Sunday, November 28, 2010

गणतांत्रिक मुलुक नेपालमा - राजतांत्रिक ऐतिहासिक चलचित्रको तयारी हुदै

गणतांत्रिक मुलुक नेपालमा अहिले राजा महाराजाहरुको कथामा आधारित चलचित्र आउने क्रम रहेको छ र हाल सो चलचित्रको छायांकन तिब्रगातिमा देशको बिभिन्न स्थानमा भैरहेको छ  ।

त्यास बेलाको 'बाईसे, चौबिसे राज्यहरुका राजा महाराजा र एउटा राज्यले अर्को राज्यमा अधिपत्य जमाउन निरन्तर युद्ध भैरहनथ्यो । त्यस समयमा भोटको राजकुमारी चन्द्रावती र पाल्पा राज्यको सेनापति बिच भएको प्रेम कथामा आधारित चलचित्र हो यो 'पाल्पा र भोटको लडाई हुदा भोटको राज कुमारीलाई पुर्यौंन जाने क्रममा आपसमा प्रेम सम्बन्ध गाँसिन पुग्छ  सेनापतिको हत्या हुन्छ र राजकुमारीले पनि आत्महत्या गर्छिन र राज्कुमारिले आत्महत्या गरेको सोही ठाउको नाम नै  चन्द्रावति रहेको इतिहास उल्लेख गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रमा  राजेश हमाल, कुशल थापा, युना उप्रेती र रेजीना उप्रेती आदिले समेत अभिनय गरेका छन । हाल चलचित्र   बन्दीपुर र पोखरा आसपामा सुटिङ भैरहेको छ।

No comments: