Thursday, December 2, 2010

अब ऐश्वर्य राय आमा बन्ने

बलिउड स्टार ऐश्वर्य राय आमा बन्ने समाचारले यस्तो चिसो मौसममा पनि उनका फ्यानहरुको कान तथा बलिउड तातिन थालेको छ। 

हरेक मिडियाहरुमा यो समाचार आएपछि उनीबाट जन्मने बच्चा कस्तो होला भनेर उनका फ्यानहरुमा खुल्दुली बढाएको छ। जानकर सूत्रले  जनाए अनुसार उनी आमा बन्ने कुरा दुबईमा पुगेर फुस्किएको थियो । ऐश्वर्यले दुबईका केही साचारमाध्यमलाई अन्तार्वार्ता दिने कार्यक्रम थियो । तर उनले असहज महसुस गरी अन्तर्वार्ता क्यान्सिल गरेको समाचारमा जनाइएको छ। आमा बन्ने समाचार विस्तारै फैलिन थालेपछि ऐश्वर्यले अप्ठ्यारो मान्न थालेकी दुबईको एक अखबारले उल्लेख गरेको छ। तर ऐश्वर्य र उनका परिवारले समाचारसम्बन्धी भने स्पष्ट पारेका छैनन्।

३७ वर्षीय ऐश्वर्य आमा बन्ने समाचार यसअघि पनि नचलेको भने होइन्। तर केही महिनाअघि मात्र ऐश्वर्य पति अभिशेकले आफू दुई सन्तानका पिता बन्ने इच्छा प्रकट गरेका थिए जसका कारण उनीहरुका फ्यानको कौतूहलता बढेको हो। तर कतिपय साचारमाध्यमले यस पटक पनि हल्ला मात्र छाएको जनाएको छ।

No comments: