Sunday, December 5, 2010

शीलाको जवानी - हट एंड सेक्सी डांस र कैटरीना


अब अभिनेत्री कैटरीना कैफ पनि माधुरी दीक्षित र ऐश्वर्या राय जस्तै अदाकारको श्रेणीमा शामिल हुन पुगेकी छीन । फरहा खानको फिल्म 'तीस मार खां' मा उनको आइटम नंबर (आइटम डांस)  'शीला की जवानी' दर्शहरुले खूब मनपराइ रहेका छन । 'शीला की जवानी' यो गीत रिलीज हुनु भन्दा धेरै पहिले देखिनै  यो गीत र यसमा कैटरीनाले गरेको डांसको खूब चर्चा शुरू भै रहेको छ ।  रेडियो स्टेशन र टेलीविजन च्यानलहरुमा बारम्बार यो आइटम डांस प्रसारित भैरहेको छ, यो गीतको बोल र यस गीतमा कैटरीनाले गरेको सुन्दर तर सेक्सी डांसले दर्शकहरुको मुटुको धड़कन नै बढाईरहेको छ । गीतको बोलमा जति आकर्षण भए पनि त्यसको ख़ास केही मतलब छैन । तर कैटरीनाको सेक्सी नृत्य, त्यसैले सबै दर्शक को मन मस्तिश्कामा बिजुली चमकाई दिन्छ  । जति यो आइटम गीत र डांस पापुलर हुदैछ, त्यति नै यस गीत र डांसको बारेमा आलोचना पनि बढ़ी नै रहेको छ । यो शिला कि जवानी गीत बलिउडको हालैको सुपर हिट फिल्म दवंग को मुन्नी बदनाम हुई  जस्तै गीत हो र अहिले यो शिला कि जवानी गीतले मुन्नी बदनाम हुई   गीतलाई खूब चुनौती दिईरहेको छ, अझ भनौ पछारी नै सक्यो भन्दा बेस हुन्छ ।  यो गीत मलाइका अरोडामा फिल्मएको थियो  ।   मलाइकाले यस भन्दा पहिले 'छैयां छैयां' र माही वे' जस्तो गीतमा आइटम डांस प्रस्तुत गरिसकेकी छीन। यस्तो आइटम डांस र गीत ले कुनै पनि फिल्मलाई चटपटे स्वाद युक्त बनाऊन सहयोग पुरयौदछ । कती फिल्महरु त यस्तै आइटम डांस र गीत ले गर्दा मात्रै हिट भएका छन । त्यसैले हिजो आज सबै निर्माता निर्देशकहरु आफ्नो फिल्ममा यस्तो आइटम डांस र गीत  राख्न  चुक्दैनन । यस्तो आइटम डांस र गीत ले रतारत हिट हुने भएकोले जो कोही हिरोइनहरु यस्तो आइटम डांस र गीतमा आफै डांस गर्न तयार हुन्छन् ।  माधुरी दीक्षितले पनि पहिले चोलीके पीछे क्या है भन्दै  आइटम डांस गरेकी थिइन र यसै को पछिल्लो उदहारण हो शिला कि जवानी बोलको गीतमा कैटरीनाको हट एंड सेक्सी डांस । कैटरीनालाई शिला कि जवानि आइटम गीतमा गरेको हट एंड सेक्सी डांसको बिषयमा सोद्धा कैटरीना भन्छिन, गीत ले जेसुकै भनोस मेरो काम निर्देशकले भने अनुसार डांस गर्नु हो र मैले एकदम इमान्दरिका साथ त्यों गरिदिए बस यसमा अब अरु दर्शकहरुले भन्छन, मेरो भन्नु केही छैन ।

No comments: