Thursday, December 30, 2010

स्वास्थ्यकालागि सुन्तलाको जूस पिऊ

यदि तपाई आफुलाई स्वास्थ्य बनाई राख्न चाहानु हुन्छ भने दैनिक एक गिलास सुन्तलाको जूस पिउनु होस । एक अनुसन्धानबाट प्रमाणित भएको छकी दैनिक एक गिलास सुन्तलाको जूस पिउनाले ब्लड्प्रेसर काम हुन्छ र मुटुको रोग समेतबाट बच्न सकिन्छ । फ्रांसको एउटा बिस्वबिध्यालयले  गरेको अनुसन्धानबाट दैनिक आधा लिटर सुन्तलाको जूस पिउने मनिसको ब्लड्प्रेसरमा निकै सुधार भएको भेटियो  । पहिले गरेको
अनुसन्धानबाट बैज्ञानिकहरुले मुटुको रोगिहरूलाई सुन्तलाको जूसले धेरै फाईदा गर्छ भन्ने कुरा पत्ता लगाई सकेका थिए, तर उनीहरुलाई के कसरी फाईदा हुन्छ भन्ने कुरा भने यो अनुसन्धानबाट पत्ता लगाए हुन । सुन्तालामा एक प्राकृतिक रसायन हस्पेरीडीन भन्ने तत्व हुन्छ जुन मुटुमा हुन सक्ने रोगहरु संग लड्छ र मानिसलाई स्वस्थ्य राख्न सहयोग गर्दछ । यस्तो रसायन (तत्व) चिया, केही फलहरु, भटमास र कोका मा समेत पाइन्छ ।
अहिले बिश्वमा हरेक पांचमा एकजना हाई ब्लड्प्रेसरको रोगी हुन्छन्  । WHO को प्रतिबेदन अनुसार ५० प्रतिशत हार्ट अट्याक ब्लड्प्रेसरको कारण ले नै हुन्छ । यस्तोमा स्वस्थ्य रहन सधै सुन्तलाको जूस अवश्य पिऊ ।

No comments: