
त्यो उर्जा (शक्ति) भूकम्पको रुपमा जुनसुकै बेला पनि जान सक्छ । तर, यहि तिथि, मिति र समय भूकम्प जान्छ भनेर तोक्न सक्ने अवस्था छैन। लगातार पराकम्पहरु गएर पनि त्यसरी संकलित ऊर्जा (शक्ति) क्षय नहुने ति वैज्ञानिकहरुको तर्क रहेको छ। यो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ ।
जमिनमुनि, १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ र त्यो धाँजा ललितपुरको खुमलटारसम्म आएको छ। त्यसरी च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए त्यति बेलाको भूकम्पको संकलित ऊर्जा समाप्त हुन्थ्यो र सयौ बर्ष सम्म ठुलो भूकम्पको जोखिम रहने थिएन। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।
वैज्ञानिकहरुले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्यांकको आधारमा यो कुरा भनिरहेका छौं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको आधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिस सतर्क भएर बस्नु जरुरी रहेको छ।
No comments:
Post a Comment