Thursday, November 25, 2010

नेपाली चलचित्रको बिकाश र व्यवधान

चलचित्र मन परेपछिको स्त्रिप्ट द्वन्द्वनिर्देशकलाई सुनाउने क्रममा उनले भने- त्यों एकोहोरो पिटाइ खाएको सिन त निखिलले गर्न मान्दैन, फेर्नुपर्छ ।’ 
निर्मातानिर्देशकको प्रश्न थियो- कथाले नै यस्तो मागेको छ त किन फेर्ने,  फेरि द्वन्द्वनिर्देशकले भने- एकपटक निखिलसँग छलफल नै गर्नुपर्छ ।’ कुरा बुझ्दै जादा सुन्नमा आयो- एकपटक विराजले रमितको किक खान मानेनन् रे, त्यस्तै चलचित्र धुममा मेन भिलेनलाई कस्ले मार्ने भन्ने विषयमा दुइ नायक विराज र रमितबीच प्रतिस्पर्धा भयो रे । राजेश हमालले पनि कति चलचित्रमा स्त्रिप्ट फेर्न लगाएक छन रे । यस्ता धेरै कुरा सुन्नमा आए पनि प्राय धेरै जसो कुरा सत्य भएको पाइयो । यसले के देखाउँछ भने नेपाली चलचित्रमा एउटा पात्रमा आधारित भएर सजीव अभिनय गर्ने प्रचलन छैन ।
यहाँ स्पष्ट कथामा पात्र भएर अभिनय गर्नेभन्दा पनि केवल नायकवाद लाद्ने चलन छ । चलचित्रमा राम्रो लेखन र निर्देशनभन्दा पनि वितरक, निर्माता, र नायकवाद हाबी भएको कुरा द्वन्दनिर्देशकको शंकाबाट स्पष्ट गर्न सकिन्छ । यी सबको कारण भनेकै नेपाली चलचित्रकर्मीमा विषयगत शिक्षाको अभाव हुनु हो भनेर धेरै नेपाली चलचित्रका समीक्षकले औंल्याइसकेका छन् ।
नेपाली चलचित्र अझै पनि केही सीमित नायकको आडमा मात्र चलाउने प्रथा रहेको छ । आफूले बनाउन लागेको चलचित्रमा विराज भट्टले खेल्न नभ्याउने भएपछि मदन घिमिरे जस्ता पुरानो निर्देशकले चलचित्रको कथा नै फेरिने आशय प्रकट गरे । यसको मतलब, उनको चलचित्र एउटा राम्रो पात्रको कथाभन्दा पनि विराजको पछाडि लागेको रहेछ भन्ने प्रष्ट हुन्छ । यसले के स्पष्ट पार्छ भने चलचित्रकर्मीहरु चलचित्रको सिर्जनात्मक पक्ष र सजीवताभन्दा पनि सीमित मसालेदार कुरामा अल्झीएका छन् । फलस्वरूप यिनीहरूले आममानिसले रुचाउने चलचित्र बनाउन सक्दैनन् । अबका दिनमा नेपाली चलचित्र आममानिसले हेर्न लायकको बनाउने हो भने हरेक चलचित्रकर्मी कम्तिमा पनि स्नातक र अनिवार्य सम्बंधित विषयगत शिक्षा अध्ययन गरेको हुनु पर्नेछ ।
नायक निखिल उप्रेतीले केही स्क्रिप्ट अनुसार काम गर्न नमानेको स्वीकार गरेका छन् । उनी भन्छन्- कहिलेकाहीँ पहिला कथा एउटा सुनाउँछन्, फेरि अभिनय गर्ने बेलामा अर्कै भइसकेको हुन्छ । त्यस्तो बेलामा चाहिँ म चुप लाग्दिनँ । तर, मन परेपछिको जुन कुरा छ, त्यसमा मैले चुपचाप एकोहोरो पिटाइ खाएँ किनकि मैले स्क्रिप्ट राम्रोसँग हेरें, कथाको माग त्यही थियो र पात्रलाई पनि त्यही सुहाउँथ्यो।  
तर अझै पनि मलाई एउटा सामान्य पात्रको रूपमा भन्दा पनि निर्माता-निर्देशकले नै हरेक पल जित्ने नायक बनाउन चाहन्छन् ।’ निखिल स्वयम् पनि अधिकांश चलचित्र राम्रो बन्नेमा शंका गर्छन् किनकि उनि यो वर्ष मात्रै २० वटा चलचित्रमा अभिनय गर्दै छन् । यो सम्झीदा उनी आफैं अचम्म मान्छन् । यस्तोमा कसरी राम्रा चलचित्र आउन सक्छ ? उनी आफै प्रति प्रश्न गर्छन । यसले त राम्रो चलचित्रभन्दा पनि निखिलको नामको आधारमा चलचित्र चलाउन खोजेको देखिन्छ र यहाँ यस्तै निर्माता निर्देशक कै भीड रहेको उनको गुनासो छ । उनी अगाडि थप्छन  - हामीमा साँच्चै नै मौलिक सोचको ठुलो अभाब छ । सम्बंधित बिषयामा अध्ययनको कमी छ ।’
साथै नेपाली चलचित्रमा नायकहरु आफु बिबिध प्रकारको रोल गर्न चाहन्छु भनेर प्रचार चाही गर्न रुचौछां तर वास्तबमा अझै पनि उनिहरुको सोचाई संकुचित नै रहेको कुरा चलचित्र जीवनदातामा मेन भिलेनलाई कसले मार्ने भन्ने विषयमा र धुममा रमितले ढाल्दा विराजले म फ्लप हुन्छु’ कि भनेर भनेको विषयले नै पुष्टि गर्दछ।
नायक रमित भन्छन्- मलाईचाहिँ यस्ता कुराले केही फरक पर्दैन, राम्रो रोल भए भिलेन खेल्न पनि तयार छु, हाम्रो काम त कुनै पनि पात्रको भूमिकामा अभिनय गर्ने हो । यहाँ त चोरको रोल गरेमा चोरै भइने हो कि भन्ने डर भएजस्तो देखियो । म त केवल राम्रो अभिनयमा विश्वास गर्छु ।’
डेढ वर्षमा आधा दर्जन चलचित्र निर्देशन गर्न भ्याएर पनि विद्यमान वातावरणका कारण भनेजस्तो काम गर्न नसकेको गुनासो गर्ने निर्देशक रामराजा दाहाल चलचित्रक्षेत्रका लागि अध्ययन-अनुभव नै आवश्यक र महत्त्वपुर्ण् शिक्षा भएको ठान्छन् । उनी भन्छन्- खाली अध्ययन वा अनुभवमध्ये एउटा मात्रै लिएर आउनुभन्दा अध्ययन र अनुभव दुवै भएमा राम्रो काम गर्न सकिने निश्चित छ । विषयगत अध्ययनले चलचित्रको भाषा सजिलै बुझन सकिन्छ र काम गर्न पनि सजिलो हुन्छ ।’
उनी अगाडि थप्छन्- पात्र एउटा गहिराइमा पुग्नु जरुरी हुन्छ । निर्देशकीय क्षमता भयो भने मात्र निर्देशकले कलाकारहरूलाई चलचित्रमा कथाको माग अनुसार विषयवस्तुको गहिराइमा पुर्‍याएर काम गराउन सकिन्छ ।’ उनका अनुसार अध्ययन र अनुभवले निपुण चलचित्रकर्मीको टिम आए मात्र चलचित्रको स्तर वृद्धि हुँदै जानेछ । उदाहरण दिदै उनी भन्छन - चलचित्रको विषयमा सिकेर आएका राजुविक्रम थापा, लक्ष्मीनाथ शर्मा, अहिलेका राजवल्लभ कोइरालालगायतको काम वास्तवमै स्तरीय छ ।’
चलचित्रक्षेत्रको विषयगत अध्ययनबिना नेपाली चलचित्र निश्चित रूपमा प्रतिफलबिनाको लगानी बन्ने चलचित्रसाग सम्बन्धीत रहेका बौद्धिक ब्यक्तित्वहरु  बताउँछन् । यसै कुरालाई ध्यानमा राखी अहिले विषयवस्तुको अध्ययनमा गहिरो ज्ञान भएका चलचित्रकर्मी उत्पादन गर्ने बाटोमा केही सस्थाहरु लागिपरेका छन । किनकी चलचित्रको विषयगत तथा प्राविधिक ज्ञानलाई उपायोज गरी बनाएको हिन्दी चलचित्र थ्री इडिएट्सलाई नै  हेरौं न, यो चलचित्रले नेपाल लगायेत बिश्व भरिनै अत्याधिक सफल भयो र  करोडौंको व्यापार गर्न  समेत सफल भयो । नेपाली चलचित्रका लागि पनि यो कुरा असम्भव भने होइन, तर यसको लागि  राम्रो ज्ञान, समय सापेक्ष मौलिक कथा र सो कथाको भाबलाई बुझेर सोही बमोजिम प्रबिधिक पकक्ष्यलाई समेत राम्रो प्रयोग गर्न सक्नु पर्छ । नेपाली बजार नेपाली चलचित्रकै हो तर यो बजारलाई गुणस्तरीय चलचित्र पस्कने तरिकाले अध्ययनसहित आउनुपर्‍यो ।
संगीतकार सुरेश अधिकारी भन्छन्- हामी संगीतकारले चाहिँ यत्रो साधना गरेर आउनुपर्ने अनि अभिनय-निर्देशनलगायतका विधामा चाहिँ मनलाग्दी आउने - यही नै चलचित्र असफल हुने कारण हो ।’ उनी थप्छन्- त्यही भएर मैले तिमी मेरो म तिम्रो चलचित्र बनाउँदा विषयगत ज्ञान बटुलेकै निर्देशक रामराजा दाहाललाई लिएँ भने नायक किसन बुढाथोकीले पनि अभिनयमा राम्रै ज्ञान लिएका छन् ।’
नायक दिलीप गौतमको धारणा पनि त्यस्तै छ । भन्छन्- चलचित्रक्षेत्र बिग्रेकै नपढेका र सम्बंधित बिषय अध्ययनै नगरेका मान्छेहरुको भीडले हो । कलेजको पढाइ त हुनैपर्छ, अब त चलचित्र क्षेत्रको कलेज पनि खुलिसक्यो, त्यहाँबाट पनि राम्रो ज्ञान बटुल्न सकिन्छ । नपढेका निर्देशक, राइटर र अन्य कलाकारका कारण नै नेपाली चलचित्रमा विकृति भित्रिएको हो ।’
निर्माता मधुसूदन सिलवाल भन्छन्- अबको मेरो चलचित्र १०२ मा त सकेसम्म सबै पढेका मात्रै लिएर बनाउँछु । अहिलेको के गति हुने भोको टिम पनि शिक्षित नै छ तर म फिल्मको विशेष ज्ञान लिएकालाई नै प्राथमिकता दिन चाहन्छु ।’
त्यसो त नेपाली चलचित्रकर्मीहरू पढेरभन्दा पनि देखेर सिक्दै आएका बढी छन् । चलचित्रसम्बन्धी औपचारिक शिक्षाको थालनी नेपालमा प्रभावकारी रूपमा हुन सकेको छैन । नेपाली नायकहरुले स्क्रिप्ट परिवर्तन गराएरै पात्रले बोकेको मर्मभन्दा पनि आफ्नै किसिमले भूमिका प्रबल बनाउन खोज्नुको पछाडि पनि सायद यही शिक्षाको अभाव कारण छ । ओस्कार कलेजका अहिलेका अध्यक्ष निर्मल गुरुङ भन्छन्- समयको परिवर्तनसँगै चलचित्रक्षेत्रको स्वरूप फेरिँदै जान्छ । चलचित्रलाई त्यो समयको बहावसँगसँगै डोर्‍याउन सक्नु आफैंमा एउटा चुनौती हो । त्यो चुनौतीलाई स्वीकार्न सक्ने व्यक्ति नै खासमा सबल चलचित्रकर्मी हो । हाम्रो कलेजको लक्ष्य पनि त्यस्तै चलचित्रकर्मीको उत्पादन हो ।’

No comments: