Saturday, May 26, 2012

भान्छामा प्रयोग हुने मसला कि औषधि ?

नियमितरुपमा हामीले प्रयोग गर्ने तरकारी र अन्य कुराहरुमा सकेसम्म यस्ता मसलाहरुको प्रयोग गर्ने गरौ: 



1. सुकेको रातो खुर्सानी - यसले एक एन्टीसेप्टिकको जस्तो काम गर्छ l यसमा एन्टीआक्सीडेन्ट समेत हुन्छ l सुकेको रातो खुर्सनिले शरीरलाई आंत्रशोथ र अन्य गैस्ट्रोइंटेस्टाइनल संक्रमणबाट जोगाउछ। यसले पाचन क्रियालाई समेत ठीक गर्दछ र डायरिया लागेको छ भने त्यसबाट समेत राहत दिलाउदछ l फूड प्‍वाइजिनिंग भएको खण्डमा रातो खुर्सानी खानाले धेरै फाइदा गर्दछ । 





2. लहसुन- यो हाम्रो भान्छामा प्रयोग हुने एक बहु उपयोगी, मुटुको रोगीहरुकोलागि धेरै नै उपयोगी र फाइदाजनक मसलाको हो l यसको बासना भनौ वा गन्ध धेरैलाई मन नपर्न सक्छ l     तैपनि यसमा पाइने एंटीऑक्‍सीडेंट र एंटीफंगल तत्‍वले  लहसुनलाई एउटा बिश्वाशिलो  र राम्रो एंटीसेप्‍टिक बनाएको छ । शरीरको भित्रि अंगलाई सफा गर्नुको वाबजुद यसले गेस्ट्रोइंटेस्टाइनल ट्रेकलाई क्यान्सर जस्तो भयानक रोगको साथै अन्य रोगहरुबाट समेत जोगाउन सहयोग गर्दछ । 




3. बेसर - हाम्रो घरमा पकाईने प्राय सबै तरकारीहरुमा बेसारको प्रयोग निश्चित रुपमा गरिन्छ l बेसरले शरीरको छालाको रंगलाई निखार्नुका साथै  शरीर भित्र भएका अनावश्यक फोहर तत्वहरुलाई बाहिर निकाल्ने काम समेत गर्दछ l यसले पोलेको ठाउमा भिजाएर लगाउनाले फाइदा गर्दछ l साथै पाचन क्रिया भाइरल र फंगल संक्रमण लाई समेत यसमा रहेको एन्टी उत्तेजक तत्वको सहयोगले फाइदा दिलाउदछ । 




4. अदुवा - अदुवामा एन्टी इन्फ्लेम्मेटरी गुण, अन्टासीड र लेक्साटिव कम्पाउंड प्रसस्त मात्रामा हुने भएकोले शरीरको पाचन शक्तिलाई तन्दुरुस्त बनाउनका साथै  हामीले खाएको खानेकुरा तुरुन्तै पचाउने कार्य गर्दछ l सानो एक टुक्रा अदुवाले हाम्रो पेटको जुनसुकै समस्या जस्तै अपच, ग्यास्ट्रोइट्रेराइटिस तथा अन्य पेटको संक्रमणहरुलाई समेत ठिक गर्दछ l टाउको दुखेको खण्डमा अदुवालाई चियामा हालेर पिउनाले टाउको दुखेको तुरुन्तै बिसेक हुन्छ l सर्दिको लागेको वा चिसोको खोकी लागेको छ भने एक टुक्रा अदुवालाई पोलेर मुखमा राखेर यसको रस निल्नाले तुरुन्तै फाइदा दिनेछ भने अदुवालाई कुटेर पानीमा हालेर अलिकति बेसर, जिम्बु र नुन मिलाएर केहीबेर उमालेर पिउनाले चाडैनै खोकी र सर्दीबाट छुटकारा दिलाउने छ l 



5. दालचीनी- यसले चिया र तरकारीलाई स्वादिलो बनाऊदछ l दालचीनीमा एस्‍ट्रीजेंट र एंटीमाइक्रोबायल कंपोनेंट्स हुने भएकोले कमजोर पाचन प्रणालीलाई ठिक बनाऊदछ र शरीरको आन्तरिक प्रणालीलाई शुद्ध पर्ने काम गर्दछ l  साथै दालचीनीको दैनिक प्रयोगले शरीरमा ब्‍लड शुगरको लेवललाई समेत कंट्रोल गर्दछ ।

No comments: