Tuesday, December 6, 2011

बिभिन्न रोगहरुको समाधान दैनिक एउटा स्याउ


एन एप्पल ए डे कीप्स डॉक्टर अवे

स्वास्थ्यकोलागि  स्याउ बरदान नै हो भन्दा फरक नपर्ला ।किनकी स्याउमा प्रोटीन तथा विटामिनहरु  प्रसस्त मात्रमा पाइन्छ र यो रसिलो सुन्दर फलले रगतमा हुने हानिकारक कोलेस्ट्रल घटाउन समेत मदत गर्दछ  । जसको फलस्वरूप ब्लडप्रेशरलाई सामान्य बनाई राख्न समेत सहयोग  गर्दछ  । स्याउमा पेक्टिनको सजिलै घुल्ने रेशाहरु प्रसस्त हुन्छन, जसले रगतमा भएको कोलेस्ट्रलको मात्रलाई घटाउने काम गर्दछ र शरीरको लागि ब्याक्टेरिया निरोधकको काम गर्छ  

आहार (खाना) बिशेषज्ञहरुका अनुसार स्याउमा प्रसस्त मात्रामा घुलनशील रेशाहरु हुने भएकोले नै यो स्वास्थ्यकोलागि धेरै फाइदाजनक भएको हो  । साथै यसमा जेल जस्तो एक किसिमको प्राकृतिक पदार्थ पनि हुन्छ, जसले रगतमा हुने कोलेस्ट्रलको मात्रलाई घटाएर हृदयघात तथा धमनीहरुमा हुनसक्ने रोगहरुको जोखिमलाई समेत घटाउन सहयोग गर्दछ 
साथै स्याउमा पाइने नाघुलने रेशाहरुले समेत हाम्रो स्वास्थ्यलाई निकै फाइदा गर्दछ । ती रेशाहरुले सजिलै पचाउन नसक्ने र पेट डुम्म भएर फुल्ने, सधै पेट भरिएको जस्तो हुने यस्तो अपच तथा पेट सम्बन्धि अन्य रोगहरु जस्तै पेट निमोठ्ने, डाइवरटीक्युलसिस आदि रोगहरु समेत निर्मुल पार्न सघाउछ, जुन कोलोनको क्यान्सर, एपेन्डिक्स,हीमोरॉयड, हर्निया र गलस्टोन जस्तो रोगहरुका कारणहरु  हुन्     

स्याउ बिशेष गरी नाताछी खानु पर्दछ, किनकि स्याउको बोक्रामा धेरै प्रकारका पोशाक तत्वहरु पाइन्छ  एउटा स्याउको बोक्रामा औसतमा करीब ४ मिलिग्राम क्वेरसेटिन हुन्छ । क्वेरसेटिनमा प्रसस्त मात्रामा एंटीअक्सीडेंट पाइन्छ । जसको सहयोगले कोशीकाहरु तन्दुरुस्त भैरहन्छन । यो तत्वले बयुमण्डलमा पाइने क्यान्सरका जीवाणुहरुबाट समेत जोगाउछ  जसको फलस्वरूप शरीरमा हुन सन्क्ने क्यान्सरको विकास तथा प्रसारलाई रोक्न सहयोग गर्दछ । साथै शरीरको कुनैपनि भागमा पोलेको जस्तो हुने रोगलाई समेत स्याउमा पाइने क्वेरसेटिनले निर्मुल गर्न सहयोग पुरयाउदछ । किनकी यो तत्वमा शरीरमा पोल्ने रोक्ने (निर्मुल) पर्ने गुण हुन्छ । यसमा पाइने त्यो तत्वले धेरै प्रकारले हुने एलर्जीबाट समेत शरीरलाई शुरक्षित राख्छ । बिशेषज्ञका अनुसार स्याउमा पालिफेनल एंटीअक्सीडेंट यानी ल्यूटीन, लाइकोपेन, केरोटिन और एंथोसाइनिन र फ्लेवनाइड याने फाइटोन्यूट्रिएंट जस्ता तत्व हरु प्रसस्त पाइन्छ   जसले शरीरको प्रतिरोधात्मक प्रणालीलाई राम्रो संग संचालन गर्न सघाउछ । बायु मण्डलमा पाइने ब्याक्टेरिया र भाइरसहरुबाट हुने बिभिन्न प्रकारको दुष्प्रभावबाट स्याउमा पाइने पलिफेनल एन्टीअक्सिडेन्ट र फाईटोन्युट्रीएन्ट तत्वले सुरक्षित राख्न अहम भूमिका खेल्दछ        
स्याउ पाइने यीनै खुबिहरुलाई मध्यनजरमा  राखी पश्चिमी देशहरुमा प्रतेक बर्ष ३० नोभेम्बरलाई 'इट एन अप्पल ए डे' (eat an apple a day) मनाइन्छ । त्यसैले दिनानु दिन बढ्दै गएको रोगहरुको स्पिडलाई रोक्न स्याउको दैनिक सेवनले ठुलो सहयोग पुरयाउदछ 

No comments: