Thursday, June 23, 2016

मृतकका परिवार र घाइतेलाई सहयोग !

अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीका परिवारलाई  जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी व्यवस्था मिलाउदै छ । यस सम्बन्धमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बिशेष निर्णय गरेर मन्त्रीपरिषदले अनुमोदन गरे पछि सकेसम्म छिट्ट्टै क्षतिपूर्ति दिलाउने जानकारी सरकारको तर्फबाट श्रम मन्त्री श्री दिपक बोहराले गराउनु भयो। 
अफगानस्थानको काबुलमा आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीहरुलाई श्रद्धान्जली अर्पण गर्न विमानस्थल पुग्नु भएको प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । सोहि अवसरमा प्रधानमन्त्री ओलीले मृतकका परिवार परिवारजनप्रति समवेदना प्रकट गर्दै सो घटनामा मृत्यु हुनेको परिवार तथा घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । 
गत सोमबार काममा जाने क्रममा अफगानस्थानको काबुलमा नेपालीहरु काममा जाने क्रममा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो । १२ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा बुधबार निधन भएको हो ।
उक्त घटनामा घाइते भएका पाँच जनाको भारतमा र एकजनाको अफगानिस्तानमा उपचार भइरहेको छ ।
सो घटना पछि अफगानिस्तानमा काम गर्न अशुरक्षित ठानेर फर्कन चाहनेहरुलाई नेपाल सरकारले उद्दार गरी छिट्टै स्वदेश फर्काउने बिशेष व्यवस्था पनि गर्ने भएको छ  ।

No comments: