनि अवश्य धेरै कुराहरु गरिसक्नु भयो होला त्यो अबगुण नै अबगुणले भरिएको भुडी घटाउन। तैपनि केही नलागेको भए आउनुहोस, केही सरल उपाय यहाँ उल्लेख गरिएको छ।  
कुरा सुन्दा,पढ्दा केही अनौठो लाग्न सक्छ, तर कुरा सही हो। नेदरल्याण्डको वागेनिजन युनिभर्सिटीका प्रमुख लेखक गुइड़ो कैंप्सको अग्रणी भूमिका रहेको सोधकार्यमा सहभागीहरुको MRI गरिएको र प्राप्त रिपोर्टको आधारमा यो निश्कर्ष निकालिएको हो। यो प्रतिवेदन पोर्चुगलमा वार्षिक रुपमा आयोजना हुने सोसाइटी फर द स्टडिज अफ इन्वेष्टिगेटिव विहेभिएर  बैठकमा प्रष्तुत  गरिएको थियो। 
प्रतिवेदनमा उल्लेख गरिएको छ, खाना खाने क्रममा पानी पिउने बानी भएकाहरुलाई त् राम्रै भयो। यदी त्यसरी खाना खादा पानी पिउने बानी छैन भने अब पानी पिउने बानि बसाल्नुहोस। किनकी त्यसरी खाना खाने क्रममा तपाईले बारम्बार पानी पिउनु हुन्छ भने, तपाइको पेट चाडै भरिन्छ र पेट भरिएको सन्देश मस्तिष्कमा पठाउछ। त्यसरी पेटले पठाएको प्राप्त सन्देशको आधारमा मस्तिष्कले आवश्यकता अनुसार परिपूर्ति भइसकेकोले अब खानेकुराको आवश्यकता छैन भन्ने निर्णय गर्छ र खानाखाने कार्य रोक्न निर्देशन दिन्छ। यसरी तपाई खाना कम वा सधै खाने भन्दा थोरै खान थाल्नु हुन्छ। अब यसपछिको कुरो त् यहाँ उल्लेख गरिरहनु पर्दैन होला।  तपाईको बढेको वजन तथा भुडी अवश्य घट्ने छ। जुन मात्रामा तपाइले पहिले खानेकुरा खानु हुन्थ्यो अब
पानी धेरै पिउनाले त्यसको मात्रा घट्न जान्छ। यसरी धेरै पानी पिउनाले पेट टन्न भएर खाना खान पनि मन लाग्दैन, यसले गर्दा हाम्रो शरिरमा अनावश्यक चिल्लो पदार्थको मात्रा समेत घट्न जानुका साथै पेट सफा हुनजान्छ।  यसरी तपाइको वजन  घट्ने र पेटमा थुप्रिएको अनावश्यक बिकरहरु समेत निस्काशित हुनुका साथै अनावश्यक रुपमा बढेको भ्यात्ले भुडी समेत घटेर आकर्षक देखिनु हुनेछ।  

No comments: