कबि: कुमार खत्री
मुङ्गलानको हावापानी मिलेन होला,
आफ्नो ज्यानको आफै ख्याल राख्नु,
झट्ट अरुको विस्वास नगर्नु ,
सम्झनुपर्ने कुरा कतिछन
बिर्सनै नहुने पनि त्यतिनै छन्
सम्झेकै हौला,
आम्बोटे कुलाको पानी खोचिनलाई खाएको
छरछरे छाँगामा कछाड नलाई नुहाएको
अनि,हरेलो बजारमा दोहोरि गित गाएको ,
बिर्सेका छैनौहोला,
हजुरबाको पाप्रोमा बाउले छाप्रोहाल्दा
लिएको ऋणमा पुच्छरले कुकुरहल्लाउन थालेपछि
हलो जुवा थन्क्याएर हलगोरु बेच्नु पर्यो
त्यहि पैसाले मुटु गाँठोपार्दै
प्लेन टिकट काट्नु पर्यो
आमा बाउको आँशुपुछ्ने सेतो रुमाल र
श्रीमतीको लाज ढाक्न रातो फरिया पठाउन
निर्जन बालुवाको वनभित्र परेड खेल्दाहौ
अझै पनि पुर्खाको हस्तिहाड बन्दकिमै छ
त्यो पनि निखन्नु छ
हिङ्ग बाँधेको टालो बाँधेकाछौ
अहिलेत घरमात्र बनाएकाहौ
घर बसाउन बाँकिनै छ
साइनो मात्र गांसेकाछौ
मन हँसाउन बाँकीनै छ
शिरमा दुर्बासालाई बास रोक्नु
सक्छौभने मनभरी इख बोक्नु
रिङ्ग्टोनको कोदालीले कुलो चलाउनु
हामि समाहा मिलाउला
मेहनतको फालीले खेत बिराउनु
हामि झार जिलाउला
फर्की आउदा ,
पसिनाको गन्ध मिसिएको सेतो धन ल्याउनु
नीला आँखामा बिटुलो नपारी चोखो तन ल्याउनु
सात समुद्र तरिआउदा
झोलाभरि आँशुको समुद्र बोकी नल्याउनु ।
No comments:
Post a Comment