Sunday, December 5, 2010

पहिलो हवाई सुंदरी (मिस एयर होस्टेज) २०१० - काजोल खड्का

सिजन मिडियाले शनिबार राजधानी काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरेको मिस एयर होस्टेज २०१० मा काजोल खड्काले शीर्ष उपाधि जितिन् र ३५ हजार रुपैयाँसमेत हात पारिन, त्यस्तै  उरुषा श्रेष्ठ फस्ट रनरअप र मनीषा गुरुङ सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

सौन्दर्य प्रतियोगिताको होड चलेको अहिलेको समयमा, विभिन्न विधामा हुने सौर्न्दर्य प्रतियोगिता जस्तै हवाईजहाजकी परिचारिका (एयर होस्टेज) हरूको छुट्टै सौर्न्दर्य प्रतियोगिता पनि सफलताका साथ सम्पन्न भयो ।

सिजन मिडिया प्रा.लि. र फ्लाइटेक इन्टरनेसनलले 'मिस एयर होस्टेज-२०१०' आयोजना गरेको थियो । जसमा एयरहोस्टेज सम्बन्धी तालिम लिइरहेका र एयर होस्टेज भइसकेकाहरूले भाग लिएका थिए ।

पहिले राजधानीमा अडिसन लिइएर यस प्रतियोगिताको लागि सहभागी भएका ४० जनामध्ये २६ जना प्रतियोगिका रूपमा छानिएका थिए । यिनै २६ जाना प्रतियोगिहरूलाई अन्तिम प्रतिष्पर्धामा स्टेजमा उतारिएको थियो । छनोट भएका २६ युवतीहरूलाई पहिले प्रशिक्षण र अन्य तालीम दिइएको थियो । दशैंको लगत्तई कात्तिक ७ बाट नेपाल पुलिस हेल्थ क्लबमा हवाई सुन्दरिहरुको प्रशिक्षण शुरू गरीएको थियो । प्रशिक्षणमा राष्ट्रिय तथा अन्तरास्ट्रिय हवाई सेवा, विमान परिचारिकाको भूमिका र कार्यको समेत ज्ञान दिइनुका साथै प्रतियोगीहरूलाई पौडी, शारीरिक फिटनेस, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।


निर्णायक समुहमा पाइलट सुवास रानाभाट, विमान परिचारिकाहरू कृतिका प्रधान, रमिला श्रेष्ठ, नोबल कलेजका नवीनमान श्रेष्ठ र कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्य छन् ।

No comments: