Tuesday, January 3, 2012

स्वास्थ्य मुटुको फाइदाको लागि कालो चिया !

लण्डन । धेरै मानीसहरु घरमा वा अफिसमा ओहो धेरै चिया पीइयो, यस्तरी चिया पिउनु हुदैन, अब देखि दिनमा एक कप मात्रै चिया पिउछु आदि कुरा गर्छन, वा कुरा गरेको हामी सुन्छौ ।तर लण्डनको एक बिश्वबिद्यालयका अनुशन्धान कर्ताहरुले निष्कर्स निकालेका छन् की दिनमा ३ देखि ६ कप सम्म कालो चिया पिउने मानिसहरुलाई हृदयघात ६० प्रतिशत सम्म कम हुने सम्भावना हुन्छ भने मधुमेह हुने खतरा रहदैन 
Black Tea
समाचार पत्र डेली एक्सप्रेस ले उल्लेख गरे अनुसार अनुशन्धान कर्ताहरु भन्छन, "कालो चियामा स्वास्थ्यवर्द्धक एन्टीअक्सिडेन्ट्स प्रयाप्त मात्रामा हुने भएकोले यसले हृदयघातबाट बचाउन ठुलो मदत गर्दछ । अनुशन्धानमा अर्को के पनि भेटिएको छ भने कालो चियाको नियमित प्रयोगले धमनिहरुमा रगतको थक्का जम्न दिदैन । जसले गर्दा रक्तचाप नियन्त्रण  हुन्छ र रक्तनलिहरु खतरनाक तरिकाले साँघुरो हुदैन । यसरी कालो चियाले हृदयघातको खतरालाई घटाउद छ 

रक्तनलीहरुबाट मुटुको मम्सपेसीहरुमा अक्सिजन पुग्दछ  रक्तनलीहरु संघुरियेर वा अन्य कुनै कारणले गर्दा मुटुले प्रयाप्त मात्रामा अक्सिजन पाएन भने  हृदयघात हुने सम्भावना बढी हुन्छ । अनुशन्धानविद केरी रक्सटन र पामेला मेसनले ४० वटा सोधपत्रको समिक्षा गरेका थिए । जुन समिक्षा युके न्युट्रीशन बुलेटिनमा प्रकाशित भएको थियो । जसमा कालो चिया र बिभिन्न रोगहरुको रोगथामको बिषयमा चर्चा गरिएको छ । रक्सटन र पामेलाले गरेको अनुसन्धानबाट निस्किएको नतिजा यस्तो छ,"जो मानीस दिनभरिमा ३ देखि ६ कप कालो चिया पिउछ उनीहरुलाई त्यसरी चिया नपिउने वा कम चिया पिउनेको तुलनामा ३० देखि ५७ प्रतिशत सम्म कम हुन्छ 

रक्सटन भन्छन, 'गरिएको अनुशन्धानबाट यी कुराहरु प्रमाणित भएको छ, जो मानिसहरु नियमित रुपमा कालो चिया पिउछ्न उनीहरुको रक्तसंचार र यस संग सम्बन्धित रोगहरु र टाइप् २ (दोस्रो प्रकृतिको) प्रकारको मधुमेहको खतरा समेत धेरै कम हुन्छ   तर अनुशन्धानविदहरुले फाइदाकोलागि कालो चियाको कति मात्र नियमित पिउने  भन्ने बिषयमा केहि उल्लेख गरेका छैन, यसको लागि थप अझै अनुशन्धान गर्नु पर्छ, तर स्वास्थ्य मुटुको लागि दैनिक ३ देखि ६ कप कालो चिया पिउनु पर्दछ 

No comments: