दशैं अफरको सहुलियत तथा ठुलो छुट दिने भन्दै प्रचार गर्ने तर उपभोक्तालाई भने अत्याधिक मूल्य लिएर राजधानीका अधिकांश पसलहरुले वास्तविक मुल्य भन्दा अत्यधिक मुल्य वृद्धि गरेर पछि ठुलो छुट दिएर Sale को नाममा सामानहरु बिक्रि गर्ने गरेको छ ।यसरी ठुलो चाड पर्वहरुमा व्यापारीहरुले अत्याधिक छुट दिईने प्रचार गरेर समान बिक्रि गरेर सर्व साधारणलाई धेरै पहिले देखिनै ठगी गर्दै आइरहेका छन्।
ब्राण्डका सामानहरु मात्रै बिक्रि गर्ने पसलहरुले छुट तथा Sale को नाममा उपभोक्ताहरुलाई ठगी गरेको आरोप विगतमा पनि लग्ने गरेको थियो र त्यो तेसै सेलाएर जान्थ्यो । तर अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले त्यस्तो कालोबजारी गरिरहेको सूचना पाएको आधारमा आफ्नो नेतृत्वमा आकस्मिक अनुगमन गरेर उपभोक्ता ठगी गरेको प्रमाण भेटिएका पसलहरुलाई शिलबन्दी गरेका थिए। त्यसरी सामानहरुको वास्तविक मुल्य
भन्दा अत्यधिक बढी मुल्य असुलेर ठगी गर्नेमा राजधानीको दरवारमार्गमा खुलेका अन्तरराष्ट्रिय ब्राण्डका सामानहरु बेच्ने पसलहरु स्टोर-वान, ब्रेन्टली, पुमा र नाइके सिहितका पसलहरु हुन्। ति पसलहरुमा मन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको प्रमाण सहित फेला पारेपछि शिलबन्दी गरेका थिए।
कुनै पनि सामानको वास्तविक खरिद मूल्यमा २० प्रतिशत सम्म नाफा लिएर समान


त्यसरी छापा मारेको विरोधमा दरबारमार्गको ब्यापारीहरुको संघ दरबारमार्ग बिकाश समिति बोर्डले दशैंको मुखमा पसल बन्द गरेर सरकारको कार्यको विरोध गरेका छन् । अझ यसलाई बिरोध भन्दा पनि ठग्न पाउनु पर्छ, ठग्नु हाम्रो अधिकार हो भन्ने कुरा सरकारलाई सुझाउन खोजेका होलान। यस्तै हो भने त् संबिधान मै ब्यापारीले उपभोक्ताहरुलाई ठग्न पाउने कुराको व्यवस्था गर्दा सबै भन्दा उचित हुन्थ्यो। कि कसो ?
हामी नेपालीहरुको कस्तो बिडम्वना, ठगी गर्ने, भ्रष्टाचार गर्ने, चोरी गर्ने, लुटपाट गर्ने कुरा मौलिक अधिकार जस्तै ठान्छन, त्यस्ता कुकृत गर्ने व्यक्ति, अझ टोलीहरू भन्दा बेश होला। के यो सहि हो त्? के ब्यापारीहरुले आम उपभोक्ताहरुलाई ठग्न पाउनु पर्ने नै हो त्?
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला?
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला?
No comments:
Post a Comment