Tuesday, June 7, 2016

किन वास्ता गरिदैन ?


बेला बेलामा एकल प्रयासमा हेलिकप्टर, हवाईजहाज बनाएको, अहिलेको इन्धन क्राइसिस भईरहेको समयमा पेट्रोल डिजेलको बिकल्पमा प्रयोग गर्न सकिने बैकल्पिक इन्धन उत्पादन गरि त्यसैबाट सवारीसाधन चलाएको आदी कुराहरु पत्र पत्रिकामा प्रकाशित भइरहेका हुन् र आवश्यकता अनुसार सहयोग पाउने हो भने देश र जनताको आवश्यकता परिपूर्ति हुने गरि निर्माण अथवा उत्पादन गर्न सकिने व्यहोरा समेत उल्लेख गरिएका हुन्थिए। अहिले त्यस्ता प्रतिभा वा व्यक्तिहरु कता छन् ? कि सम्बन्धित निकायको पहलकदमीमा केहि भइरहेको छ कि ? कि के छ त् त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको अवस्था ?

के त्यस्ता सबै कुराहरु भ्रामक हुन् ? हुन् भने किन त्यस्ता कुराहरु अधिकारिक रुपमै देशको राष्ट्रिय स्तरको पत्र पत्रिकामा प्रकाशित हुन्छन ? होइन ति कुराहरु सहि हुन् भने किन त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको उचित कदर हुदैन ? किन राष्ट्र त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुबाट राष्ट्रका लागि केहि गराईदैन ?

त्यस्तो कुराहरु सहि हो भने त्यसबाट राष्ट्रको लागि त् ठुलै उपलब्धि हुनसक्छ। राष्ट्रिय कोषको लगानी राष्ट्रिय हितको लागि बिभिन्न क्षेत्रमा भए जस्तै त्यस्ता व्यक्तित्व र प्रतिभाहरुमा पनि गरेर त्यसको उचित उपयोग वा परिचालन गर्न सकियो भने त्यसले राष्ट्रलाई ठुलो उपलब्धि दिलाउने कुरालाई नकार्न सकिदैन।  त्यसैले यस्ता कुराहरुलाई सबन्धित निकायले बुझेर आवश्यक तथा उचितपहल गरेको खण्डमा भोलिको सुनौलो दिनहरु टाढा छैनन्। यसमा सम्बन्धित निकायको सकारात्मक पहलको समेत अपेक्षा गर्दै यस्ता कुराहरुमा ध्यानाकर्षण गराईन्छ। 

No comments: