Thursday, December 8, 2011

दैनिक गरिने सेक्सले स्वास्थ्यका लागि बरदान


हालसालै गरिएको एक सेक्सुअल हेल्थ सर्वे अनुसार धेरै जसो महिलाहरु यौन क्रिडा आनन्दकोलागि नभई खाली सम्झौताको लागि मात्रै सेक्स गर्छन ।  उक्त सर्वेक्षण अनुसार धेरै महिलाहरु सेक्समा आनन्द महसुस गर्दैनन् । 

महिलाहरु सेक्सबाट हुने फाइदाबाट अनभिग्य 
हेल्दी वम्यान नामक संगठनले गर्ने बार्षिक सर्वेक्षणमा सहभागी १०३१ महिलाहरुको सेक्स सित सम्बन्धित कुराहरुको बारेमा अध्ययन गरिएको थियो । जस अनुसार महिलाहरु सेक्सबाट हुने फाइदाबाट अन्जन देखिए, ५१ प्रतिशत महिलाहरु सातामा कहिले काही गरिने सेक्सबाट स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने मान्छन भने ३० प्रतिशत महिलाहरु राम्रो स्वास्थ्यका लागि धेरै पटक निरन्तर गरिने सेक्सले फाइदा गर्छ भन्ने मान्छन । यसै प्रसंगमा ४२ प्रतिशत महिलाहरुले आफ्नो राम्रो स्वास्थ्यको लागि रेगुलर सेक्स हुनु पर्ने कुरामा बिश्वास गर्छन ।

महिलाहरु सेक्सलाई जीवनको 'समझौता' मात्र सम्झनछन्    
हेल्दी वम्यान नामक पत्रिकाको एक्जुकेटिभ डायरेक्टर भन्छन सेक्समा हुने सक्रियताले जीवन साथीहरु बीच गहिरो आत्मियता बढाउनुका साथै यसले जीवनमा आउने बिभिन्न तनाबहरुलाई कम गर्न वा मुक्ति दिलाउन समेत सहयोग गर्दछ । रेगुल गरिने सेक्सले  इम्युन सिस्टमलाई समेत मजबुत पर्ने भएकोले स्वास्थ्य सधै फिट वा फुर्तिलो बनाई राख्दछ । अध्ययनमा देखिए मुताबिक, ६३ प्रतिशत महिलाहरु सेक्सले आफ्नो पार्टनर वा जीवन साथी संगको आत्मियतालाई प्रगाड पर्ने कुरामा विश्वास गर्छन भने त्यसै मध्ये ४२ प्रतिशत महिलाहरु मात्रै आफ्नो सेक्स लाइफबाट राम्ररी सन्तुष्ट थिए ।

केहि बरिष्ठ मनोरोग विशेषज्ञहरुका मुताबिक महिलाहरु सेक्स गर्दा आनन्द मान्नु वा लिनुको सट्टा सेक्स गर्नुलाई जीवनको एउटा समझौता हो भन्ने मात्रै सम्झनछन् र भन्छन की उनीहरु २४ घन्टामा कुनै बेला पनि सेक्स गर्नका लागि उत्सुक हुदैनन् । धेरै जसो महिलाहरुलाई यो नै थाहा छैन की रेगुलर गरिने सेक्सले स्वास्थ्य तन्दुरुस्त राख्नुका साथै अनुहारमा चम्किलो तथा यौवन ले भरिपूर्ण बनाईराख्नमा समेत सहयोग गर्दछ । जो महिला पुरुष हप्तामा ४ पटक सम्म सेक्स गर्छन उनीहरु आफ्नो वास्तविक उमेर भन्दा १० गुणा ज्यादा जवान देखिन्छन ।  

No comments: