

एलोबेरा (घिउकुमरी) बोटबाट भाँचेर ल्याउदा त्यसबाट एक किसिमको पहेंलो पदार्थ निस्किरहेको देख्न सकिन्छ र
त्यसैलाई एलो लेक्टस भनिन्छ र यही पहेंलो पदार्थ नै मानिसहरुमा लाग्नसक्ने बिभिन्न रोगहरुको प्रमुख कारण हो भन्दा फरक नपर्ला। यही एलो लेक्टस बाट क्यान्सर जस्तो भयानक रोग समेत लाग्न सक्छ।
विशेषज्ञहरुको भनाई मनन गर्ने हो भने, एलोबेरा (घिउकुमारी)बाट निस्कने एलो लेक्टस (पहेलो पदार्थ) टंक्सिक भएकोले यसको अधिक प्रयोगले क्यान्सर जस्तो घातक रोग लाग्ने सम्भावना बढी हुन्छ।
2011 मा अमेरिकाको एनटीपी ( नेशनल टंक्सिकलोजी प्रोग्राम) ले गरेको अध्ययनमा त्यहाको सरकारलेनै प्रयोगशालामा एलोबेरा (घ्युकुमरी) को परीक्षण गरेको थियो। त्यस परिक्षणबाट यस्तो नतिजा निष्किएको थियो, यदी हामीले जूस, अचार, जाम, कुनै पनि खानेकुरामा तथा सब्जीमा मिलाएर एलोबेरा (घ्युकुमारी)को एलो लेक्टसको
उपभोग (खाएको) गरेको खण्डमा, त्यसले हाम्रो शरीरमा क्यान्सर रोग लाग्नसक्ने तत्वहरु उत्पादन गर्न थाल्छ। साथै हामीले त्यो एलो लेक्टसलाई कारणबस कतै छालामा मलम लगाए झैँ लगाउदा पनि त्यसले छालामा एलर्जी (एक्जिमा), रेशेज़ तथा अन्य छाला सम्बन्धि समस्याहरु निम्त्याउन सक्छ।
उपभोग (खाएको) गरेको खण्डमा, त्यसले हाम्रो शरीरमा क्यान्सर रोग लाग्नसक्ने तत्वहरु उत्पादन गर्न थाल्छ। साथै हामीले त्यो एलो लेक्टसलाई कारणबस कतै छालामा मलम लगाए झैँ लगाउदा पनि त्यसले छालामा एलर्जी (एक्जिमा), रेशेज़ तथा अन्य छाला सम्बन्धि समस्याहरु निम्त्याउन सक्छ।
गर्भपतन हुने खतरा - गर्ववति महिलाले झुक्किएर पनि एलो लेक्टस खानु हुदैन। किनकी एलो लेक्टसबाट यूटेरिन कन्ट्रेक्सन उत्पादन हुन्छ र त्यसले गर्वपतन गराउन मदत गर्छ। यो कुरा मेरिल्याण्ड मेडीकल सेन्टर यूनीवर्सिटीको एउटा रिपोर्टमा उल्लेख गरिएको छ।
बर्थ डिफेक्ट्स - एलो लेटेक्सको प्रयोग गर्ववति महिलाले गरेको खण्डमा जन्मीने शिशुमा जन्मजात केही खराबी सहित जन्मीने सम्भावना अधिक रहन्छ। त्यसैले गर्वावती महिलाले एलो लेक्टसको प्रयोग नहोस भन्नेमा बिशेष ध्यान दिनु पर्छ। फेरी एलोबेरा (घ्युकुमारी) ले बाल बालिकाहरुलाई फाइदा हुने कुरामा त्यस्तो केहि उल्लेख भएको छैन। अतः ब्रेस्टफीडिंग गराउने क्रममा त्यस्तो महिलाले समेत एलोबेरा (घ्युकुमारी)को प्रयोग नगरेको नै उचित हुन्छ।
कसरी प्रायो गर्ने:
एलोबेरा (घ्युकुमारी)बाट हुने फाइदा लाई ध्यानमा राखेर यसको प्रयोग गर्दा बिशेष ध्यान दिएर, यसलाई बोटबाट टिपेर ल्याए पछि यसलाई बिचमा भाँचेर केही समय त्यतिकै राखिदिने र केही समय पछि जब यसको पहेलो पदार्थ (लेक्टस) पूर्ण रुपमा सकिन्छ त्यसपछि यसलाई राम्रोसंग धोएर मात्रै यसको प्रयोग गर्न सकिन्छ।
No comments:
Post a Comment