Wednesday, June 22, 2016

सत्य तथा झुट्टा को अन्यौलता !


अहिले विश्वको मात्रै नभएर पुरा ब्रमाण्डमा भएका वा घटेका कुनै पनि घटना दुर्घटना वा अन्य बिषयमा सामाजिक संजालको माध्यमबाट जो कोहिले तुरुन्तै थाहा पाउन सक्छन। सामाजिक संजालमा आबद्ध जो कोहिले पनि आफुले थाहा पाएको घटना, दुर्घटना र अन्य कुराहरु आफ्नो परिचित तथा साथीभाईहरुलाई जानकारी गराउने उद्देश्यले सामाजिक संजालमा शेर गरिदिन्छन् । यसरी हामी पनि सामाजिक संजालको मध्यमबाट यस्ता बिभिन्न कुराहरु थाहा पाउछौ। यसरी सामाजिक संजालमा भेटिने वा पढिने कति कुरहरु सहि हुन्छन भने कति कुराहरु तथ्यरहित, आधारहीन झुट्टा पनि हुन्छन।कुन  कुरो सत्य हो कुन होइन भनेर तुरुन्त छुट्याउन नसक्दा कतिपय गलत कुराहरु सामाजिक संजालमा जोरसोरले प्रचार हुनपुग्छन् । यसले सम्बन्धितलाई नकारात्मक असर पुर्याउनाको साथै त्यस्ता कुराले ठुलो नोक्सानी  समेत हुनपुग्छ भने अरुहरुलाई अन्योल बनाउछ, के गर्ने के नगर्ने, उपभोग गर्ने कि नगर्ने आदी ।  
यस्तै केहि दिन अगाडी सामाजिक संजालको भित्तामा एउटा चकलेटको बिषयमा यस्तै कुरो  मैले पनि भेटे अझ भनौ पढे, सरकारी हस्पिटलमा कार्यरत परिचितले किन्डर जोय नामको बाल बालिकाहरुले खुबै मनपराउने चकलेटको बिषयमा थियो एउटा अस्पतालको बेडमा उपचारको लागि सुतिरहेको बालकको फोटो सहित चकलेटको बिषयमा यस्तो लेखिएको थियो:- 

"कृपया सबैले शेयर गरौ। किन्डर जोय भन्ने चक्लेट लाई मोम(paraffin wax) ले लेपन गरेको हुने हुनाले यो हत्तपत्त टासिदैन।र यो पेटमा गएपछी पनि सफा हुन २ दिन लाग्छ। र धेरै खाएमा यो पछि गएर क्यान्सर को कारण बन्न सक्छ त्यसैले बच्चालाई यो चक्लेट खान नदिनुहोला। धन्यवाद" 
(KINDER JOY contains wax coating which is also used in Styrofoam containers. That is why Kinder Joy dont stick to each other when eating it. Our body needs upto two days to clean the wax.  Make sure you stop eating Kinder Joy. This wax can cause CANCER. Share if you care.)

SHARE IT
सामाजिक संजालमा यसरी शेर परिमार्जित फोटो दाँया  र ओरिजिनल फोटो तल:


यसै बिषयमा सम्बन्धित कम्पनीले समेत आफ्नो तर्फबाट उपरोक्त कुराको खण्डन गर्दै चकलेटको बिरुद्धमा प्रचारित सबै तथ्यरहित भएको कुरा उल्लेख गर्दै, चकलेटमा प्रयोग गरिएको paraffin wax जुन कुरा सबै चकलेटमा प्रयोग गरिन्छ।  यसले चकलेटलाई आकर्षक बनाउने र कोठाको तापक्रममा नापग्लोस भनेर चकलेट तथा अन्य खाध्य पदार्थमा समेत यसको प्रयोग गरिन्छ। paraffin wax को जति मात्र किन्डर जोय चकलेटमा प्रयोग गरिन्छ त्यसले  स्वास्थ्यमा हानी नपुर्याउने कुरा उल्लेक गरेको छ र चेतावनी म्यासेजले मिसलिडिंग गरेको र त्यो सत्य नभएको कुरा समेत उल्लेख गरेको छ। 
यस लेखको मुख्य कुरा के हो भने, कति उपभोक्ताहरुले त् यो कुरो पत्तै पाएका छैनन्, जस जसले यो थाहा पाएका छन् उनीहरु तथा अन्य साधारण उपभोक्ताहरुलाई निकै अप्ठ्यारो पर्छ, के गर्ने के नगर्ने, केहि भए कहाँ उजुर गर्ने, कसलाई भन्ने आदी कुरा अझै प्रष्ट छैन।  ननै कुनै निकायले यस बिषयमा केहि भनेको छ। अतः हाम्रो जस्तो राष्ट्र जहाँको सरकार लाचार छ, उपभोक्ताहरु विवश छन्, उपभोक्ता संगठन कुनै राजनीतिक पार्टीको बोलि बोल्ने र उपभोक्तामुखी कडा कानूनको अभावले कस्तो स्थिति सृजना गर्ला ? त्यसैले आफु स्वयम् सचेत रहुनु नै सुरक्षित उपाय भएकोले वास्तविक कुरा बुझेर काम कुरो गर्दा वा उपभोग गर्दा फरक नपर्ला। सम्बन्धित निकायले पनि यस्ता कुराहरुलाई गम्भिर भएर सोचिदिए सबैलाई उपयुक्त हुने कुरा नकार्न सकिदैन। 

No comments: