
यसै सन्दर्भमा अहिले बिश्वभरी एउटा प्रजातिको फूल जिज्ञासाको बिषय बनेर चर्चित भैरहेको छ, हजुर, नारीलता अथवा लियाथम्बराको नामले चिनिने यस प्रजातिको फूल बोटमा फुल्दा सर्वांग नाङ्गो महिला (Naked Lady) को आकृति (आकार) जस्तै देखिन्छ।यसैले नै यो फूल संसारभरी सामाजिक संजालमा खुबै लोकप्रिय भएको छ। यो फूलको प्रमाणिकताको सन्दर्भमा प्रश्न नउठेको भने होइन। तर यस फूलको वास्तविकतामा जतिले बिश्वाश गर्दैनन् त्यतिनै संख्याले फूल भएको वास्तविकतालाई स्विकार्छन पनि।
कोहि यो नारीलता फूलको बोट हिमाली क्षेत्रमा पाइन्छ र प्रत्येक २० बर्षमा एकपटक फूल फुल्दछ भनेर भन्छन भने कोहि यो फूलको बोट श्रीलंकाको एउटा प्रान्तमा मात्रै पाइन्छ भनेर भन्छन।
यो नाङ्गो महिला (Naked Lady) जस्तो आकृतिमा फुल्ने फूल सामाजिक संजालमा खुबै भेटिन्छ वा भनौ देखिन्छ, तर वास्तबमा यो फूल कहाँ पाइन्छ भन्ने कुरो चाही अझै पुष्टि हुन् सकेको छैन। यो फूल अहिले सामाजिक संजालमा निकै चर्चित र बहशको बिषय बनेको छ। साथै यो फूल कम्पुटरको मदतले बनाएको भन्नेहरुको पनि कमिछैन। यो नाङ्गो महिला (Naked Lady) फूलको वास्तविकता जे भएपनि संसारभरी कौतुहलको बिषय चाँही आवश्य बन्न सफल भएको छ। आशा गरौ यो फूलको वास्तविकता पनि अवश्य चाडैनै आउने छ।
No comments:
Post a Comment