Thursday, June 15, 2017

SLC (SEE) 2073 को ग्रेड सिष्टम सहितको नतिजा हेर्नुहोस।

SLC सट्टामा SEE(Secondary Education Examination) को नामले पहिलो पल्ट नतिजा प्रकाशित भएको छ। अबको केहि क्षणमा सबैले तल दिएको मध्ये कुनै लिंक मा गएर नतिजा हेर्न सकिन्छ। गत साल २०७३ को एस. एल. सि.अहिले
 SEE (Secondary Education Examination) दिएर नतिजा कुरिरहेका लाखौ बिद्ध्यार्थीहरु, यो समय कहिले र कतिबेला आफ्नो मिहेनतको फल कस्तो र कसरी आउने हो सो को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन। राजधानी लगाएत शहरी क्षेत्रको स्कुलमा अध्ययन गरेर परीक्षा दिने बिद्ध्यार्थिहरु त प्रायः निर्धक्कका साथ बसेका छन्।  उनीहरुलाई आफु सफल हुनेमा कुनै दुविधा नै छैन, भनेपनि हुन्छ। खाली उनीहरुलाई कुन  पोजिसन आउँछ भन्ने मात्रै कुरो हो।  तर, दुर्गम तथा बिकट क्षेत्रमा बसेर अद्ध्यन गरेर परीक्षा दिएका बिद्ध्यार्थीहरु प्रायः सबै जसोनै असफल भनौ वा थोरै अंक तथा पोजिसन ल्याउने बिगत देखिकै तथ्य रहेको छ।
यहाँ तपाई आफ्नो रिजल्ट हेर्न तथा मार्कसिट प्रिन्ट गर्न सक्नु हुनेछ। त्यसको लागि यहाँ दिइएको लिंकमा गएर क्लिक गर्नु होला र प्राप्त निर्देशन अनुसार गर्नुहोला।
www.nebresults.com

sparrow app
यो एपबाट आफ्नो मोबाइलमा रिजल्ट तथा ग्रेड सिष्टम सहितको नतिजा हेर्न तथा त्यसलाई प्रिन्ट गर्न समेत
सकिन्छ। त्यसकोलागि बिद्ध्यार्थिको जन्ममिति र सिम्बल नम्बर इन्ट्री गर्नु पर्दछ।
यदि तपाई आफ्नो मोबाइलमा रिजल्ट हेर्न चाहनु हुन्छ भने गूगल प्लेस्टोरबाट sparrow app आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस अथवा यहाँ दिएको लिंकमा गएर  sparrowsms.com/android app डाउनलोड गरेर इन्स्टल गर्नुहोस र Exam Result सेक्सनमा गएर SLC/SEE Result लाई क्लिक गर्नुहोस र आफ्नो सहि सिम्बोल नम्बर टाइप गरेर Get Result लाई  क्लिक गर्नुहोस अनि SLC or SEE को रिजल्ट तपाईको मोबाइलमा  हुनेछ।

माथि दिएको लिंक बाट रिजल्ट हेर्नको लागि पहिले आधिकारिक रुपमा रिजल्ट प्रकाशित हुनुपर्ने छ।

२०७३ सालको SEE रिजल्टमा  निम्न अनुसारले GRADING SYSTEM मिलाइएको छ। 

  • A+ = 90% and above (Grade Point 4.0) (Remark : Outstanding)
  • A = 89% to 80% (Grade Point 3.6) (Remark : Excellent)
  • B+ = 79% to 70% (Grade Point 3.2) (Remark : V Good)
  • B = 69% to 60% (Grade Point 2.8) (Remark : Good)
  • C+ = 59% to 50% (Grade Point 2.4) (Remark : Above Average)
  • C = 49% to 40% (Grade Point 2.0) (Remark : Average)
  • D+ = 39% to 30% (Grade Point 1.6) (Remark : Below Average)
  • D = 29% to 20% (Grade Point 1.2) (Remarks: Above Insufficient)
  • E = 19% and below (Grade Point 0.8) (Remark : Insufficient)
यो ग्रेड सिस्टममा अनुतिर्ण भन्ने नहुने भएकोले कलेज वा हाईस्कूलमा भर्ना हुन् D+ वा सो भन्दा माथिल्लो ग्रेडमा उतिर्ण हुनुपर्ने छ । अन्यथा कलेज वा हाईस्कूलमा भर्न हुन् सकिदैन।  
पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो ।
एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । 
गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ४ लाख ६२ हजार विद्यार्थी सहभागी थिए ।
यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । 
सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई भनेर नामकरण गरेको छ ।

No comments: