Friday, September 9, 2016

क्यान्सर जस्तो रोगबाट बाँच्न यसो गरौ।

क्यान्सर एउटा यस्तो खतरनाक तथा भयानक रोग हो जुन रोगबाट विश्वमा सबै भन्दा बढी मानिसहरुको मृत्यु हुन्छ। त्यस्तै बिश्वमा यहि रोगबाट पिडित रोगीहरुको संख्या नै अत्यधिक छ। यो रोग यस्तो रोग हो, जसको पहिचान अन्तिम अवस्थामा पुगेर मात्रै हुन्छ, जुन अवस्थामा पुगेपछि, कुनै पनि औषधी उपचारले छुदैन र रोगीको मृत्युनै हुन्छ। यहि रोगलाई सुरुकै स्टेजमा पत्ता लगाएर औषधी उपचार गर्ने हो भने यो रोगलाई पूर्ण रुपले निको पर्न सकिन्छ। तर यो समयमै हुनुपर्छ। यसको लागि हामीले हाम्रो शरीरमा देखा पर्ने निम्न उल्लेखित सामान्य लक्षणहरुलाई समेत नजर अन्दाज गर्नु हुदैन र त्यस्तो लक्षणहरु देखिएमा होसियार भएर चिकित्सक संग कन्सल्ट गरिहाल्नु पर्छ। 
सामान्यता निम्न लक्षणहरु देखिएमा त्यो क्यान्सरको लक्षण हुन् सक्छ र त्यसको समयमै उचित जांच गराउनु फाइदाजनक नै हुन्छ :
-अचानक शरीरको तौल घट्नु। 
-असामान्य तरिकाले आफुलाई थकाई लग्नु वा लागेको महसूस हुनु। 
-स्वंस फुल्नु वा स्वाँ स्वाँ हुनु। 
-शरीरमा भएको कोठीको आकारमा परिवर्तन हुनु वा बढ्दै जानु। 
-त्यतिकै शरीरको कुनै पनि स्थानमा दुख्न थाल्नु र त्यो दुखाई ४ हप्तामा पनि निको नभएमा। 
-लगातार लामो समय सम्म खोकी लागीरहनु। 
-शरीरको कुनै पनि भागमा निरन्तर सुन्निरहनु। 
-आवाजमा बिनाकारण एक्कासी परिवर्तन हुनु। 
-लगातार लामो समय सम्म ज्वरो आइरहनु। 
-शरीरको कुनै पनि स्थानमा गाँठो जस्तो बन्नु। 
-खाना निल्दा अप्ठ्यारो हुने गर्नु। 
-बिनाकारण अति धेरै पसिना आउनु। 
माथि उल्लेख गरिएको मध्ये कुनै पनि लक्षण लगातार महसूस गर्नु भएको छ भने चाडो भन्दा चाडो चिकित्सकलाई सम्पर्क राखिहाल्नुहोस।  

No comments: