Sunday, June 26, 2016

को नक्कली, को दोषी अनि के सजाय ?

केहिदिन अगाडी देखि नक्कली डाक्टर प्रकरणले प्रमुख समाचार बनेर राष्ट्रिय अन्तराष्ट्रिय पत्र पत्रिकाको  मुख्य पृष्ठमा सजिने मौका पाउनुका साथै साथै टेलिभिजनको पर्दामा पनि समाचार बनेर खुबै छायो। साता भरी नै नक्कली डाक्टर प्रकरण राष्ट्रिय अन्तराष्ट्रिय जगतमा
हरेकको चर्चाको बिषय बन्यो।
चिकित्सा जस्तो सम्मानित र संवेदनशील पेशामा अहिलेको यस रहश्योघाटनले ठुलो प्रश्न चिन्ह खडा गरेको छ। कुरो अहिले को को नक्कली को सकक्ली र नक्कली डाक्टरको पहिचान पश्चात उनीहरुले भोगेको पारिवारिक सामाजिक तिरस्कार वा बहिष्कार, लाइसेन्स सिज गर्ने आदि कुरा त अब हुने प्रक्रियागत कुराहरु भए।  साथै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्ने र दोषीहरुको पहुच जति नै माथिल्लो तहमा भए पनि नियमानुसार कारवाही अवश्य हुनै पर्छ। तर, के यति मात्रै सबै कुराको समाधान हो त् ? के भविष्यमा यस्ता कुराहरु पुनः नदोहोरिएलान त् ?  
खोइ यसमा राज्यले के गर्ने विचार गरेको छ ? सरकारको पक्षबाट कुनै आधिकारिक कुरो बाहिर आएको छैन ।  
फेरी कुरो अर्को पनि छ, डाक्टरको पढाई पुरा गर्न हाम्रो नेपालको परिपेक्षमा केहि गरोनै छ।  तैपनि यतिका नक्कली डाक्टर भेटिनु भनेको, अवश्य अरुपनि छन् त्यो पनि धेरै मात्रामा छन् । 
यहाँ डाक्टर (MBBS) पढ्नको लागि इन्ट्रान्स एक्जाममा समिल हुनलाई नै गारो छ, केहि निश्चित बिषयमा निश्चित प्रतिशतमा नम्बर लेराउनै पर्छ। इन्ट्रान्स एक्जाममा सामेल भएर फेरी तोकिएको निश्चित प्रतिशत नम्बर लेराउनै पर्छ। त्यसरी छनौट भएका बिद्यार्थीहरु मध्ये केहि मात्रै राम्रो नम्बर लेराएर डाक्टरको (MBBS)पढाई पुरा गर्न सफल हुन्छन। यसरी पढाई पुरा भएपछी पनि कुनै हस्पिटलमा केहि निश्चित समय सम्म प्राक्टिकल ट्रेनिंगको लागि काम गर्ने पर्छ। यसरी सैदान्तिक र प्रयोगात्मक पढाई पुरा गरिसकेपछि आफुले डाक्टरी पेशा सुर गर्नकोलागी नेपाल मेडिक काउन्सिलबाट लाईसन लिनु पर्छ र त्यसको लागि पनि एक्जाम दिएर त्यसमा सफल हुनै पर्छ। सम्बन्धित डाक्टरमा त्यस्तो केहि प्रतिकुल कुरा भेटिएमा तुरुन्तै त्यो लाईसन् खारेज गर्न सक्छ मेडिकल काउन्सिलले। 
अब यस्तो प्रकृया पुरा गरेर सैदान्तिक तथा प्रयोगात्मक पढाई पुरा गरेर डाक्टर बनेर येतिका बर्ष सम्म बिभिन्न रोगीहरुको सफल असफल उपचार समेत गरिसकेका डाक्टरहरु अहिले आएर कसरी नक्कलिमा परिणत भए ? यो पनि अध्ययनकै बिषय हुन् सक्छ। 
पहिलो, इन्ट्रान्स एक्जाममा उनीहरु कसरी सामेल हुन् सफल भए ? किन, उनीहरुको मार्कसिट राम्रो संग निरीक्षण गरिएन ? दोस्रो, डाक्टरको पढाई पुरा गरिसकेपछि मेडिकल काउन्सिलबाट लाईसन लिने बेलामा के सम्बन्धित डाक्टरको पुरा सर्टिफिकेटहरु किन चेक नगरिएको हो ? कि त्यस्तो चेकजांच गर्ने चलन छैन? आफ्नो प्राक्टिस सकेर यतिका बर्ष काम गरिसकेपछि यसरी नक्कली घोषणा गर्नु कतिको उपुक्त छ ? यसले सम्बन्धितहरुले पैसा र समय मात्रै गुमाउदैन, राष्ट्रले पनि उनीहरुमा गरेको ठुलो लगानी गुमाउछ। साथै आजको मिति सम्ममा त उनीहरु त्यतिका समय सम्म गरेको प्राक्टिसले नै पूर्ण डाक्टर भइसकेका हुन्छ भने अब आएर उनीहरुलाई नक्कली घोषित गर्नु कति उचित हुन्छ ? यी कुराहरुमा पनि सम्बन्धित निकायले विचार पुर्याउदा सायद केहि उचित नै हुन्थ्यो की ? फेरी माथि उल्लेख गरिएका उनीहरुलाई भर्ना लिएर पढाउने अध्ययन संस्था, अध्ययन संस्थामा भर्ना हुनु पुर्ब सर्टिफिकेट जाँचबुझ गर्ने कर्मचारी तथा अधिकारीहरु पनि यो प्रकरणमा उतिकै दोषी छन्, के उनीहरुलाई पनि दण्ड सजायको व्यवस्था गरिएको छ त् ? त्यस्तै नेपाल मेडिकल काउन्सिलले अन्तिममा डाक्टरी पेशा सुरु गर्न लाईसन् प्रदान गर्छ। यो प्रकरणमा नेपाल मेडिकल काउन्सिल पनि उतिकै भागीदार देखिन्छ। उनीहरुले किन सम्बन्धितहरुको पुरै सर्टिफिकेट हरु राम्रोसंग चेक जांच गरेर मर्त्रै लाई सन् प्रदान गर्नु पर्नेमा किन जनस्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि त्यसो गरेनन ? जिम्मेवारी बोकेर बसेको नेपाल मेडिकल काउन्सिल त् यो प्रकरणमा झन् ठुलो भागीदार देखिन्छ, त्यसैले दण्ड सजायको पनि उत्तिकै हकदार छ भने यसमा सम्बन्धित निकायले के सोचेको छ ? साथै भविष्यमा सुधारको लागि के योजना तयार गरेको छ र अझै बाँकि भएका उपरोक्त प्रकारका डाक्टरहरुको बिरुद्ध के योजना तयार छ ? यी सबै कुराहरुलाई सम्बन्धित पक्षले गम्भिर भएर सोच्नै पर्छ। 

No comments: