सबै भन्दा पहिले कुरा गरौ सन् २०११ मा प्रदर्शित फिल्महरुको: यस बर्ष सबै भन्दा सफल र धेरै आमदानी गर्ने चलचित्रमा सलमान खान अभिनित चलचित्र बडीगार्ड हो । यो चलचित्रले कुल १४८ करोड कमायो, यहाँ सन् २०११ मा सबै भन्दा बडी कमाउने १० चलचित्र यस प्रकारका छन्:
क्र.सं. चलचित्र कमाई
१ बडीगार्ड १४८ करोड भन्दा बाढी
२ रेडी १२२ करोड भन्दा बढी
३ रा वन ११६ करोड भन्दा बढी
४ सिंघम १०० करोड भन्दा बढी
५ जिन्दगि ना मिलेगी दोबर ८९ करोड भन्दा बढी
६ द डर्टी पिक्चर ७१ करोड भन्दा बढी
७ रकस्टार ७० करोड भन्दा बढी
८ देल्ही बेली ५७ करोड भन्दा बढी
9 यमला पगला दिवाना ५६ करोड भन्दा बढी
१० तन्नु वेड्स मन्नु २३ करोड भन्दा बढी
त्यस्तै नायकहरुमा गरिएको मत सर्वेक्षणमा ६३.९ प्रतिशतले सलमान खानलाई मन पराएका छन्, २६.९ प्रतिशतले अजय देवगनलाई,७.५ प्रतिशतले रकस्टार रणबिर कपुरलाई मनपराएका छन् भने १.६ प्रतिशतले इमरान खानलाई मनपराएका छन् ।
त्यस्तै हिरोइनहरुमा ३६.५ प्रतिशतले करिना कपुरलाई मनपराएका छन्, ३१.३ प्रतिशतले कैट्रिना कैफलाई मनपराएका छन्, २८.१ प्रतिशतले बिद्या बालनलाई मनपराएका छन् भने सोनाक्षी सिंहलाई ४.२ प्रतिशतले मनपराएका छन् ।
सबै भन्दा फ्लप हिरो मा यस पटक ५८.४ प्रतिशत दर्शकहरुले शहरुक खानलाई चुने, त्यस्तै १९ प्रतिशतले अभिषेक बच्चनलाई, १४.१ प्रतिशतले अक्षय कुमारलाई र ८.६ प्रतिशतले शहिद कपुरलाई बर्षको फ्लप हिरो चुनेका छन् ।
फिल्मी दुनियामा चर्चामा रहिरहनकोलागि बिशेष गरेर हिरोइनहरुले अनेक हथकण्ड अपनाउने गर्छन, कुनै पनि किसिमले चाहे बदनामै भएर पनि चर्चा मा रहिरहन पहिले राखी सामन्तले यस्तो गर्थिन तर यस पटक नांगै फोटो खिचाएर चर्चित बनेकी बिना मल्लिक र भारतले क्रिकेट बिश्व कप जिते नांगै स्टेडियममा कुद्ने भनेर चर्चित बन्न पुगेकी पुनम पाण्डे पनि सामेल भएकी छिन र ४३.२ प्रतिशतले बिना मल्लिकलाई, ४१.३ प्रतिशतले पुनम पाण्डेलाई र १५.५ प्रतिशतले राखी सावंतलाई मत दिएर पपुलर हुनको लागि नौटंकी गर्ने नायिका भनि चुनेका छन् ।
No comments:
Post a Comment