Monday, November 29, 2010

बिना अन्डरवेयर सार्बजनिक कार्यक्रममा - याना

भारतीय अभिनेत्री याना गुप्ता मुम्बईमा भएको एउटा च्यारिटी शोमा अन्डरवेयर नलगाई सहभागी भएकी छिन् । जो कसैले अन्डरवेयर लगावोस कि नलगावोस त्यतिबेलासम्म मतलब हुँदैन जबसम्म त्यसबारे सार्बजनिक गरिदैन् । चार इन्च लामो नाममात्रको मिनिस्र्कट लगाएर गएकी यानाले आफ्ना दुई टांग फैलाउँदै आगन्तुकलाई आफ्ना गोप्य अंगको दर्शन गराएपछि भने उनको चर्चा बलिउडभर फैलिएको छ ।
मोडल र आइटम डान्सर समेत रहेकी अभिनेत्री यानालाइ देखेर बालबालिका सम्बन्धी उक्त च्यारिटी शोमा फोटो खिच्नेहरुको भिडै लागको थियो । जब पत्रकारले उनका भित्रि अंगहरु खिच्न थाले उनले हतार हतार हाते ब्यागले ढाक्ने प्रयास गरिन् । कालो ड्रेसमा सजिएकी उनले आफ्नो बारेमा स्पष्टीकरण दिदैँ जानीजानी अन्डरवेयर नलगाएको नभई भुलेको बहाना बनाएकी थिइन् ।
आफ्नो गुप्ताङ्गमामा पेन्टी समेत नलगाएकी उनले एकदमै छोटो स्कर्ट लगाएकीले उनको हर्कत सबैले सहजै देखे । उनको उक्त गतिबिधि प्रति टिप्पणी गर्दै भारतीयहरुले चार्चामा आएर नयाँ नयाँ काम हात पार्न यानाले त्यस किसिमको ड्रेसअप गरेको बताएका छन् । दम फिल्मको बाबुजी जारा धिरे चलो गीतमा आइटम डान्स गरेकी उनले यो आरोप स्विकारेका छैन् । पेन्टी लगाउन भुल्नुको पृष्ठभूमि बताउँदै उनले भनेकी छिन्, ‘म एउटा रियालिटी शोका लागि डान्सको रिहर्सल गरिरहेकी थिएँ। अन्डरवेयरले गर्दा डान्स गर्न गाह्रो भएको थियो। त्यसकारण मैले विना पेन्टी रिहर्सल गरेँ।
यसैबीच यो इभेन्टमा आउन हतार भयो। जसकारण मैले फुकालेको पेन्टी लगाउन भुलेँ। कसम खाएर भन्छु, मैले पेन्टी लगाएकी छैन भन्ने कुरा मलाई ख्यालै भएन।’ सोही कार्यक्रममा अभिनेत्री इशा कोप्पिकर पनि सहभागी थिइन्। उनले पनि यानालाई बचाउँदै बोलिन्। उनले भनिन्, ‘यो मानवीय कमजोरी हो। यस्तो कुरालाई अनावश्यक रूपमा इस्यु बनाइँदै छ। यो बेकार छ।’

यौनक्रिडामा स्तनको आकार र कडापनको भूमिका

यौनजीवनमा स्तनको आकार-प्रकारले महिलाको सौन्दर्य एवं यौनजीवनमा निकै महत्त्व राख्छ । कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात् ठूला स्तनलाई आकर्षक मानिन्छ । एउटा कुरा के हो भने पुरुषहरू ठूला स्तनप्रति आकषिर्त हुन्छन् । महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसँग गाँसिएको हुन्छ ।
स्तन आफैं पनि यौनसंवेदनशील अङ्ग हो । यसको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । स्तनको आकार वा नरमपनमा विविधता भए पनि यौनसुखमा प्राप्तिमा फरक पर्दैन, किनकि स्तनको यौन संवेदनशीलता यी कुरामा भर गर्दैन । स्तनको कडापन पनि यसको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ । हुन त जति धेरै अन्य व्यक्तिले महिलाको स्तनको दृष्टिगोचर गर्न सक्छन् त्यसको तुलनामा निकै कम अर्को व्यक्तिले स्तनको स्पर्श गर्न पाउँछ । स्तनको स्पर्श नगरी स्तनको वास्तविक कडापन वा गीलोपन थाहा पाउन गाह्रो पनि हुनसक्छ । त्यसैले यहाँ वास्तवमै कडा हुनु वा देखिनुको बीचको फरक पनि विचार गर्नुपर्ने हुन्छ ।
स्वाभाविक रूपमा नै स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएको हुने भएकाले वयस्क उमेरका महिलाका भन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले नरम हुँदै जान्छ । यहाँ कडापनको कुरा गर्दा उमेर र स्तन विकासको कुन चरणमा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पहिले सायद किशोरावस्थामा स्तन कसिलो भएको बेलामा नै विवाह हुने भएर नवविवाहिताको स्तन कसिलो हुनुपर्ने मान्यता बसेको हुनसक्छ, तर अचेल विवाह बढी उमेरमा हुने हुँदा स्तन नरम भैसकेको हुन सक्छ ।

Sunday, November 28, 2010

गणतांत्रिक मुलुक नेपालमा - राजतांत्रिक ऐतिहासिक चलचित्रको तयारी हुदै

गणतांत्रिक मुलुक नेपालमा अहिले राजा महाराजाहरुको कथामा आधारित चलचित्र आउने क्रम रहेको छ र हाल सो चलचित्रको छायांकन तिब्रगातिमा देशको बिभिन्न स्थानमा भैरहेको छ  ।

त्यास बेलाको 'बाईसे, चौबिसे राज्यहरुका राजा महाराजा र एउटा राज्यले अर्को राज्यमा अधिपत्य जमाउन निरन्तर युद्ध भैरहनथ्यो । त्यस समयमा भोटको राजकुमारी चन्द्रावती र पाल्पा राज्यको सेनापति बिच भएको प्रेम कथामा आधारित चलचित्र हो यो 'पाल्पा र भोटको लडाई हुदा भोटको राज कुमारीलाई पुर्यौंन जाने क्रममा आपसमा प्रेम सम्बन्ध गाँसिन पुग्छ  सेनापतिको हत्या हुन्छ र राजकुमारीले पनि आत्महत्या गर्छिन र राज्कुमारिले आत्महत्या गरेको सोही ठाउको नाम नै  चन्द्रावति रहेको इतिहास उल्लेख गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रमा  राजेश हमाल, कुशल थापा, युना उप्रेती र रेजीना उप्रेती आदिले समेत अभिनय गरेका छन । हाल चलचित्र   बन्दीपुर र पोखरा आसपामा सुटिङ भैरहेको छ।

Friday, November 26, 2010

'बाटोमुनिको फूल' - नया नेपाली चलचित्र समीक्षा

गायकद्वय यशकुमार र बाबु बोगटी अभिनित  चलचित्र 'बाटोमुनिको फूल' आज शुक्रबारबाट देशव्यापी रिलिज  भयो । रिलिज अघि यस चलचित्रको बुधबार बेलुका राजधानीको जय नेपाल चलचित्र घरमा प्रिमियर शो गरिएको थियो । प्रिमियर शो मा नेपाली सिनेकर्मी र सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक सुरज सुब्बा 'नाल्बो'ले बताए ।  'नेपाली सिनेमा उद्योगमा निर्देशक र लेखकका रूपमा दुई दशक काम गरेको अनुभवका आधारमा मैले यो चलचित्र बनाएको हुँ । जसलाई राम्रो बनाउन मैले निकै मेहनत गरेको छु,' सुब्बाले भने । यसअघि चलचित्र अंशबन्डा र हाउडेको निर्देशन गरेका सुब्बाको यो तेस्रो फिल्म हो । यस वर्षै सबैभन्दा महँगो भनिएको यो चलचित्रको लगानी एक करोड १० लाखभन्दा बढी रहेको निर्माण पक्षको दाबी छ ।
यो वर्ष बनेका चलचित्रहरु मध्ये आफ्नो फिल्म सबैभन्दा राम्रो भएको प्रतिक्रिया आफूले पाएको पनि उनले बताए, 'सबैबाट राम्रो चलचित्र बनेको प्रतिक्रिया पाइरहेको छु । दर्शकबाट पनि यस्तै प्रतिक्रिया पाउने विश्वासमा छु,' उनले भने ।
बाटोमुनिको फूल देवतालाई चढाउनुहुन्न भन्ने मान्यता छ । बाटोमुनि र बाटोमाथि दुवै ठाउँको फूल उस्तै भए पनि बाटोमुनिको फूललाई पूजाका लागि आयोग्य मानिन्छ । यही प्रसंगलाई यो चलचित्रको कथामा बुनिएको छ । दलितलाई बाटोमुनिको फूल सरी समाजका उपल्ला जातले हेर्ने गरेको प्रसंग यो फिल्ममा उठाइएको छ ।
बाटोमुनिको फूलको निर्माण गायक बाबु बोगटी, यशकुमार र राजेश घतानीले  गरेका हुन् । यसको कथा यशकुमारको हो । निर्देशक सुब्बाको अनुसार मुलुकको अन्तरिम संविधानले छुवाछूतको अन्त्य गरे पनि समाजमा अझै छुवाछूत र भेदभाव जारी रहेको पनि यो सिनेमाका उल्लेख छ ।
सुन्दर प्रेमकथामा आधारित यो चलचित्रमा बाबु बोगटी र यशकुमार नायकका रूपमा प्रस्तुत भएका छन् । नायिकामा भने रेखा थापा र नन्दिता केसी छन् ।
   
http://www.rajdhani.com.np/

Thursday, November 25, 2010

नेपाली चलचित्रको बिकाश र व्यवधान

चलचित्र मन परेपछिको स्त्रिप्ट द्वन्द्वनिर्देशकलाई सुनाउने क्रममा उनले भने- त्यों एकोहोरो पिटाइ खाएको सिन त निखिलले गर्न मान्दैन, फेर्नुपर्छ ।’ 
निर्मातानिर्देशकको प्रश्न थियो- कथाले नै यस्तो मागेको छ त किन फेर्ने,  फेरि द्वन्द्वनिर्देशकले भने- एकपटक निखिलसँग छलफल नै गर्नुपर्छ ।’ कुरा बुझ्दै जादा सुन्नमा आयो- एकपटक विराजले रमितको किक खान मानेनन् रे, त्यस्तै चलचित्र धुममा मेन भिलेनलाई कस्ले मार्ने भन्ने विषयमा दुइ नायक विराज र रमितबीच प्रतिस्पर्धा भयो रे । राजेश हमालले पनि कति चलचित्रमा स्त्रिप्ट फेर्न लगाएक छन रे । यस्ता धेरै कुरा सुन्नमा आए पनि प्राय धेरै जसो कुरा सत्य भएको पाइयो । यसले के देखाउँछ भने नेपाली चलचित्रमा एउटा पात्रमा आधारित भएर सजीव अभिनय गर्ने प्रचलन छैन ।
यहाँ स्पष्ट कथामा पात्र भएर अभिनय गर्नेभन्दा पनि केवल नायकवाद लाद्ने चलन छ । चलचित्रमा राम्रो लेखन र निर्देशनभन्दा पनि वितरक, निर्माता, र नायकवाद हाबी भएको कुरा द्वन्दनिर्देशकको शंकाबाट स्पष्ट गर्न सकिन्छ । यी सबको कारण भनेकै नेपाली चलचित्रकर्मीमा विषयगत शिक्षाको अभाव हुनु हो भनेर धेरै नेपाली चलचित्रका समीक्षकले औंल्याइसकेका छन् ।
नेपाली चलचित्र अझै पनि केही सीमित नायकको आडमा मात्र चलाउने प्रथा रहेको छ । आफूले बनाउन लागेको चलचित्रमा विराज भट्टले खेल्न नभ्याउने भएपछि मदन घिमिरे जस्ता पुरानो निर्देशकले चलचित्रको कथा नै फेरिने आशय प्रकट गरे । यसको मतलब, उनको चलचित्र एउटा राम्रो पात्रको कथाभन्दा पनि विराजको पछाडि लागेको रहेछ भन्ने प्रष्ट हुन्छ । यसले के स्पष्ट पार्छ भने चलचित्रकर्मीहरु चलचित्रको सिर्जनात्मक पक्ष र सजीवताभन्दा पनि सीमित मसालेदार कुरामा अल्झीएका छन् । फलस्वरूप यिनीहरूले आममानिसले रुचाउने चलचित्र बनाउन सक्दैनन् । अबका दिनमा नेपाली चलचित्र आममानिसले हेर्न लायकको बनाउने हो भने हरेक चलचित्रकर्मी कम्तिमा पनि स्नातक र अनिवार्य सम्बंधित विषयगत शिक्षा अध्ययन गरेको हुनु पर्नेछ ।
नायक निखिल उप्रेतीले केही स्क्रिप्ट अनुसार काम गर्न नमानेको स्वीकार गरेका छन् । उनी भन्छन्- कहिलेकाहीँ पहिला कथा एउटा सुनाउँछन्, फेरि अभिनय गर्ने बेलामा अर्कै भइसकेको हुन्छ । त्यस्तो बेलामा चाहिँ म चुप लाग्दिनँ । तर, मन परेपछिको जुन कुरा छ, त्यसमा मैले चुपचाप एकोहोरो पिटाइ खाएँ किनकि मैले स्क्रिप्ट राम्रोसँग हेरें, कथाको माग त्यही थियो र पात्रलाई पनि त्यही सुहाउँथ्यो।  
तर अझै पनि मलाई एउटा सामान्य पात्रको रूपमा भन्दा पनि निर्माता-निर्देशकले नै हरेक पल जित्ने नायक बनाउन चाहन्छन् ।’ निखिल स्वयम् पनि अधिकांश चलचित्र राम्रो बन्नेमा शंका गर्छन् किनकि उनि यो वर्ष मात्रै २० वटा चलचित्रमा अभिनय गर्दै छन् । यो सम्झीदा उनी आफैं अचम्म मान्छन् । यस्तोमा कसरी राम्रा चलचित्र आउन सक्छ ? उनी आफै प्रति प्रश्न गर्छन । यसले त राम्रो चलचित्रभन्दा पनि निखिलको नामको आधारमा चलचित्र चलाउन खोजेको देखिन्छ र यहाँ यस्तै निर्माता निर्देशक कै भीड रहेको उनको गुनासो छ । उनी अगाडि थप्छन  - हामीमा साँच्चै नै मौलिक सोचको ठुलो अभाब छ । सम्बंधित बिषयामा अध्ययनको कमी छ ।’
साथै नेपाली चलचित्रमा नायकहरु आफु बिबिध प्रकारको रोल गर्न चाहन्छु भनेर प्रचार चाही गर्न रुचौछां तर वास्तबमा अझै पनि उनिहरुको सोचाई संकुचित नै रहेको कुरा चलचित्र जीवनदातामा मेन भिलेनलाई कसले मार्ने भन्ने विषयमा र धुममा रमितले ढाल्दा विराजले म फ्लप हुन्छु’ कि भनेर भनेको विषयले नै पुष्टि गर्दछ।
नायक रमित भन्छन्- मलाईचाहिँ यस्ता कुराले केही फरक पर्दैन, राम्रो रोल भए भिलेन खेल्न पनि तयार छु, हाम्रो काम त कुनै पनि पात्रको भूमिकामा अभिनय गर्ने हो । यहाँ त चोरको रोल गरेमा चोरै भइने हो कि भन्ने डर भएजस्तो देखियो । म त केवल राम्रो अभिनयमा विश्वास गर्छु ।’
डेढ वर्षमा आधा दर्जन चलचित्र निर्देशन गर्न भ्याएर पनि विद्यमान वातावरणका कारण भनेजस्तो काम गर्न नसकेको गुनासो गर्ने निर्देशक रामराजा दाहाल चलचित्रक्षेत्रका लागि अध्ययन-अनुभव नै आवश्यक र महत्त्वपुर्ण् शिक्षा भएको ठान्छन् । उनी भन्छन्- खाली अध्ययन वा अनुभवमध्ये एउटा मात्रै लिएर आउनुभन्दा अध्ययन र अनुभव दुवै भएमा राम्रो काम गर्न सकिने निश्चित छ । विषयगत अध्ययनले चलचित्रको भाषा सजिलै बुझन सकिन्छ र काम गर्न पनि सजिलो हुन्छ ।’
उनी अगाडि थप्छन्- पात्र एउटा गहिराइमा पुग्नु जरुरी हुन्छ । निर्देशकीय क्षमता भयो भने मात्र निर्देशकले कलाकारहरूलाई चलचित्रमा कथाको माग अनुसार विषयवस्तुको गहिराइमा पुर्‍याएर काम गराउन सकिन्छ ।’ उनका अनुसार अध्ययन र अनुभवले निपुण चलचित्रकर्मीको टिम आए मात्र चलचित्रको स्तर वृद्धि हुँदै जानेछ । उदाहरण दिदै उनी भन्छन - चलचित्रको विषयमा सिकेर आएका राजुविक्रम थापा, लक्ष्मीनाथ शर्मा, अहिलेका राजवल्लभ कोइरालालगायतको काम वास्तवमै स्तरीय छ ।’
चलचित्रक्षेत्रको विषयगत अध्ययनबिना नेपाली चलचित्र निश्चित रूपमा प्रतिफलबिनाको लगानी बन्ने चलचित्रसाग सम्बन्धीत रहेका बौद्धिक ब्यक्तित्वहरु  बताउँछन् । यसै कुरालाई ध्यानमा राखी अहिले विषयवस्तुको अध्ययनमा गहिरो ज्ञान भएका चलचित्रकर्मी उत्पादन गर्ने बाटोमा केही सस्थाहरु लागिपरेका छन । किनकी चलचित्रको विषयगत तथा प्राविधिक ज्ञानलाई उपायोज गरी बनाएको हिन्दी चलचित्र थ्री इडिएट्सलाई नै  हेरौं न, यो चलचित्रले नेपाल लगायेत बिश्व भरिनै अत्याधिक सफल भयो र  करोडौंको व्यापार गर्न  समेत सफल भयो । नेपाली चलचित्रका लागि पनि यो कुरा असम्भव भने होइन, तर यसको लागि  राम्रो ज्ञान, समय सापेक्ष मौलिक कथा र सो कथाको भाबलाई बुझेर सोही बमोजिम प्रबिधिक पकक्ष्यलाई समेत राम्रो प्रयोग गर्न सक्नु पर्छ । नेपाली बजार नेपाली चलचित्रकै हो तर यो बजारलाई गुणस्तरीय चलचित्र पस्कने तरिकाले अध्ययनसहित आउनुपर्‍यो ।
संगीतकार सुरेश अधिकारी भन्छन्- हामी संगीतकारले चाहिँ यत्रो साधना गरेर आउनुपर्ने अनि अभिनय-निर्देशनलगायतका विधामा चाहिँ मनलाग्दी आउने - यही नै चलचित्र असफल हुने कारण हो ।’ उनी थप्छन्- त्यही भएर मैले तिमी मेरो म तिम्रो चलचित्र बनाउँदा विषयगत ज्ञान बटुलेकै निर्देशक रामराजा दाहाललाई लिएँ भने नायक किसन बुढाथोकीले पनि अभिनयमा राम्रै ज्ञान लिएका छन् ।’
नायक दिलीप गौतमको धारणा पनि त्यस्तै छ । भन्छन्- चलचित्रक्षेत्र बिग्रेकै नपढेका र सम्बंधित बिषय अध्ययनै नगरेका मान्छेहरुको भीडले हो । कलेजको पढाइ त हुनैपर्छ, अब त चलचित्र क्षेत्रको कलेज पनि खुलिसक्यो, त्यहाँबाट पनि राम्रो ज्ञान बटुल्न सकिन्छ । नपढेका निर्देशक, राइटर र अन्य कलाकारका कारण नै नेपाली चलचित्रमा विकृति भित्रिएको हो ।’
निर्माता मधुसूदन सिलवाल भन्छन्- अबको मेरो चलचित्र १०२ मा त सकेसम्म सबै पढेका मात्रै लिएर बनाउँछु । अहिलेको के गति हुने भोको टिम पनि शिक्षित नै छ तर म फिल्मको विशेष ज्ञान लिएकालाई नै प्राथमिकता दिन चाहन्छु ।’
त्यसो त नेपाली चलचित्रकर्मीहरू पढेरभन्दा पनि देखेर सिक्दै आएका बढी छन् । चलचित्रसम्बन्धी औपचारिक शिक्षाको थालनी नेपालमा प्रभावकारी रूपमा हुन सकेको छैन । नेपाली नायकहरुले स्क्रिप्ट परिवर्तन गराएरै पात्रले बोकेको मर्मभन्दा पनि आफ्नै किसिमले भूमिका प्रबल बनाउन खोज्नुको पछाडि पनि सायद यही शिक्षाको अभाव कारण छ । ओस्कार कलेजका अहिलेका अध्यक्ष निर्मल गुरुङ भन्छन्- समयको परिवर्तनसँगै चलचित्रक्षेत्रको स्वरूप फेरिँदै जान्छ । चलचित्रलाई त्यो समयको बहावसँगसँगै डोर्‍याउन सक्नु आफैंमा एउटा चुनौती हो । त्यो चुनौतीलाई स्वीकार्न सक्ने व्यक्ति नै खासमा सबल चलचित्रकर्मी हो । हाम्रो कलेजको लक्ष्य पनि त्यस्तै चलचित्रकर्मीको उत्पादन हो ।’

Wednesday, November 24, 2010

गोपाल भुटानी - अन्तिम इच्छा - नेपाली नागरिकताबन्ने इच्छा अधुरै छोड़ी अन्तिम सैयामा

नेपाली फिल्मका कलाकार गोपाल भुटानीको मंगलबार बौद्ध परम्पराअनुसार स्वयम्भुमा अन्तिम संस्कार गरिएको छ। द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले भुटानीलाई दागबत्ती दिएका थिए। भुटानीका नातेदार कोही नभएकाले उनका चेला खड्गीले दागबत्ती दिएका हुन्।
लामो समयदेखि अल्सरबाट पीडित भुटानी एक महिनाअघि भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएका थिए। कमजोर शरीरका कारण केमियोथेरापी गर्न नसकेकाले आराम गर्न उनलाई घर पठाइएको थियो। तर, उनको अवस्थामा सुधार आउन सकेको थिएन।

दुई वर्षअघि भुटानीको आन्द्रामा क्यान्सर भएको थियो। पछिल्लो समय उनलाई सुगरले समेत सताएको जनमैत्री अस्पतालका निर्देशक डाक्टर रवीन्द्रप्रसाद राजभण्डारीले जानकारी दिए।

'दुई दिनअघि उहाँलाई यहाँ ल्याइएको हो। अवस्था यति नाजुक थियो कि इन्डेसकोपी गर्न पनि सकिएन,' उनले भने।
दुईपटक उनको आन्द्राको शल्यक्रिया गरिएको थियो। स्वयम्भुको सुकुम्बासी बस्तीमा बस्दै आएका भुटानीलाई अन्तिम अवस्थामा छिमेकीहरूले हेरचाह गरेका थिए।

फिल्मका कलाकार, प्राविधिक, निर्माता र निर्देशक उनलाई अन्तिम श्रद्धाञ्जलि दिन स्वयम्भु पुगेका थिए। नागरिकता नदिएर भुटानीको अन्तिम इच्छा पूरा नगरेकोमा धेरैले सरकारको आलोचना गरे।
गृहमन्त्रालयका पदाधिकारीले नागरिकताको आश्वासन दिए पनि कार्यान्वयनमा ध्यान नदिएको आरोप द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले लगाए। 'हिजोमात्र म काम कहाँ पुग्यो भनेर बुझ्न गृह मन्त्रालय गएको थिएँ। गृहमन्त्रीले सही गर्न बाँकी छ भनेर फर्काइदिए,' उनले नागरिकसँग भने, 'विकास बोर्डदेखि प्रधानमन्त्रीलाई बिन्ती गर्दा पनि काम भएन।'
नेपालको इलाममा जन्मिएका भुटानी भारतको मुम्बई हुँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनलाई निर्देशक स्वर्गीय प्रकाश थापाले फिल्म 'मनको बाँध'का लागि नेपाल ल्याएका थिए। करिब ४० वर्षअघि नेपाल आएका भुटानी भारत फर्किएनन्। 'मनको बाँध'बाट अभिनय थालेका भुटानीले प्रकाश थापाकै निर्देशन रहेको फिल्म 'जीवनरेखा'बाट द्वन्द्व निर्देशन सुरु गरेका थिए। नेपाली फिल्ममा फाइट राख्ने परम्पराको श्रेय भुटानीलाई दिइन्छ।
फिल्ममा कला निर्देशन र इन्डोर सुटिङको परम्परा पनि उनैले सुरु गरेका थिए। उनको सहायक भएर काम गरेका राजेन्द्र खड्गी फाइट निर्देशनमा अग्रपंक्तिमा पर्छन्। उनले भुटानीलाई गुरु एवं प्रेरणाको स्रोत मान्दै आएका छन्।
भुटानीले अभिनय एवं कला निर्देशन गरेको फिल्म 'गोर्खापल्टन' चलिरहेको छ भने 'जलजला'को पोस्ट प्रोडक्सन भइरहेको छ।

दरबार हत्याकाण्ड

कोपनहेगन (डेनमार्क), मंसिर ८ - युवराज दीपेन्द्र र उनकी प्रेमिका भनिएकी देवयानीबीच प्रेमालाप भइरहेको थियो । यी दुईबीचको प्रेम रानी ऐश्वर्यालाई चित्त बुझ्दैन । उनी देवयानी त्याग्न दीपेन्द्रलाई आग्रह गर्छिन् । त्यसलाई अस्वीकार गर्दै दीपेन्द्रले भन्छन्, 'म उनलाई माया गर्छु र उनीसँगै बिहे गर्छु ।' यत्तिकैमा देवयानी बाहिरिन्छिन् । अर्कोतिर दरबारमा सौहार्दपूर्ण वातावरणमा राजपरिवारको जमघट भइरहेको छ । राजा वीरेन्द्र, ऐश्वर्या, दीपेन्द्र, नीराजन, श्रुति, पारसलगायत त्यहाँ छन् । त्यहाँ दीपेन्द्र र देवयानीको विवाह हुन नसक्ने कुरा हुन्छ । यसबाट निराश दीपेन्द्र भित्रबाहिर गरिरहन्छन् । त्यसपछि के भयो, त्यो इतिहासमा अंकित छ ।
नेपाली दरबारको यो विध्वंसक विगत कोपनहेगनमा शनिबार मञ्चन गरियो । जेष्ठ १९, २०५८ ('जुन १, २००१') मेलो ड्रामालाई मञ्चमा प्रस्तुत गरेका थिए कमेडिया अन्तर्राष्ट्रिय नाट्य विद्यालयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सात देशका रंगकर्मीले । ११ कलाकारको अभिनय हेर्न विभिन्न देशका करिब तीन सय दर्शक जुटेका थिए ।   
देवयानीको भूमिकामा डेनमार्ककी क्याटि्रना प्रेमी थिइन् भने कोलम्बियाका आरोन स्याम्चेस दीपेन्द्र बनेका थिए । पारसलाई घिमिरे युवराजले जीवन्त तुल्याएका थिए । आइसल्यान्डकी हाप्ला रातो साडीमा सजिएर ऐश्वर्या बनेकी थिइन् । पोर्चुगलकी सिसेलिया, आइसल्यान्डकै योन माग्नेस, डेनमार्कका थोमससमेत नेपाली कथामा उत्रेका थिए ।   
'तीन महिनाको रिहर्सल थियो,' युवराजले भने  । आफ्नो देशको ठूलो सत्य घटनाबारे नाटक प्रदर्शन गर्नुपर्ने कमेडियाको प्रचलनअनुसार आफूले दरबार हत्याकाण्डलाई रोजेको उनले बताए ।
Nagarik Daily
Nepal Samachar Patra

Tuesday, November 23, 2010

MODELS

ekantipur.com
cnn.com
ekantipur.com

CNN HERO - ANURADHA KOIRALA


मंसिर ५ – ‘तपाईहरुको यो सहयोग मेरा कामका लागि थप जिम्मेवारी हो’ आँशु पुछिन् र उनले भनिन्, ‘यो जघन्य अपराधलाई हामीले अन्त्य गर्नु पर्छ, आउनुस् हात मिलाउँ……….युवाहरुलाई सम्मान गरौं । जो नयाँ पुस्ताको निर्माण गर्दै छन् । धेरै धेरै धन्यवाद ।’ ... यो यौन दासी बनाउनका लागि हुने महिला तथा बालिकाहरुको तस्करी रोकथाम तथा उद्दारमा गरेको योगदानका लागि ‘सीएनएन हिरो २०१०’ घोषणा गरिंदा अनुराधा कोइरालाले दिएको मन्तव्य हो ।
सीएनएनले छानेका विश्वभारका दश जना उत्कृष्ट कर्मबीरहरु मध्ये उनी वायाँतिरको छेउमा उभिएकी थिइन् । सबैको हातमा हिरो (नायक) लेखिएको कार्ड थियो । कस्ले त्यो कार्ड उचाल्न पाउने हो, ति दशलाई मात्र होइन, उपस्थित ५ हजार दर्शकलाई मात्र पनि शनिबार राती त्यतिनै कौतुहल थियो । सीएनएनका एण्डरसन कपरले जव सन् २०१० को सीएनएन हिरोको नाम उच्चारण गर्न लाग्दै थियो, खचाखच हजारौ दर्शकले भरिएको अमेरिकाको लसएञ्जलसस्थित त्यो हलमा करिव करिव सन्नट्टा छायो ।
‘यस बर्षको सीएनएन हिरो अनुराधा कोइराला’ एण्डरसनले भूमिका नबाँधिकनै घोषणा गरे । तालीको गड्गडाहड बीचमा अनुराधाले हातको कार्ड उचालिन् । तर, उनको अनुहारमा खच्मचियो । उनका आँखाबाट आँसु झरे । सायद उनले त्यो सम्मान ग्रहण गर्दा बेचिएका नेपाली चेलीहरु सम्झिइन् । उनी बिस्तारै संहालिइन् र ड्यासतर्फ अघि बढिन्, छोटो मन्तव्य दिइन् र फेरी आँसु पुछिन् । एण्डरसनले कार्यक्रममै उनलाई एक लाख डलर (करिव 72 लाख रुपैयाँ) अनुदानको घोषणा गरे । यो रकम अरु ९ जनाले पनि पाउने २५ हजार डलर (करिव १७ लाख ५० हजार रुपैयाँ) बाहेकको हो ।
सीएनएनले कोइरालाले करिव १२ हजार महिला तथा बालिकाहरुलाई यौन दासताबाट उद्दार गरेको अनलाइनमा उल्लेख गरेको छ । आठ सातासम्म अनलाइनमा भोटका लागि राखिएको १० जना मध्ये सबैभन्दा धेरै मत पाएका अनुराधा यस वर्षको ‘सीएनएन हिरो’ घोषित बनिन् । करिव २० लाखले मत हालेका थिए ।
अनुराधा माइती नेपालकी संस्थापक हुन् । उनले करिव २० बर्षदेखि मानव बेचबिखनका विरुद्ध अनवरत संघर्ष गर्दै आएकी छन् । खास गरेर भारतीय बेश्यालयहरुमा बेचिएकी महिला तथा बालिकाहरुको उद्दार तथा बेचिनबाट रोक्नु माइती नेपालको प्रमुख काम रहँदै आएको छ । माइती नेपालले उद्दार मात्र होइन, उनीहरुको लागि अवास तथा पुनस्थापनाको व्यवस्था गर्दै आएको छ ।

Sunday, November 21, 2010

Kishor Khatri ..... Mood in Different Moments

मोडलिंग को क्षेत्रमा आफ्नो प्रतिभा देखाऊने सुवर्ण मौका

Models E-Magazine मा आफ्नो मोडलिंग गरेको स्टील फोटोहरु वा भिडियो क्लिप्स राख्न इच्छुक ब्याक्तिहरूले आफ्नो contact नम्बर लेखेर तल उल्लेखित  इमेल एड्रेसमा बायोडाटा पठाउन जानकारी गराइन्छ  .
Contact Address
kk_khatri3@hotmail.com
साथै
बिस्तृत जानकारीको लागि तल उल्लेखित नम्बरमा संपर्क राख्नु होला .
9841326072

Friday, November 19, 2010

कबिता

मनको पुकार
दिएको वचन् तिमीलाई आज पुर्याउन सकिन !
उनेको थिए प्रितको माला सजाउँन   सकिन   !!
आकाश तिर हेर्दै होलाऊ  उडेको चरिलाई   !
छेक्यो नि बाटो आँधी र हुरी चलेर मलाई !! 
बगेको खोला सुक्छन होला, यो गह रोकिन्न !
भाग्य कै होकी  यो सबै खेला  छेकेर छेकिन्न !!
नभन   तिमी निष्ठुरी मलाई वचनले नघोचे  !
भुल्ने म छैन अग्निको कसम कोहिछ कि नसोचे !!

बस्नु है प्रिय त्यै फोटो हेरी   खुशी  भई  मनले !
जीवन हाम्रो सजाउँला फेरी माया र प्रेमले  !!
दु;ख पछि अवश्य आउछ सुख र खुशी नै !
पन्छाइदेऊ नसम्झ प्रिय बितेका  दिनलाई  !!

रोपेका फूल फुल्ने छ  भोलि लिनेछौ सुभाष  !
झरेनी पात  पलाउँछ मुना    नमान उराठ  !!
फाट्दैछ बादल उज्यालो दिन जुनेली रातको !
मिठो छ आज खालि पेट भर्न राखेनी पातको !!

हजारौं भेटे म जस्तै दु;खी आज यो परदेशमा !
देख्दैछु किन ? धिप धिपे दियो म आफ्नो देशमा !!
खसेनी आँसु पखाल्नु मैला सम्झेर त्यो पानी !
पवित्र माने आनन्द छाउँछ टाढाको माया नि !!

टिपेर भोलि उनौला माला फक्रेको फूललाई  !
कल्पना भित्र सिर्जेन्छ आफै त्यै माली हुनलाई !!
झरनाको पानी सितल छाँया हिमको टाकुरा  !
सीतको बिज चट्टानमा पनि फुट्ने छ आँकुरा !!

लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन