यो वर्ष बनेका चलचित्रहरु मध्ये आफ्नो फिल्म सबैभन्दा राम्रो भएको प्रतिक्रिया आफूले पाएको पनि उनले बताए, 'सबैबाट राम्रो चलचित्र बनेको प्रतिक्रिया पाइरहेको छु । दर्शकबाट पनि यस्तै प्रतिक्रिया पाउने विश्वासमा छु,' उनले भने ।
बाटोमुनिको फूल देवतालाई चढाउनुहुन्न भन्ने मान्यता छ । बाटोमुनि र बाटोमाथि दुवै ठाउँको फूल उस्तै भए पनि बाटोमुनिको फूललाई पूजाका लागि आयोग्य मानिन्छ । यही प्रसंगलाई यो चलचित्रको कथामा बुनिएको छ । दलितलाई बाटोमुनिको फूल सरी समाजका उपल्ला जातले हेर्ने गरेको प्रसंग यो फिल्ममा उठाइएको छ ।
बाटोमुनिको फूलको निर्माण गायक बाबु बोगटी, यशकुमार र राजेश घतानीले गरेका हुन् । यसको कथा यशकुमारको हो । निर्देशक सुब्बाको अनुसार मुलुकको अन्तरिम संविधानले छुवाछूतको अन्त्य गरे पनि समाजमा अझै छुवाछूत र भेदभाव जारी रहेको पनि यो सिनेमाका उल्लेख छ ।
सुन्दर प्रेमकथामा आधारित यो चलचित्रमा बाबु बोगटी र यशकुमार नायकका रूपमा प्रस्तुत भएका छन् । नायिकामा भने रेखा थापा र नन्दिता केसी छन् ।
No comments:
Post a Comment