Friday, July 15, 2016

हामीले खाने माछा यस्तो छ !

जनस्वास्थ्यमा खेलबाड ! 
मन्त्री सहितको सरकारी अनुगमन टोलीलाई ठाडो जवाफ माछा ब्यापारीको:
‘तपाईँहरूका लागि झिँगा भन्किएको होला तर यही माछा हामी पाँच तारे होटलमा बेच्छौ,’
फोटोमा देखिएको झैँ अवस्थामा झिँगा भन्केर माछालाई नै नदेख्ने गरी झिँगाले ढाकेर राखेको माछालाई कालिमाटी तरकारी बजारमा ताजा माछा भनेर बेच्न राखेको अवस्थामा अनुगमनको क्रममा फेला परेको थियो। आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग र पत्रकार सहितको टोलीले गत साता बजारमा विशेष अनुगमन गरेको बेला झिँगा भन्किएका माछा ताजा माछा भन्दै बिक्रीका लागि राखिएको समेत भेटाएको थियो । टोलीमा भएका मध्ये एक उच्च अधिकृतको भनाइ अनुसार अनुगमनको क्रममा ताजा माछा भनेर किन्ने गरेको माछा त झिंगाले ढाकेर पुरै कालो भएको अवस्थामा फेला पर्‍यो, साथै माछाको थोक बजारमा पाइएका अधिकांश माछा विग्रेको सडेगलेको अवस्थामा समेत फेला परेको थियो। त्यस्तो माछा बिक्रीको लागि राखेको भेटेपछि सम्बन्धित थोक बिक्रेतासंग बुझ्दा त्यस्तो माछा पाँच तारे होटलहरुमा दैनिक बिक्री गरिन्छ, भन्ने जानकारी प्राप्त भयो। यदि यो कुरा सही हो भने किन तुरुन्त त्यस्ता ब्यापारी माथि कारवाही गरिएन ? अधिकार प्राप्त सरकारी अनुगमन टोली खाली कुन ब्यापारीले कति उपभोग गर्न नमिल्ने सामानहरु बिक्री गर्छन भनेर हेर्न मात्रै गएका हुन् कि के हो ? होइन भने त्यस्ता ब्यापारीहरुलाई के  कस्तो कारवाही भयो वा हुदैछ ?   
आपूर्ति मन्त्री ज्युको नेतृत्वमा भएको अनुगमन टोलीले त्यस्ता ब्यापारीहरुलाई मानवीय संवेदनालाई बुझेर सरसफाइ गर्दै गुणस्तरिय सामान बिक्री गर्ने आग्रह बाहेक अरु केहि गर्न नसकेको सर्वसाधारण उपभोक्ताहरुको गुनासो छ, हामी सर्वसाधारण उपभोक्ताको हकहितको सम्बन्धमा कसले बोलिदिने ? सरकार नै लाचार भएपछि ।
तर व्यापारीहरु भने वर्षा सिजन भएकाले झिंगा लाग्नु सामान्य भएको भन्दै यी माछा ताजा भएको तर्क गरे। कालिमाटीकै एक माछा ब्यापारी भन्दै थिए,‘ तपाईँहरुले भनेर हुन्छ हाम्रा माछा पाँच तारे होटलमा जान्छ।’

No comments: