Tuesday, June 21, 2016

पुनः बिदेशमा नेपालीहरुको सामुहिक हत्या !

काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ नेपाली मुलका भारतीय नागरिक समेत गरी १४ जनाको ज्यान गएको छ। त्यस्तै अन्य ९ जना घाइते भएका छन् र त्यसरी घाइते हुनेहरुमा पनि ७  जना नेपाली नै छन् ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती बम हमलामा मारिने नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा सुरक्षा गार्डमा काम कुरा समेत खुलासा भएको छ । 
दुर्घटनामा घाइते भएका मध्ये क्यानेडाली राजदूतावसमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड अम्रित रोकाया क्षेत्रीले अस्पतालको शैय्याबाट स्थानीय प्रेससँग कुरा गर्दै  भनेका छन्, ‘धेरै जना मारिएका छन् । आफूहरु क्यानेडाली राजदूतावसमा काम गर्नका लागि गाडीमा जाँदै गर्दा एक्कासी बम विस्फोट भएको बताएका छन्
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको, ५ जना नेपाली र ४ अफगानी नागरिक घाइते भएको कुरा उल्लेख गरेको छ । साथै त्यस घटनाको जिम्मेवारी तल्निवनका प्रवक्ता जबिउल्लाह  मुजाहिदले लिएको छ। 
बम हमलामा ज्यान गुमाउनेहरुमा काठमाडौंका चन्द्र बहादुर रानामगर, वीरबहादुर सुवेदी क्षेत्री , हरिबहादुर बरुवाल क्षेत्री , लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लीलबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्यांजाका सुकबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ रहेका छन् ।  यस्तै भरत देहरादूनका गणेश थापा र गोविन्द सिंहको पनि सो आक्रमणमा ज्यान गएको थियो  ।
सो आक्रमणमा मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा, कृष्णबहादुर देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटका च्याङबा तामाङ घाइते भएका थिए ।

No comments: