Sunday, July 24, 2016

भ्रष्ट्राचारी ! गर्वको साथ भन्न सक्छौं ।

- हामी कहाँ छौं ? कुन देशमा बस्छौं ? भनि कसैले प्रश्न गरेमा,
हामी, त्यो देशमा बस्छौं जहाँ अहिले बर्षाको समयमा पुर्व देखि पश्चिम तराइ सम्मका शहर बजार तथा गाउँ घरमा बाढी पसेर धनजन, अन्न बाली तहसनहस बनाएर जीवन जिउन समेत कष्टकर बनाएको समयमा , फेरी लगातारको वर्षा बाट नदीमा पानीको सतह बढेर उर्लेको बाढीबाट ज्यान जोगाउन घरबार छोडेर खुला आकाश मुनी जीवन यापन गरिरहेका नागरिकहरुको कुनै वास्ता समेत नगर्ने, अनि बिनाशकरी भूकम्पले तहसनहस परेको नेपालीको जीवनमा लगातार भएको वर्षाको कारण आएको बाढी र खाशेको पहिरोले झनै बिचल्ली बनाई परेको अवश्थामा समेत देशको नागरिकहरुको बेवास्ता गरि शत्ताको लुछाचुडी र भागवण्डा मै सिमित रहने देशको सरकार अनि सरकार चलाउने मन्त्रिगणहरु र पक्ष विपक्षका नेताहरु अझ उनीहरुलाई नेता भन्दानी ठेकेदारहरु भन्दा अत्युक्ति नहोला। हो हामी त्यहि देशमा बस्छौं।
हामी, देशमा नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न पाइदैन अनि स्वास्थ्य शिक्षामा समेत मनोमानी गर्न पाइदैन भनि आमरण अनशन बस्ने प्राध्यापक डाक्टर गोबिन्द केसीको १३ १३ दिन सम्म पनि केही वास्ता नगर्ने बरु मापदण्ड बिपरित खुलेका स्वास्थ्य शिक्ष बिषयमा अध्यापन गराउने शैक्षिक सँस्थाहरुको लहलहैमा लगेर उल्टै प्राध्यापक डाक्टर केसीलाई पागलको संज्ञा दिने सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु सदनमा थुप्रिएर असारेभाकामा एकले अर्कोको बिरोध गर्दै जुवारी मात्रै खेल्नेहरुले चलाएको देशमा बस्छौ।
हामी, ब्यापारी तथा व्यवसायीहरुले देशमा जनस्वास्थ्य हित बिपरित जे जस्तो खाध्य सामाग्रीहरु खुलेआम बेच्दा र बासी सडेगलेको खाध्य सामग्रीहरु घोषणा गरेरै ग्राहकहरुलाई बेच्छौ भनेर भन्दा समेत केही कारवाही गर्न नसक्ने  सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन भाएको देशमा बस्छौ।
हामी, रक्षक नै भक्षक, भ्रष्ट्राचारले ओतप्रोत भएको राष्ट्र, जहाँको   सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन सबका सबका भ्रष्ट्राचारी भएको देशमा बस्छौ।
भनेर हामी गर्वको साथ भन्न सक्छौं।
  

No comments: