Friday, September 16, 2016

सरकारी सम्पतिको दुरुपयोग यसरी नि हुन्छ ।

के मा र कुन ठाउमा भ्रष्टाचार छैन ? कहाँ, कसले र किन गर्दैनन् सरकारी सम्पतिको दुरुपयोग? अति दुर्गम
देखि महानगरपालिका क्षेत्र भित्र अवस्थित कुनै पनि सरकारी कार्यालयमा भैरहेका यस्ता दुरुपयोगका नमुनाहरु प्रसस्तै देख्न सकिन्छ। किन हुन्छन त् सरकारी कार्यालयहरुमा त्यसरी सरकारी सम्पतिको दुरुपयोग? किन भने त्यो सम्पति आफ्नो होइन, सरकारको हो ? हो यस्तो मनस्थितिले गर्दा त्यस्ता सम्पतिहरुको सम्बन्धित निकाय वा व्यक्तिहरुले नै गर्छन बढी दुरुपयोग। जब सम्म हामीमा सरकारी सम्पति भनेको हाम्रो आफ्नै सम्पति हो भन्ने धारणा बिकाश हुदैन तबसम्म सरकारी सम्पतिको दुरुपयोग हुने क्रम पनि रोकिदैन।
एउटा उदाहरणको लागि केहि फोटो समेत संलग्न गरिएको छ। फोटोमा देखिए झैँ अधिकार प्राप्त सरकारी अधिकारीहरुले आफ्नो
श्रीमती, सालासाली, छोरा छोरी, भाई बहिनी,भतिजा भतिजी सबै नातेदार तथा आफन्तहरुको लागि यस्तरिनै सरकारी सम्पतिको दुरुपयोग गर्ने गर्छन।
फोटोमा सरकारी सार्वजानी बिदाको दिन (इन्द्रजात्र) मध्य बानेश्वरको  भित्रि बाटोमा बिहान ९ बजेको समयमा सरकारी नम्बर प्लेटको यो गाडीमा  Driving सिक्दै थिइन्, कुनै महिला। पछि फोटोमा देखिए झैँ सोही स्थानमा रहेको Driving प्रशिक्षण शालामा पर्किङ्ग गरि राकिएको थियो।
के यस्ता कु कार्यलाई निरुत्साहित गर्ने वा प्रतिवन्ध नै लगाउन सकिदैन त् ? सम्बन्धित निकायले पनि गम्भिर भएर यस्तो कुरामा चासो दिनु अत्युक्ति नै होला।



No comments: