Wednesday, June 6, 2012

नेपालीले हेलिकप्टर बनाए


हाल काठमाडौँको कपनमा बसोबास गर्ने तीन युवाहरु मिलेर हेलिकप्टर बनाएका छन l अहिले त्यस हेलिकप्टरको नाम त्रिलोक हेलिकप्टर राखेका छन् l काठमिलमा काम गर्ने तीन साथिहरु मिलेर, लगभग एक लाख पचास हजार रुपैया खर्च गरेर निर्माण गरेको यो हेलिकप्टरमा काठको समानहरुको अधिक प्रयोग भएको छ भने यसमा २२० सी सी को पल्सर मोटरसाइकलको  इन्जिन जडान गरिएको छ l यसमा एक पटकमा चालक सहित तीन जनाले यात्रा गर्न सक्छन l यसको परिक्षण उडान समेत गरिसकिएको छ l  



तर सरकारले  उडान अनुमति नदिएकोले अहिले सम्म बैधानिक रुपले हेलिकप्टर उडाउन पाएको छैन l बुटवल स्थायी घर भएका २६ बर्षीय अनिल गौतम र उनका दुई साथीहरु मिलेर १८ महिनाको अथक प्रयास पछी हेलिकप्टर बनाएका हुन् l जुन हेलिकप्टरको नाम उनले त्रिलोक एयर राखेका छन l हिमाल चढ्न करोडौ रुपैया सहयोग गर्न तम्सने, आफ्नो कार्यकर्तालाई खुसि पार्न बिना कारण, बिना कम  लाखौ रुपैया बाढ्ने सरकारले राष्ट्रिय गौरबको अन्तराष्ट्रिस्तरको काम लाई ननै कुनै सहयोग गर्यो ननै कुनै चासो नै देखायो l के यसरी पनि देशले त्यस्ता प्रतिभाहरुको, बैज्ञानिकहरुको रक्षा गर्ला ? विश्वले यस्ता प्रतिभाहरुलाई कत्रो सम्मान सुबिधा दिएको हुन्छ, तर हाम्रो देशमा खै यस्तो कुरा कहिले बुझ्ने हुन, सरकारले, देशको ब्युरोक्र्याट्सहरुले ? सरकारको यस्तै नालायकीपनाले गर्दा नेपालका कति प्रतिभाहरु विदेश पलायन भएका छन l कति यस्ता प्रतिभाहरुलाई सम्पन्न मुलुकहरुले सरन दिएर लागेका छन l सायद यस तथ्यको सरकारसंग कुनै लेखा छैन होला, किनकी उनीहरुलाई सत्ता वरिपरिबाट बाहिर निश्केर सोच्ने फुर्सद्नै छैन, चाहे देश जेसुकै होस त्यसको कुनै वास्ता छैन खाली सत्ता सत्ता सत्ता बस सत्ता l 

४ कक्ष सम्म को औपचारिक शिक्षा लिएका गौतम र उनका दुई साथीहरुले फर्निचर उद्योगबाट बचेको समयमा गरेको मिहेनतको प्रतिफल हो हेलिकप्टर त्रिलोक एयर, सरकारले सहयोग गरे यहि हेलिकप्टरलाई अझै परिस्कृत रुपमा बनाउन सकिने जानकारी गराउदै यस कार्यमा सहयोग गरिदिन वा जुटाई दिन सबै संग अनुरोध गरेका छन l   



No comments: