Thursday, July 28, 2016

अचम्मसँग भेटिएको शालिग्राम !


शालिग्राम स्थापना गरिएको मन्दिर।
                                                  शांखु, काठमाडौँको उत्तरपूर्वमा अवस्थित धार्मिक    तथा ऐतिहासिक शहर, अहिलेको शंखरापुर नगरपालिका। हामीले स्वस्थानीको कथामा समेत यस शहरसँग सम्बन्धित कथा पढेको सुनेका छौ। यसै शहरको मुख्य केन्द्रदेखि केहि पर उत्तर तिर रहेको बज्रयोगिनीको मन्दीरको घर्मिक किम्बदन्ती तथा महत्व छुट्टै छ । यहाको परापुर्व कालदेखिको परम्परावादी कला संस्कृति र रहनसहनले  जो कोहीलाई पनि आफूतिर आकर्षित गर्ने क्षमता राखेकै छ भन्दा अत्युक्ति नहोला। परस्पर जोडिएका घरहरु जुन २०७२ साल बैशाख महिनामा गएको विनाशकारी भूकम्पले तहसनहस परेपनि अझै बाँकि रहेका इँटा छापेर बनाएका साँघुर सडक, त्यस्तै पुराना चोक तथा गल्लीहरुले अझै पनि उ बेलाको बैभवता झल्कायेको छदैछ। फेरी चारै तिर हरिया पहाडहरुले घेरेर माला लगाएको झैं देखिने मनमोहक दृश्यले जो कोहीलाई एकपटक शंखु पुग्ने रहर नलाग्ला भन्न सकिदैन।
                 मन्दिरभित्र स्थापना गरिएको शालिग्राम                                                                  

शंखु बजार देखि पूर्व तिर, जहाबाट हरियो डाँडा हुँदै माथितीर तिलकोट पुग्ने बाटो बनेको छ (कच्ची बाटो), त्यही बाटोको फेदीमा भिरालो डाँडाको ठुलो भागलाई मिलाएर मुक्तिनाथको मन्दिर स्थापना गरिएको छ । साथै सो मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुलाई बास बस्नको लागी मन्दिर परिसरमा नै केही भवनहरु समेत निर्माण गरिएको छ। त्यस्तै सो मन्दिर परिसर तथा भवनहरुको वरिपरि निर्मित आगन तथा बगैंचाहरुले शंखुलाई झनै उचाइमा पुरयाएको महसूस गर्न सकिन्छ। उक्त मुक्तिनाथको मन्दिरका

मन्दिर भित्र शालिग्रामको बाहिरी ढुंगाको बोक्रा।       

संस्थापक कमलनयन आचार्य बाबाको पहलमा मन्दिर आशपास हस्पीटल, स्कूल आदी निर्माण हुदैछ। स्कूल निर्माण भैरहेको स्थल अगाडी खुला रहेको स्थान सम्यायेर स्कूलको बिद्यार्थीहरु र स्थानीय युवाहरुलाई समेत हुने गरी ठुलो चौर बनाउने क्रममा ठुलो आकारको शालिग्राम भेटिएको थियो। कालीगण्डकी तिरमा पाइने शालिग्राम शंखुको पूर्बी छेउमा त्यसरी ठुलो शालिग्राम भेटाउनु एकप्रकारले अचम्मै कै कुरो भएर नै, त्यसरी शालिग्राम भेटिएको स्थानमा समेत मन्दिर स्थापना गरी त्यहाँ भेटिएको शालिग्रामलाई
                                                         पुजारी शालिग्रामको फाइदा बेफाइदा बताउदै     

सोही मन्दिरमा स्थापित गरि राखिएको छ।  डाँडाको फेदीमा जमीन सम्याउने क्रममा एउटा ठुलो ढुंगामा स्काभेटर माटो उठाउने क्रममा ठोकियो, त्यसरी ठोकिएको ढुंगालाई खनेर निकालियो। स्काभेटरले ठोकेर ठुलो ढुंगा उसिनेको अन्डाको बोक्रा माथीबाट तलतिर चिरिएर फ़क्लक्क फुटेर अन्डा निस्किए झैँ ठुलो ढुंगा पनि त्यसरी नै फ़क्लक्क फुटेर भित्र ठुलो शालिग्राम भेटियो। त्यसरी भेटिएको शालिग्रामलाई स्थानीयहरू र मुक्तिनाथ मन्दिरका संस्थापकको
                                                                                   शंखुमा स्थापना गरिएको मुक्तिनाथको मन्दिर।       
अग्रसरतामा त्यहाँ मन्दिर निर्माण गरि सोहि  मन्दिरमा स्थापित गरियो। त्यसरी शालिग्राम भेटिएको स्थान, शालिग्राम स्थापन गरिएको मन्दिर र उक्त मन्दिरको पुजारीको फोटोहरु पनि यस लेखमा समावेश गरिएको छ।

           

Wednesday, July 27, 2016

शुख शान्ति र आराम !

दिपक बन्जाराको फेसबुक वालबाट लिइएको 
 Fact of Life , (यो कथा दुई मिनट समय निकालेर अवस्य पढ्नुहोला )   

एकपटक एक जना माछा मार्ने माझी समुद्रको किनाराको हरियो चौरमा एउटा रुखको छहारी मुनी उत्तानो परेर सुतेर आराम सँग बिडी तानीरहेका थिए । त्यसै समय एकजना ठुलो ब्यबसायी त्यहिँबाट आफ्नो कामको शिलशिलामा कतै गैरहेका थिए र त्यसरी आनन्द सँग सुतिरहेको माझीलाई देखेर सोधिहालेछ, " तिमी काम गर्न छोडेर, यहाँ किन यसरी आराम गरेर समय बर्बाद गरीरहेको छौ ?
त्यो ठुलो ब्यबसायीले त्यसरी सोधेको देखेर गरिब माझीले जवाफ दिएछ  " मैले आजको लागि पर्याप्त माछा समाती सकेको छु" 
माझीको कुरा सुनेर त्यो ठुलो ब्यबसायी अलिक रिसाएर फेरी भनेछ "तैपनि यहाँ बसेर यसरी समय बर्बाद गर्नुभन्दा त राम्रो तिमीले अझै माछा समातेको भए हुन्थ्यो नी। "
माझिले कुरो नबुझेर फेरी सोधेछ "अझै माछा समातेर के हुन्छ ?"
ठुलो ब्यबसायी - त्यसलाई पनि बेचेर तिमिले अझ धेरै पैसा कमाउन सक्थ्यौ र एउटा ठूलो बोट (जहाज) किन्न सक्थ्यौ।"
माझी - त्यो बोट (जहाज) किनेर के हुन्छ त् ? 
ठुलो ब्यबसायी - त्यसले तिमी समुद्रमा अझै टाढासम्म गएर माछाहरु धेरै मार्न सक्छौ र झन् धेरै पैसा कमाउन सक्छौ। 
माझी - अनि फेरि त्यसले के हुन्छ ?
ठुलो ब्यबसायी - तिमीले अझ धेरै बोट किन्न सक्छौ, धेरै कर्मचारीहरु राखेर झन् धेरै पैसा कमाउन सक्छौ ।
माझी - अनि फेरि के हुन्छ ?
ठुलो ब्यबसायी - त्यसपछी तिमी म जस्तै धनी ठुलो ब्यबसायी बन्न सक्छौ। 
माझी - तपाई जस्तै ठुलो ब्यबसायी बनेपछि मलाई के हुन्छ ?
ठुलो ब्यबसायी - माझीको यस्तो कुरा सुनेर रिसाउदै भने छ, "अरे बेवकुफ ! त्यसपछी तिमी आफ्नो जीवन खुशी,शान्ती र आराम सित बिताउन सक्नेछौ। 
माझीले बल्ल कुरो बुझेको जस्तरी भनेछ - ए त्यसो पो ! अनि अहिले तपाइले म के गरेर बसिरहेको जस्तो लाग्छ त् ? तपाईं त्यत्रो काम गरेपछी खुशी, शान्ती र आराम सँग जीवन बिताउन सकिन्छ भन्नु हुन्छ, तर म त्  त्यो सबै नगरीकनै सुख शान्ती र आराम सँग यी यसरी बाँचिरहेको छु, बसी रहेको छु " ।
यस सम्वादको शिक्षा (मोरल) :- शुख शान्ति र आराम सँग बस्नको लागि धन होइन मन चाहिन्छ र जे जस्तो अवस्थामा छ त्यसैमा सन्तुष्ट हुन् सक्नु पर्छ। साथै पाएको हरेक क्षणलाई आनन्द सँग बिताउन सक्नु पर्छ ।

भिषण बर्षाले देश डुवानमा !

२०७३ साउन १ गते देखि देशभर सुरु भएको लगातारको भिषण बर्षाको कारण आजको मिति सम्ममा पूर्व देखि पश्चिम तराईको प्राय सबै भूभागलाई नराम्रो संग डुबाएको छ। ठुलो धनजनको क्षति हुनाको साथै हजारौ परिवार घरवार बिहिन हुन् पुगेका छन्। पश्चिममा तिनाऊ नदीको पुल बगाएको छ।  त्यस्तै सयौको घर नदीको कटानले गर्दा नदीमै मिल्न पुगेको छ। अझै कतिले त् नदीको कटानको डरले आफ्नो घरबारै छोडेर सुरक्षित स्थानको खोजीमा खुला आकाश मुनि बस्न आईपुगेका छन्।
त्यस्तै कोशी नारायणी कर्णाली गण्डकी सबै नदीहरुमा पानीको सतह खतराको चिन्नो भन्दा माथि पुगिसकेको
छ। लगातार यसरीनै अरु केही दिन पनि पर्ने हो भने तराइमा अझै ठुलो जनधनको क्षति पुर्याउने छ।
काठमाडौँ उपत्यकामा समेत भक्तपुर तथा मध्यपुर थिमीको सिमानामा भएर बग्ने हनुमन्ते खोलाले समेत त्यस क्षेत्र तथा घरहरुलाई डुबाएको छ।
त्यस्तै अहिलेको लगातारको बर्षाले पहाडी क्षेत्रमा ठाउँ ठाउमा गएको पहिरोको कारण पनि धेरै धनजनको क्षति भएको छ। २०७२ बैशाख देखि निरन्तर गैरहेको भुकम्प तथा पराकम्पहरुले थिलथिलो परेको पहाडी धरातललाई यसपालीको भिषण बर्षाले गर्दा जताततै पहिरो गएको छ। कति राजमार्ग हरुमा गएको पहिरोले अहिले लामोदुरिका यातायात अबरुद्ध हुन् पुगेर यात्रुहरुले ठुलो समस्याको सामना गर्नु परिरहेको छ। यसरी राजमार्ग अबरुद्ध हुदा कति यात्रुहरु बाटोमै अलपत्र समेत परेका छन्।



    

Tuesday, July 26, 2016

गाजर एक फाइदा अनेक !



गाजर, एक यस्तो फलफुल तथा तरकारी समूहमा पर्ने खाध्य हो, जसमा हाम्रो लागि फाईदै फाइदा मात्र छ। यसको उपभोग गर्दा हामीलाई बिभिन्न फाइदा हुन्छ । गाजरमा धेरै मात्रामा बेटा क्यारोटिन पाइन्छ, जुन हाम्रो दृष्टि शक्तिको लागि अतिनै महत्वपूर्ण हुन्छ। साथै यसमा भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रक्रिया र दाँतका लागि अतिनै लाभदायी हुन्छ । यसमा अत्यन्त थोरै मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ यसमा शुन्य नै हुन्छ । गाजर खानु आँखाको स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटारयाक्ट जस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउछ । यसले रतन्धो हुनबाट समेत जोगाऊदछ । एक अनुसन्धानबाट बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ भन्ने कुरा समेत पत्ता लागेको छ ।
गाजरमा पाइने विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्वले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्वहरुले मुटुको रोग लाग्न सक्ने खतरा समेत धेरै नै कम हुने देखाएको छ । गाजरमा उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् जसले खराब कोलस्टेरोललाई हटाउछ । यसै कारण हृदयाघात हुने सम्भावना समेत रहदैन ।

गाजरमा पाइने पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । यीनै तत्वहरुले क्यान्सर लगाउने कोषलाई समेत नष्ट पारिदिन्छ । गाजरको नियमित उपभोग गर्नाले यसमा भएका विभिन्न पोषक तत्वहरु र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने तथा शरीरमा बिभिन्न रोग बिरुद्ध कवचको जस्तै काम गर्दछ। साथै गाजरमा हुने भिटामिन ए ले शरीरमा हुने विषाक्त पदार्थ निकाल्न कलेजोलाई मद्दत गर्दछ। यसले कलेजोमा हुने चिल्लो पदार्थ तथा पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा महत्वपूर्ण सहयोग गर्छ । 
अतः गाजरलाई नियमित आफ्नो खाना तथा खाजाको रुपमा उपभोग गर्ने बानबसालौ र निरोगी भइ जीवन गुजरौ।   

Sunday, July 24, 2016

भ्रष्ट्राचारी ! गर्वको साथ भन्न सक्छौं ।

- हामी कहाँ छौं ? कुन देशमा बस्छौं ? भनि कसैले प्रश्न गरेमा,
हामी, त्यो देशमा बस्छौं जहाँ अहिले बर्षाको समयमा पुर्व देखि पश्चिम तराइ सम्मका शहर बजार तथा गाउँ घरमा बाढी पसेर धनजन, अन्न बाली तहसनहस बनाएर जीवन जिउन समेत कष्टकर बनाएको समयमा , फेरी लगातारको वर्षा बाट नदीमा पानीको सतह बढेर उर्लेको बाढीबाट ज्यान जोगाउन घरबार छोडेर खुला आकाश मुनी जीवन यापन गरिरहेका नागरिकहरुको कुनै वास्ता समेत नगर्ने, अनि बिनाशकरी भूकम्पले तहसनहस परेको नेपालीको जीवनमा लगातार भएको वर्षाको कारण आएको बाढी र खाशेको पहिरोले झनै बिचल्ली बनाई परेको अवश्थामा समेत देशको नागरिकहरुको बेवास्ता गरि शत्ताको लुछाचुडी र भागवण्डा मै सिमित रहने देशको सरकार अनि सरकार चलाउने मन्त्रिगणहरु र पक्ष विपक्षका नेताहरु अझ उनीहरुलाई नेता भन्दानी ठेकेदारहरु भन्दा अत्युक्ति नहोला। हो हामी त्यहि देशमा बस्छौं।
हामी, देशमा नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न पाइदैन अनि स्वास्थ्य शिक्षामा समेत मनोमानी गर्न पाइदैन भनि आमरण अनशन बस्ने प्राध्यापक डाक्टर गोबिन्द केसीको १३ १३ दिन सम्म पनि केही वास्ता नगर्ने बरु मापदण्ड बिपरित खुलेका स्वास्थ्य शिक्ष बिषयमा अध्यापन गराउने शैक्षिक सँस्थाहरुको लहलहैमा लगेर उल्टै प्राध्यापक डाक्टर केसीलाई पागलको संज्ञा दिने सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु सदनमा थुप्रिएर असारेभाकामा एकले अर्कोको बिरोध गर्दै जुवारी मात्रै खेल्नेहरुले चलाएको देशमा बस्छौ।
हामी, ब्यापारी तथा व्यवसायीहरुले देशमा जनस्वास्थ्य हित बिपरित जे जस्तो खाध्य सामाग्रीहरु खुलेआम बेच्दा र बासी सडेगलेको खाध्य सामग्रीहरु घोषणा गरेरै ग्राहकहरुलाई बेच्छौ भनेर भन्दा समेत केही कारवाही गर्न नसक्ने  सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन भाएको देशमा बस्छौ।
हामी, रक्षक नै भक्षक, भ्रष्ट्राचारले ओतप्रोत भएको राष्ट्र, जहाँको   सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन सबका सबका भ्रष्ट्राचारी भएको देशमा बस्छौ।
भनेर हामी गर्वको साथ भन्न सक्छौं।
  

Thursday, July 21, 2016

HIV को औषधि छेपारोको मासु !

हुन त्, नहुने र हुन नकस्ने कुरा सायदै केही होला यो जगतमा। तैपनि, कुरा सुन्दा अचम्म लाग्न सक्छ तर कुरो एकदम सत्य हो कि एउटा छेपारोको मूल्य लाखौँ रुपैया सम्म पर्दो रहेछ। अहिले चीनमा एक विशेष प्रजातिको एउटा छेपारोको मूल्य साठी लाख रुपैया भन्दा बढी मुल्य तिर्नु पर्छ। 
यो दुर्लभ छेपारोको नाम गिको हो र यसलाई टक के पनि भनेर चिनिन्छ । यो छेपारोले विशेष प्रकारको टक के भनेको जस्तो आवाज निकाल्ने भएकोले नै यो छेपारोलाई चीनमा टक के छेपारो भनेर समेत चिनिन्छ। चीनको बजारमा यो छेपारोको मूल्य ६० लाख रुपैया भन्दा पनि धेरै करिब ६४ लाख रुपैया जति पर्दछ । एउटा छेपारोको मूल्य यति धेरै पर्नुको खास कारण यस छेपारोमा पाइने विशेष औषधियुक्त गुणहरु नै हो ।
चीनमा बिशेष तह यो छेपारोको मासुलाई परम्परागत औषधि बनाउनमा प्रयोग गरिन्छ। यसरी निर्मित औषधि, दक्षिण पूर्बि एसियामा मधुमेह, एड्स तथा क्यान्सर जस्ता रोग निको पार्ने कार्यमा परम्परागत औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिशेष यौन क्षमता बढाउने औषधि बनाउनमा समेत यो छेपारोको मासु प्रयोग गरिने भएकोले पनि यो छेपारो यति धेरै मूल्यवान भएको हुनसक्छ। यीनै कारणहरुले गर्दा नै यो छेपारो अमुल्य हुनगएको हो । 
यो छेपारोको अन्तराष्ट्रिय कालो बजारमा समेत उच्च माग रहेको छ। यसको तस्करी लाखौँ रुपैयामा समेत हुने गरेको भेटिएको छ । यो प्रजातिको छेपारो दक्षिण पूर्बि एसिया लगाएत इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइन्छ । तर बिश्व भरि भैरहेको लगातारको वन विनाशको कारण यस प्रजातिको छेपारो लोपोन्मुख अवश्थामा पुगेको छ ।

Wednesday, July 20, 2016

पेटमा लागेको बोसो यसरी घटाउन सकिन्छ।

भ्यात्ल्याक भुडी झुण्डिएर सर्टको टाँक कतिचोटी हो कतिचोटी चुडेको, येसो उमेर सुहाउदो केटीसंग अफेयेर चलाउन लाग्यो भुडीकै कारण कुरो नमिल्ने। साथीभाईहरु बिच पनि त्यहि भुडीकै कारण हास्य पात्र बनिने। आफ्नो भएको व्यक्तित्व समेत यही भुडीले सिध्याई दिने। अनि रोगहरुको भकारी समेत त्यही भुडी। त्यसैले अब यो भ्यात्ल्याक निस्केको भुडीलाई केही नगरी भयो त् ? हजुर, तपाइहरुले पनि अवश्य धेरै कुराहरु गरिसक्नु भयो होला त्यो अबगुण नै अबगुणले भरिएको भुडी घटाउन। तैपनि केही नलागेको भए आउनुहोस, केही सरल उपाय यहाँ उल्लेख गरिएको छ।  
कुरा सुन्दा,पढ्दा केही अनौठो लाग्न सक्छ, तर कुरा सही हो। नेदरल्याण्डको वागेनिजन युनिभर्सिटीका प्रमुख लेखक गुइड़ो कैंप्सको अग्रणी भूमिका रहेको सोधकार्यमा सहभागीहरुको MRI गरिएको र प्राप्त रिपोर्टको आधारमा यो निश्कर्ष निकालिएको हो। यो प्रतिवेदन पोर्चुगलमा वार्षिक रुपमा आयोजना हुने सोसाइटी फर द स्टडिज अफ इन्वेष्टिगेटिव विहेभिएर  बैठकमा प्रष्तुत  गरिएको थियो। 
प्रतिवेदनमा उल्लेख गरिएको छ, खाना खाने क्रममा पानी पिउने बानी भएकाहरुलाई त् राम्रै भयो। यदी त्यसरी खाना खादा पानी पिउने बानी छैन भने अब पानी पिउने बानि बसाल्नुहोस। किनकी त्यसरी खाना खाने क्रममा तपाईले बारम्बार पानी पिउनु हुन्छ भने, तपाइको पेट चाडै भरिन्छ र पेट भरिएको सन्देश मस्तिष्कमा पठाउछ। त्यसरी पेटले पठाएको प्राप्त सन्देशको आधारमा मस्तिष्कले आवश्यकता अनुसार परिपूर्ति भइसकेकोले अब खानेकुराको आवश्यकता छैन भन्ने निर्णय गर्छ र खानाखाने कार्य रोक्न निर्देशन दिन्छ। यसरी तपाई खाना कम वा सधै खाने भन्दा थोरै खान थाल्नु हुन्छ। अब यसपछिको कुरो त् यहाँ उल्लेख गरिरहनु पर्दैन होला।  तपाईको बढेको वजन तथा भुडी अवश्य घट्ने छ। जुन मात्रामा तपाइले पहिले खानेकुरा खानु हुन्थ्यो अब
पानी धेरै पिउनाले त्यसको मात्रा घट्न जान्छ। यसरी धेरै पानी पिउनाले पेट टन्न भएर खाना खान पनि मन लाग्दैन, यसले गर्दा हाम्रो शरिरमा अनावश्यक चिल्लो पदार्थको मात्रा समेत घट्न जानुका साथै पेट सफा हुनजान्छ।  यसरी तपाइको वजन  घट्ने र पेटमा थुप्रिएको अनावश्यक बिकरहरु समेत निस्काशित हुनुका साथै अनावश्यक रुपमा बढेको भ्यात्ले भुडी समेत घटेर आकर्षक देखिनु हुनेछ।  

Tuesday, July 19, 2016

महँगीको मारमा सर्वसाधारण जनता ?

नेपालमा जुन हिसाबमा बजारमा महँगी बढेको छ त्यही दरमा बिकाश कार्य हुने हो भने देश कहाँ पुग्ने थियो भन्ने आँकलन जापान, द.कोरियाको बिकाशको वृतान्त बुझ्नेहरुलाई पक्कै पनि थाहा होला। अहिले नेपालमा महँगी यस्तरी चुलिएको छ कि त्यसको कुनै सिमा नै छैन। तर त्यसरी महँगी बढ्नुको ठोस कारण चाही सायदै केहि होला। बिशेष दैनिक उपभोग्य बस्तुहरुमा भएको अनियन्त्रित मुल्य वृद्धिको मार सर्वसाधारणले खेप्नु परिरहेको छ। बिना कारण यस्तरी महँगी किन बढिरहेको छ ? यसको जवाफ नत सम्बन्धित सरकारी निकाय संग छ न नै ब्यापारीहरु संग छ। फेरी यसरी बढेको महंगीको फाइदा न त् खुद्र ब्यापारीलाई छ न थोक बिक्रेतालाई छ, न नै कृषकहरुलाई छ। यसको फाइदा बिनालगानी, बिना मेहनत खाली बिचौलियाहरुले दलाली गरेको भरमा लिइरहेका छन्। र तिनै दलालहरुले समय र परिस्थिति अनुसार मूल्य निर्धारण गर्छन न कि माग र आपूर्तिको नियमानुसार मूल्य निर्धारण गरिन्छ। अतः यस्तो अबस्थामा समेत सम्बन्धित निकाय चुप लागिरहेको छ। सरकार तथा सम्बन्धित निकायको काम खाली समय समयमा नाम मात्रको अनुगमन गर्ने तलब भत्ता पकाउने बस। नागरिकहरुले तिरेको कर बाट पालिएका त्यस्ता सरकार र सरकारी कर्मचारी हरुको दायित्व खोइ के हो ? देशको नागरिकहरुलाई त्यस्ता दलालहरु र कालाबजारियाहरुले लुटेजी हेर्ने मात्रै हो त? फेरी सरकारी कर्मंचारीको तलब बढेको भन्ने कुरा मात्रै बाहिर आयो भने महँगी तुरुन्तै बढ्छ, यहाँ निजी क्षेत्रमा काम गर्ने कामदार तथा दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुको के अवस्था हुन्छ ? यो कुर सबैले बुझे पनि कोहि कसैले केहि गरिदैन। खोई त्यस्तोमा सम्बन्धित निकायले केहि गरेको आजको मितिसम्म केहि सुनिएको छैन।के जसले जे गरेनी हुन्छ त् ? देशमा नियम कानून भन्ने केहि छैन ? कि भएपनि त्यसको पालना कसैले गर्नु पर्दैन। देशमा बिध्यमान नियम कानूनकोको पालना सबै नागरिकहरुले गर्नै पर्छ, यदी कोहि कसैले पालना गर्दैनन् भने संबन्धित निकायले नियमानुसार गरेको कसूर बमोजिम सजाय दिनै पर्छ। यदि त्यसो होइन भने सरकारको के अस्तित्व रह्यो ? देशको नियम कानूनको के औचित्य रह्यो ? जसले जसरी जे गरेनी भयो। अनि यो सबै भैसकेपछि देशको नै अस्तित्व कहाँ रह्यो त् ? अतः अहिले देखिएको यो साधारण कुराले भोली निकट भविष्यमै राष्ट्रिय संकटको रुपमा परिणत नहोश र त्यसले राष्ट्रिय अश्तित्वलाई नै अप्ठ्यारो नपारोस, किनकी कुनैपनि कुराको एउटा सिमा हुन्छ, त्यो सिमा काटेपछि त्यहि हुन्छ जे अहिले भोटे कोशीबाट कोशी किनार बस्ने सिन्धुपाल्चोक बासी तथा सो क्षेत्रलाई गरेको छ। त्यसैले समय मै सबै सचेत भएर नियमानुसार गर्नु गराउनु नै उचित हुने कुरामा कसैको दुइमत नहोला। 

Friday, July 15, 2016

हामीले खाने माछा यस्तो छ !

जनस्वास्थ्यमा खेलबाड ! 
मन्त्री सहितको सरकारी अनुगमन टोलीलाई ठाडो जवाफ माछा ब्यापारीको:
‘तपाईँहरूका लागि झिँगा भन्किएको होला तर यही माछा हामी पाँच तारे होटलमा बेच्छौ,’
फोटोमा देखिएको झैँ अवस्थामा झिँगा भन्केर माछालाई नै नदेख्ने गरी झिँगाले ढाकेर राखेको माछालाई कालिमाटी तरकारी बजारमा ताजा माछा भनेर बेच्न राखेको अवस्थामा अनुगमनको क्रममा फेला परेको थियो। आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग र पत्रकार सहितको टोलीले गत साता बजारमा विशेष अनुगमन गरेको बेला झिँगा भन्किएका माछा ताजा माछा भन्दै बिक्रीका लागि राखिएको समेत भेटाएको थियो । टोलीमा भएका मध्ये एक उच्च अधिकृतको भनाइ अनुसार अनुगमनको क्रममा ताजा माछा भनेर किन्ने गरेको माछा त झिंगाले ढाकेर पुरै कालो भएको अवस्थामा फेला पर्‍यो, साथै माछाको थोक बजारमा पाइएका अधिकांश माछा विग्रेको सडेगलेको अवस्थामा समेत फेला परेको थियो। त्यस्तो माछा बिक्रीको लागि राखेको भेटेपछि सम्बन्धित थोक बिक्रेतासंग बुझ्दा त्यस्तो माछा पाँच तारे होटलहरुमा दैनिक बिक्री गरिन्छ, भन्ने जानकारी प्राप्त भयो। यदि यो कुरा सही हो भने किन तुरुन्त त्यस्ता ब्यापारी माथि कारवाही गरिएन ? अधिकार प्राप्त सरकारी अनुगमन टोली खाली कुन ब्यापारीले कति उपभोग गर्न नमिल्ने सामानहरु बिक्री गर्छन भनेर हेर्न मात्रै गएका हुन् कि के हो ? होइन भने त्यस्ता ब्यापारीहरुलाई के  कस्तो कारवाही भयो वा हुदैछ ?   
आपूर्ति मन्त्री ज्युको नेतृत्वमा भएको अनुगमन टोलीले त्यस्ता ब्यापारीहरुलाई मानवीय संवेदनालाई बुझेर सरसफाइ गर्दै गुणस्तरिय सामान बिक्री गर्ने आग्रह बाहेक अरु केहि गर्न नसकेको सर्वसाधारण उपभोक्ताहरुको गुनासो छ, हामी सर्वसाधारण उपभोक्ताको हकहितको सम्बन्धमा कसले बोलिदिने ? सरकार नै लाचार भएपछि ।
तर व्यापारीहरु भने वर्षा सिजन भएकाले झिंगा लाग्नु सामान्य भएको भन्दै यी माछा ताजा भएको तर्क गरे। कालिमाटीकै एक माछा ब्यापारी भन्दै थिए,‘ तपाईँहरुले भनेर हुन्छ हाम्रा माछा पाँच तारे होटलमा जान्छ।’

Sunday, July 10, 2016

बाठा, बलिया र अराजकता !

 हिन्दीमा एउटा उखान छ, "जीसकी लाठी उसीकी भैँस" याने जसको हातमा लट्ठी हुन्छ, भैंसी  पनि उसैको हुन्छ। यो कुरो कतिको व्यवहारिक हो वा होइन ? त्यता तिर नलागी, अहिले हाम्रो देशको अवस्था हेर्ने हो भने यो कुरो एकदम सहि तरीकाले लागु हुन्छ र त्यही नै भैरहेको पनि छ।
नियम, कानून, आपसी सम्झौता अनुसार गरिएको भएपनि अझ संविधानमै उल्लेख गरेर राष्ट्रलाई हित हुने केहि कार्य गरिन लागेको वा गरिने योजना मात्रै केहि बनेको भएमा पनि त्यस्ता कुराहरु यदि आफु र पार्टी अनुकुल नभएमा त्यस्ता कुराको ठुलो बिरोध हुन्छ वा गरिन्छ। त्यसमा राजनीतिक रंग चढाएर आन्दोलन नै सुरु हुन्छ। चक्का जाम, हड्ताल तोडफोड मसाल जुलुस अनि नेपाल बन्द नै गरिन्छ। यसरी गरिने विरोधबाट राष्ट्रले दैनिक अरबौँ  रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु पर्छ भने सर्वसाधारण जनताहरुले सामना गर्ने समस्याहरुको त् कुरै नगरौं। त्यसमापनि असाहय तथा बृद्ध अनि बिरामीहरुले सामना गर्नु पर्ने अप्ठ्याराहरुको त् के कुरा गर्ने, केहि नभनी सबैले बुझ्ने कुरा भए यी त् । तैपनि आफ्नो स्वार्थपूर्तिको लागि केहि औलाले गन्न सक्ने छट्टु कार्यकर्ताहरुलाई लगाएर निमुखा सोझा कार्यकर्ताहरुलाई परिचल गरि सार्वजनिक सम्पति तोडफोट गर्ने, दैनिक कमाई खाने सवारीका साधन तोडफोड, आगजनी गरिदिने जस्ता कार्यहरु गर्दै आफ्नो पाखुरीको बलको प्रदर्शन गर्न थाल्छन ।
राष्ट्रले राष्ट्रिय तथा जनहितका लागि पुराना र समयानुकुल नभएका नीति नियमलाई परिमार्जन गर्दै राष्ट्रिय तथा जनहितकालागि समयानुकुल कानून तथा नीति नियमहरु क्याबिनेट स्तरबाट पारित गरेर लागु गराउन खोज्दा पछि बिभिन्न बहानामा त्यस्ता कुराको  समेत बिरोध गर्छन, बिरोध मात्रै नभएर आन्दोलन नै सुरुहुन्छ, अनि तोडफोड र आगजनी के के  के के, त्यसको यहाँ के उल्लेख गरौँ, सबैलाई थाहा भएकै कुरा हो।
फेरी मुख्य कुरो अर्कै छ, यसरी बिरोध भएपछि सरकार पछि हटीदिन्छ र आफुले गरेको निर्णय फिर्ता गर्छ वा आन्दोलनकारीले राखेको माग पुरा गरिदिने बहानामा आफुले गरेको पुर्व निर्णयमा आन्दोलनकारीको चाहना अनुसार नै परिवर्तन गरिदिन्छ । यसरी हरेक क्षेत्रमा सरकार निरही हुदै गएको देखिन्छ। शिक्षाको कुरा गर्ने हो भने अब सरकारले एउटा नीति ल्याएको हुन्छ  स्कूलहरुले आफ्नो स्कूल अनुकुल र आफ्नो स्कुललाई बढी फाइदा हुने नीतिनियम अबलम्बन गरी संचालन गरेका हुन्छन। स्वास्थ्यमा तेस्तै छ, सरकारले तोकेको मापदण्ड बिपरित स्वास्थ्य संस्थाहरु संचालन भैरहेका छन् र सोही अनुसार शुल्क अशुली रहेका छन भने उपभोक्ता मुखी उद्योग व्यापार व्यवशायहरु पनि सरकारले जनहित तथा जनस्वास्थ्यको लागि निर्धारण गरेको न्युनतम गुणस्तर वा मापदण्ड भन्दा निकै तल झरेर उपभोग्य सामाग्रीहरु उत्पादन गरि त्यसरी नै मुल्य अशुलिरहेका छन्। त्यस्तै सेवामुलक उद्योग व्यवशायहरुले पनि त्यसरीनै सरकारी नीति र मापदण्ड बिपरित सेवा प्रदान गरेर अत्याधिक सेवा शुल्क तथा नाफा अशुल्छन। यसरी राष्ट्र समाज र जनहित बिपरित कार्य गर्ने अनि त्यसमा सम्बन्धित निकायले प्रचलित नियम कानून अनुसार कारवाही गर्यो भने कारवाहीमा पर्नेले बिरोध गर्ने आन्दोलन गर्ने, के के हो के के, जो चोर उसैको ठुलो स्वर भने झैँ छ ।
अब हुदाहुदा, अनुगमन गर्न आएका सरकारी प्रतिनिधिहरुलाई जेले पायो तेसैले हिर्काउने तथानाम गालीगलौच गर्ने हात हालाहाल गर्ने जस्ता कार्य गर्छन व्यापार व्यवशायीहरु, फेरी बिडम्बना, प्रचलित नियम कानून अनुसार कम गर्न आएका सरकारी कर्मचारीहरुलाई त्यसरी बाधा अड्चन पुर्याउने र गालीगलौच तथा हात हाल्ने जस्तो कार्य गर्नेलाई  केहि गरिदैन। यसले गर्दा काम गर्ने कर्मचारीहरुको मनोबल घट्ने तथा त्यस्ता अराजक कार्य गर्नेको मनोबल बढ्ने हुनाले सम्बन्धित निकायले समयमै कडाइका साथ नियमानुसार काम कारवाही नगरेमा समाजमा यस्तै अराजकता फैलिने र समाज नै गलत बाटोमा डोरिने कुरालाई नकार्न सकिदैन। अतः यस्तो कुरालाई समयमा नै मनन गरि उचित कदम चाल्न सम्बन्धित निकायलाई समेत सुचित गरिन्छ।

Friday, July 8, 2016

बिदेशीएका नेपालीहरु !

देशमा बेरोजगारीको बढ्दो समस्या, अनि क्षमता अनुसारको मौका पाउन नसक्नु नातावाद कृपावादको राजनीतिक खिचलोले गर्दा आफुले स्वदेशमा रोजगारीको राम्रो अवसर नपाएपछि दैनिक हजारौ नेपाली कामको खोजीमा बिदेसिएका छन्  र उनीहरु बिदेशी धर्तिमा तल्लो स्तरको काममा कडा मेहनत गर्दै पसिना चुहाइरहेका छन् । यो चालु आर्थिक बर्षको ११ औ महिना सम्ममा बिदेशमा काम गर्न जानेको संख्या मात्र ३ लाख ८६ हजार ३ सय १५ जना पुगिसकेको छ । यो संख्या गएको आर्थिक बर्षको तुलनामा एक लाख सम्म घटी हो । बिनाशकारी भूकम्पका कारण यहाँ पुनः निर्माण गर्नु पर्ने बाध्यताले पनि बिगतको तुलनामा थोरै युवाहरु मात्रै आय आर्जन गर्ने उद्देश्यले विदेशिएका छन्।  
यस बर्ष वैधानिक तवरले (म्यानपावर कम्पनी मार्फत) ३ लाख ५२ हजार ३२ जना युवा बिदेसिसकेका छन् (यो संख्या गत जेष्ठ सम्मको हो) । साथै व्यक्तिगत तवरमा तथा बैध्यानिकरण गरेर कामको खोजीमा विदेशिनेको संख्या क्रमस:१० हजार ६ सय ५१ र २३ हजार ६ सय ३२ जना भएको व्यहोरा वैदेशिक रोजगार विभागबाट जानकारीमा आएको छ । यसरी बिदेशीनेको कुल संख्या मध्ये ३ लाख ६८ हजार ३ सय ७३ पुरुष र १७ हजार २ सय ४२ महिला भएको तथ्य समेत बैदेशिक रोजगार विभागले खुलाएको छ। यस आर्थिक बर्षमा सवैभन्दा बढी १ लाख २७ हजार ४ सय जना रोजगारीको शिलशिलामा साउदी अरेविया गएका छन् । यस्तै, १ लाख २० हजार, कतार गएका छन्। ५५ हजार ८ सय ८०  मलेसिया गएका छन् भने ४८ हजार ६ सय ५५ जना युएई गएको तथ्य समेत बैदेशिक रोजगार विभागबात प्राप्त भएको छ । त्यस्तै सरकारी नियामनुसर रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जानेको संख्या ६ हजार १ सय २ जना छ भने कुवेतमा ९ हजार ३ सय ४४ जना गएका छन्। साथै जापानमा ३ हजार ६ सय ८२ जना गएका छन् भने २ हजार ९ सय ३९ ओमन र २ हजार ८ सय ७७ जना बहराईन गएको कुरा समेत विभागले उल्लेख गरेको छ । 
यो भन्दा अघिल्लो बर्षहरुमा धेरै संख्यामा नेपाली युवा काम गर्न मलेसिया जाने गरेकोमा अहिले कामको खोजीमा जाने युवाहरुको आकर्षण खाडी मुलुक तिर बढेको देखिएको छ । यो मलेसियन मुद्राको भाउ घटेको र सरकारले लागु गरेको शुन्य लागतका कारण पनि खाडी जानेको संख्या बढेको हुन् सक्ने कुरा विभागका उपसचिव रमा भट्टराईले बताईन् । कामको लागि मलेसिया जान बढी पैसा तिर्नुपर्ने तर कमाई थोरै हुने भएकाले पनि अरु मुलुकको लागि श्रम स्वकिृती लिनेको संख्या  बढेको समेत उनको भनाई छ । ११० मुलुकमा सरकारले नेपालीहरुलाई रोजगारीको लागि  जान अनुमती दिए पनि अहिले एक दर्जन मुलुकहरुमा मात्र बढी संख्या जाने गरेका छन् । त्यसमा पनि कुल बिदेसिने मध्ये ९५ प्रतिशत खाडीका मुलुक र मलेसिया जाने गरेका छन् ।

Wednesday, July 6, 2016

समाचार मूलक लेख रचनाको आवश्यकता !

यदि तपाईमा लेखन प्रतिभा छ र कुनै पनि बिधामा केहि लेख्नु भएको छ भने तपाईको स्तरिय लेख रचना तथा सबैले थाहा पाउनु पर्ने कुनै समाचार तपाइले थाहा पाउनु भएको छ र त्यो सबै सामु पुरयाउन चाहानु हुन्छ भने तेस्ता लेख रचना र खवरहरुलाई अवश्य यस Models मा तल दिएको इमेल एड्रेसमा पठाउनु होला।  हामी तपाई ले पठाउनु भएको सामग्रीहरुलाई यथास्थान दिने छौ।   
आफ्नो लेख रचना MODELS मा पठाउदा  तल उल्लेख गरिएका बुदाहरुलाई अवश्य ध्यानमा राख्नु होला। 
१. कुनै पनि विधा र बिषयमा लेखिएको लेख रचनाहरु।
२. कोहि कसैको पक्ष विपक्षमा वा पुर्वग्राही भएर लेखिएको लेखलाई यसमा स्थान उपलब्ध हुने छैन। 
३. आफ्नै रचना बाहेक अन्य पत्र पत्रिका पढेर वा रेडियो टेलिभिजन सुनेर हेरेर वा इन्टरनेटमा पढेर हेरेर      त्यसबाट प्रेरित भइ लेखेको वा त्यसैलाई साभार गरेर समेत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ।         
४. MODELS  मा लेख रचना पठाउदा आफ्नो एक प्रति PP SIZE को फोटो समेत पठाउनु होला। 
५. साभार गरी पठाएको लेख रचनाहरु के बाट साभार गरिएको हो सो समेत स्पष्ट उल्लेख गरि पठाउनु पर्ने छ। 
६. प्राप्त लेख रचनाहरु प्रकाशित गर्ने नगर्ने सम्पूर्ण अधिकार MODELS मा रहने छ। 
७. एकपटक प्राप्त भैसकेको कुनैपनि लेख रचनाहरु प्रकाशित भएपनि नभएपनि फिर्ता गरिने छैन। अतः प्रेषित लेख रचनाको कपि सुरक्षित राख्नुहोला। 
 ८. आफ्नो लेख रचनाहरु यहाँ दिएको मेल एड्रेसमा पठाउनुहोला :
     kishorkumarkhatri3@gmail.com

Tuesday, July 5, 2016

नाङ्गो महिलाको ...!

फूल, पृथ्वीको कुनै पनि कुनामा कुनै न कुनै प्रजातिको फूल अवश्य फुलेको हुन्छ।  बनस्पतिविदका अनुसार संसार भरी हजारौ प्रजातिका फूलहरु छन। आफ्नो मनमोहक बनावट, आकार तथा सुगन्ध र त्यसमा भएका गुणहरुले गर्दा यसले मानिसहरुलाई आकर्षित गरेको हुन्छ।   
यसै सन्दर्भमा अहिले बिश्वभरी एउटा प्रजातिको फूल जिज्ञासाको बिषय बनेर चर्चित भैरहेको छ, हजुर, नारीलता अथवा लियाथम्बराको नामले चिनिने यस प्रजातिको फूल बोटमा फुल्दा सर्वांग नाङ्गो महिला (Naked Lady) को आकृति (आकार) जस्तै देखिन्छ।यसैले नै यो फूल संसारभरी सामाजिक संजालमा खुबै लोकप्रिय भएको छ। यो फूलको प्रमाणिकताको सन्दर्भमा प्रश्न नउठेको भने होइन। तर यस फूलको वास्तविकतामा जतिले बिश्वाश गर्दैनन् त्यतिनै संख्याले फूल भएको वास्तविकतालाई स्विकार्छन पनि। 
कोहि यो नारीलता फूलको बोट हिमाली क्षेत्रमा पाइन्छ र प्रत्येक २० बर्षमा एकपटक फूल फुल्दछ भनेर भन्छन भने कोहि यो फूलको बोट श्रीलंकाको एउटा प्रान्तमा मात्रै पाइन्छ भनेर भन्छन। 

यो नाङ्गो महिला (Naked Lady) जस्तो आकृतिमा फुल्ने फूल सामाजिक संजालमा खुबै भेटिन्छ वा भनौ देखिन्छ, तर वास्तबमा यो फूल कहाँ पाइन्छ भन्ने कुरो चाही अझै पुष्टि हुन् सकेको छैन। यो फूल अहिले सामाजिक संजालमा निकै चर्चित र बहशको बिषय बनेको छ। साथै यो फूल कम्पुटरको मदतले बनाएको भन्नेहरुको पनि कमिछैन। यो  नाङ्गो महिला (Naked Lady) फूलको वास्तविकता जे भएपनि संसारभरी कौतुहलको बिषय चाँही आवश्य बन्न सफल भएको छ। आशा गरौ यो फूलको वास्तविकता पनि अवश्य चाडैनै आउने छ।