कति बिवश छन् ति हातहरु। तेसैले त् आफु भन्दा ठुलो बोझ बोक्नुको बिकल्प छैन। ति मसिना हातहरुले बोकेको बोझ हेरेर पनि नदेखे झैँ गरि हिड्छन सबै र सभा, गोष्ठीहरुमा बिभिन्न बालसंरक्षण योजनाहरुका रेखी कोर्छन मात्र। कति कानून बनेका छन बल हकहितको संरक्षणको लागि, ठुला ठुला तारे होटलहरुमा सेमिनार, गोष्ठीहरुको आयोजना हुन्छन र योजनाहरु पनि बन्छन र कडाई का साथ लागु गर्ने कुरामा सबै सहमत पनि हुन्छन। तर कार्यान्वयन जस्ताको त्यस्तै, त्यसैले बिवश छन्, यी र यस्ता कयौं बालबालिकाहरु मजदुरी गर्न। बिभिन्न भेला सभा सम्मेलनहरुमा ठुला ठुला नेताहरु मन्त्रीहरुले यस बिषयमा आफ्नो अमुल्य विचार र योजनाहरु तयार परेर ब्यक्त गरेका छन्, गर्छन। तैपनि बालबालिकाहरु आफ्नो पाखुरी खियाएरै खादै छन्।
No comments:
Post a Comment