अहिले मानिसहरुको रहनसहन र खानपानमा भएको परिवर्तनले गर्दा प्रत्येक १०० मा १ जनालाई कुनै न कुनै प्रकारको मुटु सँग सम्बन्धित रोगले पिरोलेको भेटिएको छ। यो कुनै अनुमानित तथ्यांक होइन। यो बेलायतको म्यानचेष्टरमा हालै भएको ब्रिटिश कार्डियो भास्कुलर सोसाइटीको सम्मेलनमा पेश गरिएको रिपोर्ट हो र यो रिपोर्ट एस्टन विश्व विद्यालयका २५ हजारमा मानिसमा अध्ययन गरी तयार पारिएको हो ।
रमाइलो कुरो के छ भने, अन्य कारणहरु आफ्नो ठाउमा छन्, तर अविवाहित, हुनुहुन्छ भने होस् गर्नुहोस,
किनकी बिवाहितलाई भन्दा एकल वा अविवाहितहरुलाई हृदयघात हुने सम्भावना सतप्रतिशत नै बढी हुन्छ। शोधकर्ताको रिपोर्ट मुताविक सम्बन्ध बिच्छेद भएकाहरुमा हृदयघातको सम्भावना सबै भन्दा बढी हुन्छ। तेसैले तपाई अविवाहित हुनुहुन्छ र मुटु रोगबाट पनि बाँच्न चहानु हुन्छ भने बिवाह गरि हाल्नुहोस।

यसरी विवाहित मानिसहरुमा हृदयाघातको जोखिम कम हुनुको प्रमुख कारण मानसिक शान्ती, जिवनसाथीको सहयोग तथा सामाजिक सहभागिता नै रहेको शोधकर्ताको ठम्याई रहेको छ ।

नातेदारहरुले बिशेष आमरुपमा सम्बन्ध विच्छेद गरेको मानिस प्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने र त्यसको असर व्यक्तिको मानसिक तथा स्वास्थ्यमा सिधै पर्ने देखिएको छ ।
अतः एक्लो वा अविवाहित हुनु हुन्छ र मुटु रोगबाट समेत बच्न चहानु हुन्छ भने तुरुन्त बिवाह गर्नुहोस्।
No comments:
Post a Comment