Monday, November 29, 2010

यौनक्रिडामा स्तनको आकार र कडापनको भूमिका

यौनजीवनमा स्तनको आकार-प्रकारले महिलाको सौन्दर्य एवं यौनजीवनमा निकै महत्त्व राख्छ । कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात् ठूला स्तनलाई आकर्षक मानिन्छ । एउटा कुरा के हो भने पुरुषहरू ठूला स्तनप्रति आकषिर्त हुन्छन् । महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसँग गाँसिएको हुन्छ ।
स्तन आफैं पनि यौनसंवेदनशील अङ्ग हो । यसको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । स्तनको आकार वा नरमपनमा विविधता भए पनि यौनसुखमा प्राप्तिमा फरक पर्दैन, किनकि स्तनको यौन संवेदनशीलता यी कुरामा भर गर्दैन । स्तनको कडापन पनि यसको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ । हुन त जति धेरै अन्य व्यक्तिले महिलाको स्तनको दृष्टिगोचर गर्न सक्छन् त्यसको तुलनामा निकै कम अर्को व्यक्तिले स्तनको स्पर्श गर्न पाउँछ । स्तनको स्पर्श नगरी स्तनको वास्तविक कडापन वा गीलोपन थाहा पाउन गाह्रो पनि हुनसक्छ । त्यसैले यहाँ वास्तवमै कडा हुनु वा देखिनुको बीचको फरक पनि विचार गर्नुपर्ने हुन्छ ।
स्वाभाविक रूपमा नै स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएको हुने भएकाले वयस्क उमेरका महिलाका भन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले नरम हुँदै जान्छ । यहाँ कडापनको कुरा गर्दा उमेर र स्तन विकासको कुन चरणमा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पहिले सायद किशोरावस्थामा स्तन कसिलो भएको बेलामा नै विवाह हुने भएर नवविवाहिताको स्तन कसिलो हुनुपर्ने मान्यता बसेको हुनसक्छ, तर अचेल विवाह बढी उमेरमा हुने हुँदा स्तन नरम भैसकेको हुन सक्छ ।

No comments: