Wednesday, December 21, 2011

आजको दिनबाट सन् २०१२ मा हुनसक्ने बिश्व (पृथ्वी) बिनाषको उल्टो गन्ति शुरु


0.jpgमेक्सिको सिटी: बिश्व (पृथ्वी) बिनाष हुनेगरी प्रलय आउने दिन आजको मितिबाट ठिक एक बर्ष पछी याने ३६५ औं दिनमा आजकै दिन याने २१ डिसेम्बर २०१२ हो   यो कुरा केहि समय अगाडी निकै चर्चामा थियो  र आजको दिनबाट त्यस दिनको उल्टो गन्ति शुरु हुने भएको छ  
माया सभ्यताको पात्रो (क्यालेन्डर) २०१२ डिसेम्बर २१ पछी केहि छैन, यानी त्यस पछी सकिएको छ । त्यसैले त्यो मितिबाट पृथ्वीबाट मानव सभ्यता र अन्य जीवको अस्तित्त्व समाप्त हुनेछ भन्ने कुरामा बैज्ञानिकहरुको ठुलै बहस भैरहेको छ । 
 पुरातत्वविदहरुले  २०१२ डिसेम्बर २१  लेखिएको माया सभ्यताको समयको १३०० वर्ष पुरानो एउटा ढुंगा भेटाएका थिए । त्यसैलाई केहि बैज्ञानिकहरु त्यो दिनमा पृथ्वीमा ठुलो प्रलय आएर पृथ्वीको बिनाष हुनेछ र यहाँबाट मानव तथा अन्य जीवहरुको अस्तित्त्व समाप्त हुनेछ भन्छन भने केहि बैज्ञानिकहरु यस कुरालाई मान्दैनन  
पुरातत्त्वविदले त्यसैलाई सन् २०१२ डिसेम्बर २१ मा पृथ्वी बिनाश हुन्छ भन्ने पूर्वानुमान गरेका थिए । त्यसैले आजबाट त्यस दिन याने बिश्व बिनाष हुने दिनको उल्टो गन्ति शुरु गर्न थालिएको छ       
माया सभ्यताको केन्द्र दक्षिण पुर्बी मेक्सिकोमा त्यहाका बासिन्दाहरुले त्यस प्रलयकारी दिनमा बच्ने उपाय खोज्नुको साटो बर्ष भरी नै उत्शव मनाउने योजनाहरु बनाएका छन् । 
मेक्सिकोको पर्यटन उद्योगले गरेको पूर्वानुमानलाई मान्ने हो भने आउदो बर्ष मेक्सिकोमा पाँच करोड बिस लाख पर्यटकहरु देशको बिभिन्न पर्यटकीय स्थानहरु चिअपास, यूकतन, क्विन्ताना राओं,तबस्को तथा कमपेचे जस्तो स्थानहरुमा आउने छन्   
मेक्सिकोमा प्रत्येक बर्ष जसो २ करोड २० लाख बिदेशी पर्यटकहरु आउने गर्छन  
धेरै पुरातत्वविद (आर्कियोलाजिस्ट्स) हरुको बिचारमा १३०० साल पुरानो एउटा ढुंगामा २०१२ लेखेको मतलव माया पात्रो (क्यालेन्डर) को एक युग (काल) समाप्त भएर अर्को युगको शुरवात भन्ने हो, नकी बिश्व वा पृथ्वी नै नष्ट हुन्छ भन्ने, अहिले मानीसहरु त्यसैलाई सन् २०१२ डिसेम्बर २१ मा पृथ्वीमा प्रलय आएर पृथ्वी नै नष्ट हुन्छ भन्ने कुराहरु गर्छन  साथै फ्रेन्च भविष्यवेत्ता माइकल द नास्त्रेदमसले पनि सन् २०१२ मा पृथ्वी बिनाश हुन्छ भन्ने कुराको भविष्यवाणी गरेका थिए   यसले गर्दा पनि महिस हरुमा सन् २०१२ मा अवस्य केहि न केहि बिपत्ति हुन्छ भन्ने कुरामा बिश्वास गर्छन     

क्यारेबियन मुलुक मेक्सिकोको क्विन्ताना राओ प्रान्तको पर्यटन प्रवक्ता येअनेत जाल्दो भन्छन "सन् २०१२ डिसेम्बर २१ मा पृथ्वी बिनाश हुने होइन, बरु एउटा युग (काल) समाप्त हुने दिनको पूर्वानुमान हो  यो सकारात्मक सोच हो, जुन हाम्रोलागि एउटा नया आशाको किरण पनि हो ।" माया क्षेत्रको शहरहरु तथा गाऊ टोल बस्तिहरुमा आजैको मिति याने २१ डिसेम्बर २०११, बुधवार कै दिनबाट बिभिन्न उत्सवहरुको सुरुवात हुदै छ  । साथै चिअपास शहरको मुख्य पार्कमा ८ फुट अग्लो डिजिटल घडी स्थापित गरिएको छ  । जसले बिश्व (पृथ्वी) बिनाश हुन्छ भन्ने दिनको उल्टो गन्ति शुरु गर्ने छ   
केहि बैज्ञानिहरुका अनुसार २०१२ डिसेम्बर २१ मा एउटा क्षुद्र ग्रह पृथ्वी संग ठोक्किने छ र त्यसले भयानक भुइचालो, ज्वालामुखी बिष्फोट हुनुका साथै सुनामी जस्तो बिपत्तिले ठुलो बिनाश हुनेछ र पृथ्वीबाट मानव लगायत सबै जीवहरुको अस्तित्त्व समाप्त हुनेछ । तर धेरै बैज्ञानिकहरुको बिश्वास छ की, यस कुराको कुनै ठोस् सबुत केहि छैन, त्यसैले यस्तो केहि हुदैन                                
साथै अमेरिकाको (National Aeronautics and Space Administration (NASA) नासाको बिज्ञप्ति अनुसार पनि सन् २०१२ डिसेम्बर २१ मा त्यस्तो केहि हुने कुराको कुनै ठोस् सबुत छैन । 

No comments: