Sunday, June 3, 2012

नीम जूस(रस) स्वास्थ्यकोलागि फाईदै फाइदा !!!


नीम एउटा आयुर्वेदिक औषधि हो l जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ l नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै  फाइदाजनक औषधि हो l तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् l तर यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहिँ रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिउं l 
यहाँ नीमको रसको बिभिन्न फाइदाहरुको बारेमा उल्लेख गरिएको छ l 



नीमको जूस (रस) बाट हुने फाइदाहरु - 
1. नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई  नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ l नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ l 

2. नीमको पातहरुको रस र सुद्ध महलाई २:१ (दुई भाग नीमको रस र एक भाग मह) अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ l तथा कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ  

3.
 नीमको जूस (रस) पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ l यसको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाऊदछ , शरीरको र अनुहारको छालालाई  कामुक आकर्षक बनाई दिन्छ l पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ l 

4. नीमको जूस (रस)ले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ l दैनिक नीमको जूस (रस) पिउनाले ब्‍लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।

5. नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ । 

6. यदी शरीरमा चिकन पॉक्‍सको दागहरुको सफाई गर्नकोलागी नीमको रसले मसाज गर्नाले फाइदा गर्दछ l यसको साथै छाला सम्बन्धि रोगहरु  जस्तै: एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस (रस) पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ  l 

7. 
नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो l यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ l यो नीमको जूस (रस) महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई  समेत निर्मुल नै पारी दिन्छ ।

8. पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट  रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ l यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ l नीमको फूलले पने निकै फाइदा गर्दछ l नीमको फुललाई  मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ l नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ l

9. नीमको रसले भाइरसको बृद्दीलाई रोक्छ l यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ l निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ । 

10. नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ l नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि  नीमको रसले मसाज गर्छन l प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ l 

11.निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा टेप्रेचार त्यति धेरै हुन् पाउदैन l 

No comments: