Wednesday, December 8, 2010

(Miss Air-Hostess 2010) पहिलो हवाई सुंदरी (मिस एयर होस्टेज) २०१०



राजधानी काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको   मिस एयर होस्टेज २०१० मा काजोल खड्काले शीर्ष उपाधि जितिन् र ३५ हजार रुपैयाँसमेत हात पारिन, त्यस्तै  उरुषा श्रेष्ठ फस्ट रनरअप र मनीषा गुरुङ सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस कार्यक्रममा टप १० सुन्दरीहरुको क्लिप्स ।

पहिले अडिसन लिइएर यस प्रतियोगिताको लागि सहभागी भएका ४० जनामध्ये २६ जना प्रतियोगिका रूपमा छानिएका थिए । यिनै २६ जाना प्रतियोगिहरूलाई अन्तिम प्रतिष्पर्धामा स्टेजमा उतारिएको थियो । छनोट भएका २६ युवतीहरूलाई पहिले प्रशिक्षण र अन्य तालीम दिइएको थियो । दशैंको लगत्तई कात्तिक ७ बाट नेपाल पुलिस हेल्थ क्लबमा हवाई सुन्दरिहरुको प्रशिक्षण शुरू गरीएको थियो । प्रशिक्षणमा राष्ट्रिय तथा अन्तरास्ट्रिय हवाई सेवा, विमान परिचारिकाको भूमिका र कार्यको समेत ज्ञान दिइनुका साथै प्रतियोगीहरूलाई पौडी, शारीरिक फिटनेस, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।

No comments: