Friday, November 19, 2010

कबिता

मनको पुकार
दिएको वचन् तिमीलाई आज पुर्याउन सकिन !
उनेको थिए प्रितको माला सजाउँन   सकिन   !!
आकाश तिर हेर्दै होलाऊ  उडेको चरिलाई   !
छेक्यो नि बाटो आँधी र हुरी चलेर मलाई !! 
बगेको खोला सुक्छन होला, यो गह रोकिन्न !
भाग्य कै होकी  यो सबै खेला  छेकेर छेकिन्न !!
नभन   तिमी निष्ठुरी मलाई वचनले नघोचे  !
भुल्ने म छैन अग्निको कसम कोहिछ कि नसोचे !!

बस्नु है प्रिय त्यै फोटो हेरी   खुशी  भई  मनले !
जीवन हाम्रो सजाउँला फेरी माया र प्रेमले  !!
दु;ख पछि अवश्य आउछ सुख र खुशी नै !
पन्छाइदेऊ नसम्झ प्रिय बितेका  दिनलाई  !!

रोपेका फूल फुल्ने छ  भोलि लिनेछौ सुभाष  !
झरेनी पात  पलाउँछ मुना    नमान उराठ  !!
फाट्दैछ बादल उज्यालो दिन जुनेली रातको !
मिठो छ आज खालि पेट भर्न राखेनी पातको !!

हजारौं भेटे म जस्तै दु;खी आज यो परदेशमा !
देख्दैछु किन ? धिप धिपे दियो म आफ्नो देशमा !!
खसेनी आँसु पखाल्नु मैला सम्झेर त्यो पानी !
पवित्र माने आनन्द छाउँछ टाढाको माया नि !!

टिपेर भोलि उनौला माला फक्रेको फूललाई  !
कल्पना भित्र सिर्जेन्छ आफै त्यै माली हुनलाई !!
झरनाको पानी सितल छाँया हिमको टाकुरा  !
सीतको बिज चट्टानमा पनि फुट्ने छ आँकुरा !!

लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन

No comments: