Wednesday, June 29, 2016

१५ असार, राष्ट्रिय धान दिवश !

आज १५ असार, दही चिउरा खाने दिन, अनि धानको बेर्ना रोप्ने बिशेष दिन, यस दिनलाई नेपाली किशानहरुले रोपाई जात्राको रुपमा परम्परागत तरिकाले परापुर्वकाल देखि नै मनाउदै आएका छन्।   नेपाल सरकारले

समेत यसै कुरालाई मनन गरी नेपाली किशानहरुलाई प्रोत्साहित गर्न र सम्पूर्ण नेपालीहरुले आजको दिनलाई बिशेष रुपमा हर्सोव्लासका साथ् मनाउन भन्ने उद्देश्यले आजको दिनलाई धान दिवशको रुपमा मनाउने  घोषणा केहि बर्ष पहिले मात्रै गरेको थियो। आजको दिनलाई बिशेष रोपाई जात्राको रुपमा परम्परा देखिनै नेपाली किशानहरुले मनाउदै आएका छन्। फेरी आजको दिनको अर्को महत्व पूर्ण कुरा हो, दही चिउरा खाने, आजको दिनमा दही चिउरा खानाले गति परिन्छ भन्ने मान्यताका साथ् प्रसाद अथवा सगुनको रुपमा घर घरमा बिहानै दही चिउरा खाने परम्परागत चलन छ।  साथै असारको प्रचण्ड गर्मीमा दही चिउरा खादा मानिसलाई शितलता प्रदान गर्ने तथा पोसिलो गुण समेत यसमा रहेकोले दहीचिउरा खाने प्रचलन सुरुभएको मानिन्छ। आजको दिन राष्ट्रिय धान दिवशको रुपमा बिभिन्न कार्यक्रमका साथ् सरकारी स्तरमै मनाइन्छ।
धान दिवश मनाउदै गरेको केही फोटोहरु:











   

Tuesday, June 28, 2016

प्रतिभाको खोजी !

यदि तपाईमा लेखन प्रतिभा छ, तर त्यसकोलागि उचित स्थान पाउनु भएको छैन भने यो MODELS पनि उचित स्थान हुनसक्छ तपाइको लेखन प्रतिभाको लागि। 
लेख्न त् सबै लेख्नसक्छन, तर सहि लेखक त्यहि हो जसको लेख पढ्न पाठकहरु व्यग्रताका साथ् प्रतिक्षा गरिरहेका हुन्छन र जसले आफ्नो प्रत्येक लेख रचनाबाट सबै पाठकहरुलाई सन्तुष्ट पार्न सक्छन् । अतः तपाई स्वयम्ले रचना गर्नु भएको वा तपाईले कुनै पत्र पत्रिका वा रेडियो टेलिभिजन वा इन्टरनेटबाट समेत पढेर, सुनेर र हेरेर आफुलाई उचित लागेको लेख रचनाहरु जुन चाखलाग्दा, रमाइला, खोजमुलक, तथा ज्ञानवर्दक छन् भने त्यस्ता लेख रचनाहरुलाई पनि तपाई आफ्नो तरिकाले साभार गरेर हामी समक्ष पठाउनुहोस त्यसलाई हामी यस MODELS मा उचित स्थान दिने छौ। 
आफ्नो लेख रचना निम्न अनुसार तल उल्लेखित मेल ID मा पठाउनु होला।
१. कुनै पनि बिषयमा लेखिएको लेख रचनाहरु।
२. कोहि कसैको पक्ष विपक्षमा वा पुर्वग्राही भएर लेखिएको लेखलाई यसमा स्थान उपलब्ध हुने छैन। 
३. आफ्नै रचना बाहेक अन्य पत्र पत्रिका पढेर वा रेडियो टेलिभिजन सुनेर हेरेर वा इन्टरनेटमा पढेर हेरेर      त्यसबाट प्रेरित भइ लेखेको वा त्यसैलाई साभार गरेर समेत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ।         
४. MODELS  मा लेख रचना पठाउदा आफ्नो एक प्रति PP SIZE को फोटो समेत पठाउनु होला। 
५. साभार गरी पठाएको लेख रचनाहरु के बाट साभार गरिएको हो सो समेत स्पष्ट उल्लेख गरि पठाउनु पर्ने छ। 
६. प्राप्त लेख रचनाहरु प्रकाशित गर्ने नगर्ने सम्पूर्ण अधिकार MODELS मा रहने छ। 
७. एकपटक प्राप्त भैसकेको कुनैपनि लेख रचनाहरु प्रकाशित भएपनि नभएपनि फिर्ता गरिने छैन। अतः प्रेषित लेख रचनाको कपि सुरक्षित राख्नुहोला। 
 ८. आफ्नो लेख रचनाहरु यहाँ दिएको मेल एड्रेसमा पठाउनुहोला :
     kishorkumarkhatri3@gmail.com


Sunday, June 26, 2016

को नक्कली, को दोषी अनि के सजाय ?

केहिदिन अगाडी देखि नक्कली डाक्टर प्रकरणले प्रमुख समाचार बनेर राष्ट्रिय अन्तराष्ट्रिय पत्र पत्रिकाको  मुख्य पृष्ठमा सजिने मौका पाउनुका साथै साथै टेलिभिजनको पर्दामा पनि समाचार बनेर खुबै छायो। साता भरी नै नक्कली डाक्टर प्रकरण राष्ट्रिय अन्तराष्ट्रिय जगतमा
हरेकको चर्चाको बिषय बन्यो।
चिकित्सा जस्तो सम्मानित र संवेदनशील पेशामा अहिलेको यस रहश्योघाटनले ठुलो प्रश्न चिन्ह खडा गरेको छ। कुरो अहिले को को नक्कली को सकक्ली र नक्कली डाक्टरको पहिचान पश्चात उनीहरुले भोगेको पारिवारिक सामाजिक तिरस्कार वा बहिष्कार, लाइसेन्स सिज गर्ने आदि कुरा त अब हुने प्रक्रियागत कुराहरु भए।  साथै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्ने र दोषीहरुको पहुच जति नै माथिल्लो तहमा भए पनि नियमानुसार कारवाही अवश्य हुनै पर्छ। तर, के यति मात्रै सबै कुराको समाधान हो त् ? के भविष्यमा यस्ता कुराहरु पुनः नदोहोरिएलान त् ?  
खोइ यसमा राज्यले के गर्ने विचार गरेको छ ? सरकारको पक्षबाट कुनै आधिकारिक कुरो बाहिर आएको छैन ।  
फेरी कुरो अर्को पनि छ, डाक्टरको पढाई पुरा गर्न हाम्रो नेपालको परिपेक्षमा केहि गरोनै छ।  तैपनि यतिका नक्कली डाक्टर भेटिनु भनेको, अवश्य अरुपनि छन् त्यो पनि धेरै मात्रामा छन् । 
यहाँ डाक्टर (MBBS) पढ्नको लागि इन्ट्रान्स एक्जाममा समिल हुनलाई नै गारो छ, केहि निश्चित बिषयमा निश्चित प्रतिशतमा नम्बर लेराउनै पर्छ। इन्ट्रान्स एक्जाममा सामेल भएर फेरी तोकिएको निश्चित प्रतिशत नम्बर लेराउनै पर्छ। त्यसरी छनौट भएका बिद्यार्थीहरु मध्ये केहि मात्रै राम्रो नम्बर लेराएर डाक्टरको (MBBS)पढाई पुरा गर्न सफल हुन्छन। यसरी पढाई पुरा भएपछी पनि कुनै हस्पिटलमा केहि निश्चित समय सम्म प्राक्टिकल ट्रेनिंगको लागि काम गर्ने पर्छ। यसरी सैदान्तिक र प्रयोगात्मक पढाई पुरा गरिसकेपछि आफुले डाक्टरी पेशा सुर गर्नकोलागी नेपाल मेडिक काउन्सिलबाट लाईसन लिनु पर्छ र त्यसको लागि पनि एक्जाम दिएर त्यसमा सफल हुनै पर्छ। सम्बन्धित डाक्टरमा त्यस्तो केहि प्रतिकुल कुरा भेटिएमा तुरुन्तै त्यो लाईसन् खारेज गर्न सक्छ मेडिकल काउन्सिलले। 
अब यस्तो प्रकृया पुरा गरेर सैदान्तिक तथा प्रयोगात्मक पढाई पुरा गरेर डाक्टर बनेर येतिका बर्ष सम्म बिभिन्न रोगीहरुको सफल असफल उपचार समेत गरिसकेका डाक्टरहरु अहिले आएर कसरी नक्कलिमा परिणत भए ? यो पनि अध्ययनकै बिषय हुन् सक्छ। 
पहिलो, इन्ट्रान्स एक्जाममा उनीहरु कसरी सामेल हुन् सफल भए ? किन, उनीहरुको मार्कसिट राम्रो संग निरीक्षण गरिएन ? दोस्रो, डाक्टरको पढाई पुरा गरिसकेपछि मेडिकल काउन्सिलबाट लाईसन लिने बेलामा के सम्बन्धित डाक्टरको पुरा सर्टिफिकेटहरु किन चेक नगरिएको हो ? कि त्यस्तो चेकजांच गर्ने चलन छैन? आफ्नो प्राक्टिस सकेर यतिका बर्ष काम गरिसकेपछि यसरी नक्कली घोषणा गर्नु कतिको उपुक्त छ ? यसले सम्बन्धितहरुले पैसा र समय मात्रै गुमाउदैन, राष्ट्रले पनि उनीहरुमा गरेको ठुलो लगानी गुमाउछ। साथै आजको मिति सम्ममा त उनीहरु त्यतिका समय सम्म गरेको प्राक्टिसले नै पूर्ण डाक्टर भइसकेका हुन्छ भने अब आएर उनीहरुलाई नक्कली घोषित गर्नु कति उचित हुन्छ ? यी कुराहरुमा पनि सम्बन्धित निकायले विचार पुर्याउदा सायद केहि उचित नै हुन्थ्यो की ? फेरी माथि उल्लेख गरिएका उनीहरुलाई भर्ना लिएर पढाउने अध्ययन संस्था, अध्ययन संस्थामा भर्ना हुनु पुर्ब सर्टिफिकेट जाँचबुझ गर्ने कर्मचारी तथा अधिकारीहरु पनि यो प्रकरणमा उतिकै दोषी छन्, के उनीहरुलाई पनि दण्ड सजायको व्यवस्था गरिएको छ त् ? त्यस्तै नेपाल मेडिकल काउन्सिलले अन्तिममा डाक्टरी पेशा सुरु गर्न लाईसन् प्रदान गर्छ। यो प्रकरणमा नेपाल मेडिकल काउन्सिल पनि उतिकै भागीदार देखिन्छ। उनीहरुले किन सम्बन्धितहरुको पुरै सर्टिफिकेट हरु राम्रोसंग चेक जांच गरेर मर्त्रै लाई सन् प्रदान गर्नु पर्नेमा किन जनस्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि त्यसो गरेनन ? जिम्मेवारी बोकेर बसेको नेपाल मेडिकल काउन्सिल त् यो प्रकरणमा झन् ठुलो भागीदार देखिन्छ, त्यसैले दण्ड सजायको पनि उत्तिकै हकदार छ भने यसमा सम्बन्धित निकायले के सोचेको छ ? साथै भविष्यमा सुधारको लागि के योजना तयार गरेको छ र अझै बाँकि भएका उपरोक्त प्रकारका डाक्टरहरुको बिरुद्ध के योजना तयार छ ? यी सबै कुराहरुलाई सम्बन्धित पक्षले गम्भिर भएर सोच्नै पर्छ। 

Friday, June 24, 2016

आफ्नो आयु बढाउने हो भने !

विश्वका बिभिन्न मुलुकका बिश्वबिद्यालयका शोधकर्ता तथा अध्ययन संस्थाहरुले समय समयमा गरेको अध्ययनहरुको नतिजाले  पुरुषहरु महिलाहरुको वक्षस्थल र नितम्ब प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् भन्ने कुरा प्रष्ट्याएको छ । यसै क्रममा केहि समय पहिले जर्मनीमा गरिएको एक अनुसन्धानबाट शोधकर्ताहरुले एउटा चाखलाग्दो रमाइलो तर सुन्दा र पढ्दा अस्लिल जस्तो लाग्ने अनि स्वास्थ्यको लागि फाइदा जनक हुनुका साथै पुरुषहरुको आयु समेत बढ्ने कुरा पत्ता लगाएका छन् । …… लौ अनुमान लगाउनुहोस त् कुरो के होला ? कुरो अलिक सम्वेदनशील नै छ। सुन्दा वा पढ्दा केही अश्लिल जस्तो पनि लाग्ला तर जे यहाँ उल्लेख गर्न लागिएको छ त्यसले मानिसहरुको आयु समेत बढ्ने भएकोले जनहितको लागि यहाँ समावेश गरिएको हो । जो कोहीलाई यो कुरो निकै चाख लाग्दो छ किनकी यहाँ कुरा हुदैछ महिलाहरुको बक्षस्थलको । हजुर, केटीको बक्षस्थलमा हेर्दा पुरषहरुको आयु समेत बढ्न सक्छ भन्ने कुरो केहि समय अघि न्यु इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको थियो।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औषतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेर्ने पुरुषहरुको आयु ५ वर्ष बढ्दछ ।
जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले यस्तो कुराको दाबी समेत गरेका छन्, कि कसैले फिटनेस सेन्टरमा (जिमखानामा) गएर आधा घण्टा बराबरको व्यायाम गर्न दैनिक १० मिनेट महिलाको वक्षस्थलमा हेरे पुग्छ । यस्तो निष्कर्ष शोधकर्ताहरुले पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको सर्भेक्षणबाट निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित रहन्छ ।
शोधकर्ता डाक्टर क्यारन वेदरवी भन्छन्ः सेक्सको इच्छाले मानिसमा रक्त संचारलाई सन्तुलित बनाउँदछ, जसको अर्थ हुन्छ राम्रो स्वास्थ्य।

Thursday, June 23, 2016

मृतकका परिवार र घाइतेलाई सहयोग !

अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीका परिवारलाई  जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी व्यवस्था मिलाउदै छ । यस सम्बन्धमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बिशेष निर्णय गरेर मन्त्रीपरिषदले अनुमोदन गरे पछि सकेसम्म छिट्ट्टै क्षतिपूर्ति दिलाउने जानकारी सरकारको तर्फबाट श्रम मन्त्री श्री दिपक बोहराले गराउनु भयो। 
अफगानस्थानको काबुलमा आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीहरुलाई श्रद्धान्जली अर्पण गर्न विमानस्थल पुग्नु भएको प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । सोहि अवसरमा प्रधानमन्त्री ओलीले मृतकका परिवार परिवारजनप्रति समवेदना प्रकट गर्दै सो घटनामा मृत्यु हुनेको परिवार तथा घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । 
गत सोमबार काममा जाने क्रममा अफगानस्थानको काबुलमा नेपालीहरु काममा जाने क्रममा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो । १२ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा बुधबार निधन भएको हो ।
उक्त घटनामा घाइते भएका पाँच जनाको भारतमा र एकजनाको अफगानिस्तानमा उपचार भइरहेको छ ।
सो घटना पछि अफगानिस्तानमा काम गर्न अशुरक्षित ठानेर फर्कन चाहनेहरुलाई नेपाल सरकारले उद्दार गरी छिट्टै स्वदेश फर्काउने बिशेष व्यवस्था पनि गर्ने भएको छ  ।

Wednesday, June 22, 2016

सत्य तथा झुट्टा को अन्यौलता !


अहिले विश्वको मात्रै नभएर पुरा ब्रमाण्डमा भएका वा घटेका कुनै पनि घटना दुर्घटना वा अन्य बिषयमा सामाजिक संजालको माध्यमबाट जो कोहिले तुरुन्तै थाहा पाउन सक्छन। सामाजिक संजालमा आबद्ध जो कोहिले पनि आफुले थाहा पाएको घटना, दुर्घटना र अन्य कुराहरु आफ्नो परिचित तथा साथीभाईहरुलाई जानकारी गराउने उद्देश्यले सामाजिक संजालमा शेर गरिदिन्छन् । यसरी हामी पनि सामाजिक संजालको मध्यमबाट यस्ता बिभिन्न कुराहरु थाहा पाउछौ। यसरी सामाजिक संजालमा भेटिने वा पढिने कति कुरहरु सहि हुन्छन भने कति कुराहरु तथ्यरहित, आधारहीन झुट्टा पनि हुन्छन।कुन  कुरो सत्य हो कुन होइन भनेर तुरुन्त छुट्याउन नसक्दा कतिपय गलत कुराहरु सामाजिक संजालमा जोरसोरले प्रचार हुनपुग्छन् । यसले सम्बन्धितलाई नकारात्मक असर पुर्याउनाको साथै त्यस्ता कुराले ठुलो नोक्सानी  समेत हुनपुग्छ भने अरुहरुलाई अन्योल बनाउछ, के गर्ने के नगर्ने, उपभोग गर्ने कि नगर्ने आदी ।  
यस्तै केहि दिन अगाडी सामाजिक संजालको भित्तामा एउटा चकलेटको बिषयमा यस्तै कुरो  मैले पनि भेटे अझ भनौ पढे, सरकारी हस्पिटलमा कार्यरत परिचितले किन्डर जोय नामको बाल बालिकाहरुले खुबै मनपराउने चकलेटको बिषयमा थियो एउटा अस्पतालको बेडमा उपचारको लागि सुतिरहेको बालकको फोटो सहित चकलेटको बिषयमा यस्तो लेखिएको थियो:- 

"कृपया सबैले शेयर गरौ। किन्डर जोय भन्ने चक्लेट लाई मोम(paraffin wax) ले लेपन गरेको हुने हुनाले यो हत्तपत्त टासिदैन।र यो पेटमा गएपछी पनि सफा हुन २ दिन लाग्छ। र धेरै खाएमा यो पछि गएर क्यान्सर को कारण बन्न सक्छ त्यसैले बच्चालाई यो चक्लेट खान नदिनुहोला। धन्यवाद" 
(KINDER JOY contains wax coating which is also used in Styrofoam containers. That is why Kinder Joy dont stick to each other when eating it. Our body needs upto two days to clean the wax.  Make sure you stop eating Kinder Joy. This wax can cause CANCER. Share if you care.)

SHARE IT
सामाजिक संजालमा यसरी शेर परिमार्जित फोटो दाँया  र ओरिजिनल फोटो तल:


यसै बिषयमा सम्बन्धित कम्पनीले समेत आफ्नो तर्फबाट उपरोक्त कुराको खण्डन गर्दै चकलेटको बिरुद्धमा प्रचारित सबै तथ्यरहित भएको कुरा उल्लेख गर्दै, चकलेटमा प्रयोग गरिएको paraffin wax जुन कुरा सबै चकलेटमा प्रयोग गरिन्छ।  यसले चकलेटलाई आकर्षक बनाउने र कोठाको तापक्रममा नापग्लोस भनेर चकलेट तथा अन्य खाध्य पदार्थमा समेत यसको प्रयोग गरिन्छ। paraffin wax को जति मात्र किन्डर जोय चकलेटमा प्रयोग गरिन्छ त्यसले  स्वास्थ्यमा हानी नपुर्याउने कुरा उल्लेक गरेको छ र चेतावनी म्यासेजले मिसलिडिंग गरेको र त्यो सत्य नभएको कुरा समेत उल्लेख गरेको छ। 
यस लेखको मुख्य कुरा के हो भने, कति उपभोक्ताहरुले त् यो कुरो पत्तै पाएका छैनन्, जस जसले यो थाहा पाएका छन् उनीहरु तथा अन्य साधारण उपभोक्ताहरुलाई निकै अप्ठ्यारो पर्छ, के गर्ने के नगर्ने, केहि भए कहाँ उजुर गर्ने, कसलाई भन्ने आदी कुरा अझै प्रष्ट छैन।  ननै कुनै निकायले यस बिषयमा केहि भनेको छ। अतः हाम्रो जस्तो राष्ट्र जहाँको सरकार लाचार छ, उपभोक्ताहरु विवश छन्, उपभोक्ता संगठन कुनै राजनीतिक पार्टीको बोलि बोल्ने र उपभोक्तामुखी कडा कानूनको अभावले कस्तो स्थिति सृजना गर्ला ? त्यसैले आफु स्वयम् सचेत रहुनु नै सुरक्षित उपाय भएकोले वास्तविक कुरा बुझेर काम कुरो गर्दा वा उपभोग गर्दा फरक नपर्ला। सम्बन्धित निकायले पनि यस्ता कुराहरुलाई गम्भिर भएर सोचिदिए सबैलाई उपयुक्त हुने कुरा नकार्न सकिदैन। 

Tuesday, June 21, 2016

पुनः बिदेशमा नेपालीहरुको सामुहिक हत्या !

काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ नेपाली मुलका भारतीय नागरिक समेत गरी १४ जनाको ज्यान गएको छ। त्यस्तै अन्य ९ जना घाइते भएका छन् र त्यसरी घाइते हुनेहरुमा पनि ७  जना नेपाली नै छन् ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती बम हमलामा मारिने नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा सुरक्षा गार्डमा काम कुरा समेत खुलासा भएको छ । 
दुर्घटनामा घाइते भएका मध्ये क्यानेडाली राजदूतावसमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड अम्रित रोकाया क्षेत्रीले अस्पतालको शैय्याबाट स्थानीय प्रेससँग कुरा गर्दै  भनेका छन्, ‘धेरै जना मारिएका छन् । आफूहरु क्यानेडाली राजदूतावसमा काम गर्नका लागि गाडीमा जाँदै गर्दा एक्कासी बम विस्फोट भएको बताएका छन्
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको, ५ जना नेपाली र ४ अफगानी नागरिक घाइते भएको कुरा उल्लेख गरेको छ । साथै त्यस घटनाको जिम्मेवारी तल्निवनका प्रवक्ता जबिउल्लाह  मुजाहिदले लिएको छ। 
बम हमलामा ज्यान गुमाउनेहरुमा काठमाडौंका चन्द्र बहादुर रानामगर, वीरबहादुर सुवेदी क्षेत्री , हरिबहादुर बरुवाल क्षेत्री , लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लीलबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्यांजाका सुकबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ रहेका छन् ।  यस्तै भरत देहरादूनका गणेश थापा र गोविन्द सिंहको पनि सो आक्रमणमा ज्यान गएको थियो  ।
सो आक्रमणमा मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा, कृष्णबहादुर देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटका च्याङबा तामाङ घाइते भएका थिए ।

Sunday, June 19, 2016

मुटुरोगको औषधि बिवाह !


अहिले मानिसहरुको रहनसहन र खानपानमा भएको परिवर्तनले गर्दा प्रत्येक १०० मा १ जनालाई कुनै न कुनै प्रकारको मुटु सँग सम्बन्धित रोगले पिरोलेको भेटिएको छ। यो कुनै अनुमानित तथ्यांक होइन। यो बेलायतको म्यानचेष्टरमा हालै भएको ब्रिटिश कार्डियो भास्कुलर सोसाइटीको सम्मेलनमा पेश गरिएको रिपोर्ट हो र यो रिपोर्ट एस्टन विश्व विद्यालयका २५ हजारमा मानिसमा अध्ययन गरी तयार पारिएको हो ।
रमाइलो कुरो के छ भने, अन्य कारणहरु आफ्नो ठाउमा छन्, तर अविवाहित, हुनुहुन्छ भने होस् गर्नुहोस,
किनकी बिवाहितलाई भन्दा एकल वा अविवाहितहरुलाई हृदयघात हुने सम्भावना सतप्रतिशत नै बढी हुन्छ। शोधकर्ताको रिपोर्ट मुताविक सम्बन्ध बिच्छेद भएकाहरुमा हृदयघातको सम्भावना सबै भन्दा बढी हुन्छ। तेसैले तपाई अविवाहित हुनुहुन्छ र मुटु रोगबाट पनि बाँच्न चहानु हुन्छ भने बिवाह गरि हाल्नुहोस।
शोधकर्ताको रिपोर्ट अनुसार सम्बन्ध विच्छेद गरेका वा भएकाहरुमा हृदयाघातको खतरा सतप्रतिसत वा सबैभन्दा बढि हुन्छ । त्यस्तै अविवाहितहरुलाई  खतराको दोश्रो स्थानमा राखिएको छ यिनीहरुलाई पनि हृदयघात तथा मुटुरोगको सम्भावना प्रवल रहेको हुन्छ। तर विवाहितहरुलाई हृदयाघातको जोखिम सबैभन्दा कम वा नगण्य हुन्छ ।

यसरी विवाहित मानिसहरुमा हृदयाघातको जोखिम कम हुनुको प्रमुख कारण मानसिक शान्ती, जिवनसाथीको सहयोग तथा सामाजिक सहभागिता नै रहेको शोधकर्ताको ठम्याई रहेको छ ।

त्यस्तै शोध अनुसार विवाहित मानिसको तुलनामा अविवाहितमा वा एक्ला मानिसहरुमा हृदयाघातको खतरा १४ प्रतिशत बढि हुन्छ । सम्बन्ध विच्छेद गरेका मानिसमा यस्तो खतरा सबैभन्दा बढि हुनुको कारणमा उनीहरुमा आफ्नो पारिवारिक सम्बन्धको कारण सृजित अतिरिक्त तनाव तथा सामाजिक तथा छरछिमेक र आफन्तहरुबाट हुने तिरस्कार वा बहिष्कार रहेको शोधकर्ताको निष्कर्ष छ  । किनकि समाज, आफन्त वा
नातेदारहरुले बिशेष आमरुपमा सम्बन्ध विच्छेद गरेको मानिस प्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने र त्यसको असर व्यक्तिको मानसिक तथा स्वास्थ्यमा सिधै पर्ने देखिएको छ ।
अतः एक्लो वा अविवाहित हुनु हुन्छ र मुटु रोगबाट समेत बच्न चहानु हुन्छ भने तुरुन्त बिवाह गर्नुहोस्।  

Thursday, June 16, 2016

SLC Result 2073 ४ बजे हुदै छ !






SLC Result 2073 ४ बजे हुदै छ।  परिक्षा नियन्त्रण कार्यालयले SLC परिक्षाको नतिजा प्रकाशित गर्न सम्पूर्ण तयारी पुरा भैसकेकोले अहिले ४ बजे बोर्डको मिटिंग बसेर SLC को नतिजा तुरुन्तै प्रकाशित गर्ने कुरा स्पष्ट परेको छ। 
SLC को RESUL हेर्न तल दिएको लिंक मा CLICK गर्नु होला। आफ्नो सिम्बल नम्बर र जन्म मिति  नबिर्शनु होला। 



डरलाग्दो भूकम्पको जोखिम यथावत !

२०७२ साल बैशाख १२ तथा २९ गते विनाशकारी भूकम्प गएको र त्यसबाट भएको जनधनको क्षतिको बारेमा हामी सबै जानकार नै छौं। त्यो भूकम्पको पिडा हामीले भुल्न पनि नपाई विश्वका प्रतिष्ठित बैज्ञानिकहरुको टोलीले लामो (एक वर्षभन्दा बढी समय) अनुशन्धान पश्चात गरेको निष्कर्ष अनुसार  फेरी कुनै पनि समय काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रेक्टर स्केल सम्मको भूकम्प जानसक्ने ऊर्जा (शक्ति) संकलन भएको छ।

त्यो उर्जा (शक्ति) भूकम्पको रुपमा जुनसुकै बेला पनि जान सक्छ । तर, यहि तिथि, मिति र समय भूकम्प जान्छ भनेर तोक्न सक्ने अवस्था छैन। लगातार पराकम्पहरु गएर पनि त्यसरी संकलित ऊर्जा (शक्ति) क्षय नहुने ति वैज्ञानिकहरुको तर्क रहेको छ। यो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ । 

अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा‍। दण्डपाणि अधिकारीले भने, 
जमिनमुनि, १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ र त्यो धाँजा ललितपुरको खुमलटारसम्म आएको छ। त्यसरी च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए त्यति बेलाको भूकम्पको संकलित ऊर्जा समाप्त हुन्थ्यो र सयौ बर्ष सम्म ठुलो भूकम्पको जोखिम रहने थिएन। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।
वैज्ञानिकहरुले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्या‌ंकको आधारमा यो कुरा भनिरहेका छौं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको आधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिस सतर्क भएर बस्नु जरुरी रहेको छ।
उनका अनुसार तथ्यहरु अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरुमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो। (साभार - नेपाल समाचार पत्र दैनिक)

Wednesday, June 15, 2016

स्रष्टाको सम्मान !


आर्थिक बर्ष २०६८/०६९ बाट नेपाली भाषा र त्यसको सम्वर्धन तथा बिकाशको लागि  बिभिन्न पाँच विधामा बिशेष योगदान दिने विशिष्ट स्रष्टा (साहित्यकार) हरु लाई जनही एक लाख रुपैया तथा सम्मान पत्र सहित महकबी देवकोटा पुरस्कार प्रदान गरि सम्मानित गर्ने गरेकोमा यस बर्षको लागि उक्त पुरस्कार प्रदान गर्न नेपाल सरकार, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७३ जेष्ठ ३२ गते मंगलबार एक बिज्ञप्ती  प्रकाशित गरेर  कविता, निवन्ध, गध्याख्यान/नाटक, बालसाहित्य/लोकसाहित्य र भाषा साहित्य गरि पाँच विधामा पुरस्कार तथा सम्मान गर्न पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरुको नामावली प्रकाशित गरेको छ। 


Wednesday, June 8, 2016

बिवश हातहरु।

कति बिवश छन् ति हातहरु। तेसैले त् आफु भन्दा ठुलो बोझ बोक्नुको बिकल्प छैन। ति मसिना हातहरुले बोकेको  बोझ हेरेर पनि नदेखे झैँ गरि हिड्छन सबै र सभा, गोष्ठीहरुमा बिभिन्न बालसंरक्षण योजनाहरुका रेखी कोर्छन मात्र। कति कानून बनेका छन बल हकहितको संरक्षणको लागि, ठुला ठुला तारे होटलहरुमा सेमिनार, गोष्ठीहरुको आयोजना हुन्छन र योजनाहरु पनि बन्छन र कडाई का साथ लागु गर्ने कुरामा सबै सहमत पनि हुन्छन। तर कार्यान्वयन जस्ताको त्यस्तै, त्यसैले बिवश छन्, यी र यस्ता कयौं बालबालिकाहरु मजदुरी गर्न।  बिभिन्न भेला सभा सम्मेलनहरुमा ठुला ठुला नेताहरु मन्त्रीहरुले यस बिषयमा आफ्नो अमुल्य विचार र योजनाहरु तयार परेर ब्यक्त गरेका छन्, गर्छन।  तैपनि बालबालिकाहरु आफ्नो पाखुरी खियाएरै खादै छन्।
  

Tuesday, June 7, 2016

अमर अम्बर !

उनको नामको अगाडी जतिनै विशेषण जोडेपनि सूर्यको अगाडी दीयो बल्नु जस्तै हुने भएकोले कुनै उपनाम वा विशेषणको आवश्यकता नै पर्दैन उनको परिचयको लागि, हो उनै बरिष्ठ संगीतकार तथा गायक  अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । नेपालको राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङले जीवनको अन्तिम समयमा मधुमेह, उच्च रक्तचाप र पार्किन्सनजस्ता रोगहरुबाट परास्त भई ७९ वर्षको उमेरमा उनले मृत्यु बरण गरे।
अम्बरले नौलाख तारा उदाए जस्ता कालजयी गीतका साथै रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो भन्दै राष्ट्रिय जागरणको गीत समेत गाउनुभयो । प्रणय भावले ओतप्रोत गीत…. उकाली चढ्दा पसिना पुछ्ने, तिमी नभए अरू को होला…. गएर स्रोतहरु माझ जनमजनम भर छाउनुभयो । फेरी गणतान्त्रिक नेपालको राष्ट्रिय गानमा पनि संगीत भरेर नेपाली संगीतको स्तम्भ बन्नुभयो ।
हजारौँको संख्या भन्दा बढी गीतहरुलाई आफ्नो अजम्बरी संगीतले सिंगारेर प्रायः सबै गीतहरुलाई आफु झैँ  अमर बनाई दिनुभयो। 
पुर्ख्यौली घरगोरखाको रिसिङ भए पनि भारतीय सेनामा काम गर्ने शिलशिलामा हजुरबुबा भारत गएका र पछि आफ्नो बुवाले पनि सोहि बाटो अपनाएको कारण भारतमै स्थाई बसोबास गर्नु परेकोले उनको बि. सं. १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा जन्म भएको थियो। 
बीस वर्षको उमेरमा उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता दुई गीत सार्वजनिक गरेका थिए। उनले रेकर्ड गरेको पहिलो गीत भने साहित्यकार अगमसिंह गिरीको गीत ‘नौलाख तारा उदाए’ हो । यो गीत रेकर्डगर्नु पूर्व नै दार्जिलिङमा प्रख्यात भैसकेको थियो। राजा महेन्द्रले यो गीतको धून सुनेर २०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन अम्बर गुरुङ्ग सहित गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल लगायतका सांगीतिक कलाकार टोली दार्जिलिङबाट बोलाए थिए । तर यहि गीतलाई भारतमा भने प्रतिबन्ध लगाएको थियो। 
हजारभन्दा बढी गीतमा संगीत भरेका अम्बरका कतिपय गीत त अझै पनि रेकर्ड भएका छैनन् । तथापि जति छन्, त्यसैले पनि उनको उचाइलाई आकार दिएको छ । पूर्वीय संगीतमा पश्चिमा शैलीलाई ‘फ्युजन’ उनले नेपाली संगीतलाई नयाँ मार्गमा हिँडाइदिए । उनले विभिन्न साहित्यकारका गीति नाटकमा पनि संगीत दिएका छन्।  साथै थुप्रै नेपाली चलचित्रहरुमा समेत संगीत दिएका छन्। त्यसो त उनी गायन, संगीत र गीत लेखनका साथै साहित्य लेखनमा पनि सक्रिय थिए । उनको ‘कहाँ गए ती दिनहरू’ नामक संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छ । जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, गोरखा दक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी पुरस्कारलगायत प्राप्त गरेका उनलाई हङकङमा बस्ने नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘महासंगीतकार’समेत घोषणा गरिएको थियो ।

किन वास्ता गरिदैन ?


बेला बेलामा एकल प्रयासमा हेलिकप्टर, हवाईजहाज बनाएको, अहिलेको इन्धन क्राइसिस भईरहेको समयमा पेट्रोल डिजेलको बिकल्पमा प्रयोग गर्न सकिने बैकल्पिक इन्धन उत्पादन गरि त्यसैबाट सवारीसाधन चलाएको आदी कुराहरु पत्र पत्रिकामा प्रकाशित भइरहेका हुन् र आवश्यकता अनुसार सहयोग पाउने हो भने देश र जनताको आवश्यकता परिपूर्ति हुने गरि निर्माण अथवा उत्पादन गर्न सकिने व्यहोरा समेत उल्लेख गरिएका हुन्थिए। अहिले त्यस्ता प्रतिभा वा व्यक्तिहरु कता छन् ? कि सम्बन्धित निकायको पहलकदमीमा केहि भइरहेको छ कि ? कि के छ त् त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको अवस्था ?

के त्यस्ता सबै कुराहरु भ्रामक हुन् ? हुन् भने किन त्यस्ता कुराहरु अधिकारिक रुपमै देशको राष्ट्रिय स्तरको पत्र पत्रिकामा प्रकाशित हुन्छन ? होइन ति कुराहरु सहि हुन् भने किन त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको उचित कदर हुदैन ? किन राष्ट्र त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुबाट राष्ट्रका लागि केहि गराईदैन ?

त्यस्तो कुराहरु सहि हो भने त्यसबाट राष्ट्रको लागि त् ठुलै उपलब्धि हुनसक्छ। राष्ट्रिय कोषको लगानी राष्ट्रिय हितको लागि बिभिन्न क्षेत्रमा भए जस्तै त्यस्ता व्यक्तित्व र प्रतिभाहरुमा पनि गरेर त्यसको उचित उपयोग वा परिचालन गर्न सकियो भने त्यसले राष्ट्रलाई ठुलो उपलब्धि दिलाउने कुरालाई नकार्न सकिदैन।  त्यसैले यस्ता कुराहरुलाई सबन्धित निकायले बुझेर आवश्यक तथा उचितपहल गरेको खण्डमा भोलिको सुनौलो दिनहरु टाढा छैनन्। यसमा सम्बन्धित निकायको सकारात्मक पहलको समेत अपेक्षा गर्दै यस्ता कुराहरुमा ध्यानाकर्षण गराईन्छ। 

Monday, June 6, 2016

यसरी पनि धर्म कमाइन्छ त् ?

यस लेखमा ३ फोटोहरु पनि  राखिएका छन। त्यो फोटोहरु पशुपतिनाथ मन्दिरको पूर्व पट्टि बागमती नदी किनार आर्यघाटको हो। फोटोमा धेखिन्छ माथि मन्दिरमा आएका भक्तजनहरुले तल देखिएको मन्दिरको गजुरमा पैसा (सिक्का) हरु फालेर गजुरमै अडाउन प्रयाश गर्दै सिक्का फल्छन।  त्यसरी माथिबाट सिक्काहरु फाल्दा प्रायः तल मन्दिरमा आएका अन्य भक्तजनहरु तथा आफन्तको मृत्यु भइ मलामी आएका अफन्तहरुलाई टाउकोमा लगेर रगताम्मे हुनेगरी चोट समेत लागेको भेटियो।
माथिबाट त्यसरी सिक्का फालेर तलको मन्दिरको गजुरमा सिक्का अडियो भने ठुलो धर्म कमाइने मानिसहरुको अपरिपक्क बुझाइको कारण, त्यसरी पैसा फालेर धर्म कमाउने प्रयासमा शिक्षित अशिक्षित सबै लागिपरेका छन। कस्तो सर्टकर्ट र सरल सजिलो बाटो धर्म कमाउने।  साँच्ची हुन्छ त् धर्म ? त्यसरी अन्य भक्तजनहरुको टाउको फोर्ने गरि पैसा फालेर।
त्यसो गर्नु भन्दा त्, गरिब असहायहरूलाई केहि खाना खान दिएमा ठुलै धर्म कमाईएला नी होइन र ? साथै त्यसरी पैसा फाल्ने कार्यलाई पनि सम्बन्धित निकायले समय मै विचार गर्दा सबै पक्ष लाई राम्रो हुनेमा दुई मत नहोला।