Wednesday, September 28, 2016

स्वास्थ्य मुटुको लागि बदाम !

(बिश्व मुटु दिवशको सन्दर्भमा)
बदाम, एउटा सबैले रुचाउने खानेकुरा हो। हामी सबै देशी (हाडे) बदामसंग राम्ररी परिचित छौँ। यो बदाम एउटा मिठो खानेकुरामा पर्दछ। यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्य को लागि लाभदायक पनि उत्तिकै छ। यो बदामलाई भिजाएर खादा झनै स्वादिलो र स्वास्थ्यको लागि धेरै फाइदा समेत गर्दछ।  
भिजाएको बदम किन स्वास्थ्य को लागि राम्रो हुन्छ: 
बदाम स्वादिलो तथा स्‍वास्‍थ्‍यको लागि समेत अति लाभदयाक मानिन्छ। बिशेष गरि यो देशी (हाडे) बदाम स्मरण शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मदत समेत गर्दछ। यसमा प्रसस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ, जस्तै: भिटामिन ई, जिंक, क्याल्सिएम, म्याग्नेसिएम, ओमेगा-३ र फ्याटी एसिड प्रसस्त मात्रामा पाइने भएकोले यो स्वास्थ्यको दृष्टिकोणबाट पनि अति उत्तम खाने कुरामा पर्दछ। यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा  बढी लाभदायक हुन्छ। यो बदामलाई खैरो रंगको खोष्टाले ढाकेको हुन्छ, यो खोष्टा Tannin भन्ने तत्व हुन्छ र त्यसले बदाममा भएको पौष्टिक तत्वहरुलाई नष्ट गर्ने भएकोले पूर्ण लाभ प्राप्त गर्न सकिदैन अत: यसलाई हटाएर देशी (हाडे) बदाम खादा बढी भन्दा बढी पोषक तत्व प्राप्त गर्न सकिन्छ।   फेरी यसरी भिजाएको बदाम  स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ।  Lipase (लाईपेज) नामक तत्व पनि यसमा प्रसस्त पाइन्छ, जसले चिल्लो पदार्थ (Fat) लाई पचाउन बिशेष सहयोग पुर्याउछ। 
तौल घटाउनाका साथै अन्य फाइदा :
यो देशी (हाडे)बदामले हाम्रो अनावश्यक तौल घटाउन मदत गर्दछ। यसमा भएको मोनो अनस्याचुरेटेड फ्याटले भोकलाई कम गर्दछ, जसले गर्दा हामी सोभावैले कम खाना खान्छौँ। साथै भिजाएको बदाममा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले हामीलाई स्वास्थ्य रहन मदत गर्दछ भने हामीलाई सधै जवान बनाउन समेत सहयोग गर्दछ।   भिजाएको देशी (हाडे) बदाममा प्रसस्त मात्रामा भिटामिन B१७ र फोलिक एसिड समेत पाइन्छ, जुन क्यान्सर जस्तो भयानक रोग सँग लड्ने क्षमता सनत बढाउछ। 
खराब कोलस्ट्रोललाई नियन्त्रण गर्छ:
प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ। तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ। 
हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ: 
जर्नल ऑफ न्‍यूट्रिशनमा प्रकाशित एक शोधको नतिजालाई विचार गर्ने हो भने, मुटुका रोगीहरुलाई त् यो देशी (हाडे) बदाम ठुलो औषधि साबित हुन्छ। किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले LDL कोलस्ट्रोलको  अक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले   हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ।तेसैले यदि तपाई मुटुको रोगी हुनु हुन्छ भने अवश्य रातभरी भिजाएर देशी (हाडे) बदाम खानुहोस। यसले तपाइको मुटु स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ। 
उच्च रक्तचाप नियन्त्रण गर्छ: 
ब्‍लडप्रेशरको रोगीहरुको लागि पनि यो देशी (हाडे) बदाम लाभदायक हुन्छ। जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, यो बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोफ़ेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाइ नियन्त्रित राख्न सहयोग गर्दछ। त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिषहरुले नियमित रुपमा यो बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो। अतः देशी (हाडे) बदाम को सेवन सबैले सधै गरौ।    
रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर देशी (हाडे) बदामको सेवन गर्नाले साना बिध्यार्थिहरुलाई निकै लाभदाएक हुन्छ भने सुगरका प्यासेन्टहरुको सुगर तथा इन्सुलिनको लेबल नियन्त्रण गर्न समेत सहयोग गर्दछ। यसले गर्दा सुगर हुनबाट समेत रक्षा गर्दछ।  तेसैले देशी (हाडे) बदाम रातभरी भिजाएर भोलिपल्ट बिहान खाने होइन त् ? हजुर ढिलो नगर्नुस। 

No comments: