Friday, July 8, 2016

बिदेशीएका नेपालीहरु !

देशमा बेरोजगारीको बढ्दो समस्या, अनि क्षमता अनुसारको मौका पाउन नसक्नु नातावाद कृपावादको राजनीतिक खिचलोले गर्दा आफुले स्वदेशमा रोजगारीको राम्रो अवसर नपाएपछि दैनिक हजारौ नेपाली कामको खोजीमा बिदेसिएका छन्  र उनीहरु बिदेशी धर्तिमा तल्लो स्तरको काममा कडा मेहनत गर्दै पसिना चुहाइरहेका छन् । यो चालु आर्थिक बर्षको ११ औ महिना सम्ममा बिदेशमा काम गर्न जानेको संख्या मात्र ३ लाख ८६ हजार ३ सय १५ जना पुगिसकेको छ । यो संख्या गएको आर्थिक बर्षको तुलनामा एक लाख सम्म घटी हो । बिनाशकारी भूकम्पका कारण यहाँ पुनः निर्माण गर्नु पर्ने बाध्यताले पनि बिगतको तुलनामा थोरै युवाहरु मात्रै आय आर्जन गर्ने उद्देश्यले विदेशिएका छन्।  
यस बर्ष वैधानिक तवरले (म्यानपावर कम्पनी मार्फत) ३ लाख ५२ हजार ३२ जना युवा बिदेसिसकेका छन् (यो संख्या गत जेष्ठ सम्मको हो) । साथै व्यक्तिगत तवरमा तथा बैध्यानिकरण गरेर कामको खोजीमा विदेशिनेको संख्या क्रमस:१० हजार ६ सय ५१ र २३ हजार ६ सय ३२ जना भएको व्यहोरा वैदेशिक रोजगार विभागबाट जानकारीमा आएको छ । यसरी बिदेशीनेको कुल संख्या मध्ये ३ लाख ६८ हजार ३ सय ७३ पुरुष र १७ हजार २ सय ४२ महिला भएको तथ्य समेत बैदेशिक रोजगार विभागले खुलाएको छ। यस आर्थिक बर्षमा सवैभन्दा बढी १ लाख २७ हजार ४ सय जना रोजगारीको शिलशिलामा साउदी अरेविया गएका छन् । यस्तै, १ लाख २० हजार, कतार गएका छन्। ५५ हजार ८ सय ८०  मलेसिया गएका छन् भने ४८ हजार ६ सय ५५ जना युएई गएको तथ्य समेत बैदेशिक रोजगार विभागबात प्राप्त भएको छ । त्यस्तै सरकारी नियामनुसर रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जानेको संख्या ६ हजार १ सय २ जना छ भने कुवेतमा ९ हजार ३ सय ४४ जना गएका छन्। साथै जापानमा ३ हजार ६ सय ८२ जना गएका छन् भने २ हजार ९ सय ३९ ओमन र २ हजार ८ सय ७७ जना बहराईन गएको कुरा समेत विभागले उल्लेख गरेको छ । 
यो भन्दा अघिल्लो बर्षहरुमा धेरै संख्यामा नेपाली युवा काम गर्न मलेसिया जाने गरेकोमा अहिले कामको खोजीमा जाने युवाहरुको आकर्षण खाडी मुलुक तिर बढेको देखिएको छ । यो मलेसियन मुद्राको भाउ घटेको र सरकारले लागु गरेको शुन्य लागतका कारण पनि खाडी जानेको संख्या बढेको हुन् सक्ने कुरा विभागका उपसचिव रमा भट्टराईले बताईन् । कामको लागि मलेसिया जान बढी पैसा तिर्नुपर्ने तर कमाई थोरै हुने भएकाले पनि अरु मुलुकको लागि श्रम स्वकिृती लिनेको संख्या  बढेको समेत उनको भनाई छ । ११० मुलुकमा सरकारले नेपालीहरुलाई रोजगारीको लागि  जान अनुमती दिए पनि अहिले एक दर्जन मुलुकहरुमा मात्र बढी संख्या जाने गरेका छन् । त्यसमा पनि कुल बिदेसिने मध्ये ९५ प्रतिशत खाडीका मुलुक र मलेसिया जाने गरेका छन् ।

No comments: