Saturday, June 2, 2012

सपनामा माछा देख्नुको अर्थ हुन्छ .......!!!

हामी सबैले सुतेको समयमा सपाना देख्छौ, त्यस मध्ये केहि पछी सम्म सम्झन्छौ भने धेरै जसो बिर्सन्छौ, अझ कति सपना त बिउझदा बिर्सिसकेको हुन्छौ l हामीले त्यसरी सुतेको बेला देख्ने सपनाको केहि बेशेष अर्थ हुन्छ l  हरेक सपनाले भविष्यमा  हुने वा हुनसक्ने केहि कुराको बयान गरेको हुन्छ, अझ भनौ हामीलाई हाम्रो ज्ञानेन्द्रीयले  भविष्यमा  घट्ने वा घट्न सक्ने घटना दुर्घटनाको लागि सचेत पार्नलाई त्यसरी सपनामा त्यस्तै दृश्य देखेको हो l  यसरी सपना हाम्रो जीवनमा घट्ने वा घट्न सक्ने घटना दुर्घटना संग  सम्बन्धित हुन्छ l  भविष्यमा हाम्रो जीवनमा हुनसक्ने राम्रो नराम्रो कुरालाई सपनामा देखाएर अग्रिम सुचित र सावधान गराईदिन्छ l बस हामीले त्यस कुरालाई समय मै बुझ्न सकेर सोहि अनुसार गर्न सक्यौ भने फाइदा लिन सक्छौं होइन भने भन्न सकिदैन, नराम्रो दुर्घटना मा पनि पर्न सक्छौ l त्यसैले अब होसियार हुनुहोस, सुतेको बेला सपना के देख्नु भयो याद पनि गर्नुहोस l


यस लेखमा सपनामा के कुरा देख्दा त्यसको अर्थ के हुन्छ भन्ने जानकारी गराइन्छ, जसले हामी सबैलाई अवश्य अग्रिमरूपमा सचेत गराउनका साथै केहि कुराको फाइदा समेत हुन्छ l जस्तै: 
सपनामा माछा देखेमा:
ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो l 


-त्यसैले हामीले सपनामा रंगीचंगी साना साना माछा देख्येउ भने त्यो निकै राम्रो हो l यसले भविष्यमा कुनै शुभ समाचार सुन्न, देख्न, पाइन्छ, साथै यस्तो व्यक्तिको जीवन एकदमै सफल हुन्छ र भविष्यमा कुनै पनि समस्याको सामना गर्नु पर्ने छैन l 


-त्यस्तै, सपनामा ठुलो र आक्रमक माछा देखिएको छ भने, यो चाही अलिक चिन्ता गर्नु पर्ने हुन्छ l यस्तो सपनाले मानीसको म भित्र गुम्सिएर रहेको नकारात्मक  उर्जा वा सोचलाई दर्साउदछ l ज्योतिषहरुका अनुसार सपनामा शार्क, पिरहना वा स्वर्डफिस  देखेको छ भने, त्यस्तो मानीसहरु   आउदो दिनमा ऋणले ग्रसित हुने छन र सधै केहिन केहि समस्याबाट घेरिने छन् l 

-तर सपनामा डल्फिन जस्तो माछा देखेको छ भने यस्तो सपना धन प्राप्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ l 

- माछा मारिरहेको (समातिरहेको) सपना देख्दा यदी आफुले कुनै ठुलो माछा समातेको (मारेको) देख्यो भने, यसको अर्थ धेरै नै राम्रो वा शुभ संकेत हो l यस्तो सपनाको अर्थ हुन्छ चाडैनै प्रसस्त धन सम्पति प्राप्ति हुनेवाला छ l साथै आफुलाई निकै फाइदा हुने कुनै बिशेष घटना घट्न लागेको शुभ संकेत हो l 

-सपनामा पानीमा खेलिरहेको माछा समातेको देखियो भने त्यसको अर्थ, जीवनमा गरेको कठिन परिश्रमको बदलामा भविष्यमा चाडैनै प्रसस्त सफलता मिल्दै छ भन्ने हुन्छ l  

अब तपाईहरु सपन देख्नु हुन्छ भने यो अवश्य याद गर्नु होला की कतो सपना देख्नु भयो र त्यसको प्रतिफल वा अर्थ के हुन्छ त्यो पनि बुझ्नु होला l 
लौत अब ...Have a nice dream !! 

No comments: