Tuesday, July 26, 2016

गाजर एक फाइदा अनेक !



गाजर, एक यस्तो फलफुल तथा तरकारी समूहमा पर्ने खाध्य हो, जसमा हाम्रो लागि फाईदै फाइदा मात्र छ। यसको उपभोग गर्दा हामीलाई बिभिन्न फाइदा हुन्छ । गाजरमा धेरै मात्रामा बेटा क्यारोटिन पाइन्छ, जुन हाम्रो दृष्टि शक्तिको लागि अतिनै महत्वपूर्ण हुन्छ। साथै यसमा भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रक्रिया र दाँतका लागि अतिनै लाभदायी हुन्छ । यसमा अत्यन्त थोरै मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ यसमा शुन्य नै हुन्छ । गाजर खानु आँखाको स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटारयाक्ट जस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउछ । यसले रतन्धो हुनबाट समेत जोगाऊदछ । एक अनुसन्धानबाट बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ भन्ने कुरा समेत पत्ता लागेको छ ।
गाजरमा पाइने विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्वले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्वहरुले मुटुको रोग लाग्न सक्ने खतरा समेत धेरै नै कम हुने देखाएको छ । गाजरमा उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् जसले खराब कोलस्टेरोललाई हटाउछ । यसै कारण हृदयाघात हुने सम्भावना समेत रहदैन ।

गाजरमा पाइने पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । यीनै तत्वहरुले क्यान्सर लगाउने कोषलाई समेत नष्ट पारिदिन्छ । गाजरको नियमित उपभोग गर्नाले यसमा भएका विभिन्न पोषक तत्वहरु र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने तथा शरीरमा बिभिन्न रोग बिरुद्ध कवचको जस्तै काम गर्दछ। साथै गाजरमा हुने भिटामिन ए ले शरीरमा हुने विषाक्त पदार्थ निकाल्न कलेजोलाई मद्दत गर्दछ। यसले कलेजोमा हुने चिल्लो पदार्थ तथा पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा महत्वपूर्ण सहयोग गर्छ । 
अतः गाजरलाई नियमित आफ्नो खाना तथा खाजाको रुपमा उपभोग गर्ने बानबसालौ र निरोगी भइ जीवन गुजरौ।   

No comments: