
परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ।
परीक्षा नियन्त्रण, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।
No comments:
Post a Comment