Friday, December 30, 2016

बलिउड फिल्म उद्योगमा २०१६ का Top 10 हिरोहरु !

बलिउड फिल्म उद्योगमा कुनै फिल्ममा अभिनय गरेवापत प्रत्येक नायक नायिकाहरुले निश्चित धनराशी पारिश्रमिकको रुपमा लिन्छन र केही नायक नायिकाहरुले पारिश्रमिकको अलावा चलचित्रले गरेको नाफाको निश्चित प्रतिशत शेरको रुपमा समेत लिने गरेका छन्। यसरी कुनै एक फिल्ममा अभिनय गरे बापत सबै भन्दा बढी पारिश्रमिक लिने नायकहरुलाई उनीहरुले लिने पारिश्रमिकको आधारमा तयार पारिएको २०१६ मा Top 10 हिरोहरुको सूची निम्न अनुसारको छ:
१. सलमान खान:  
कुनै एक फिल्ममा अभिनय गरेवापत भा.रु.६० करोड पारिश्रमिक लिने हिन्दी फिल्मका सुपरस्टार हुन्। यिनले त्यसरी पारिश्रमिक बाहेक कुनै कुनै फिल्ममा Total Box office Collection को केहि निश्चित प्रतिसत समेत शेरको रुपमा लिन्छन। यिनको नामैले मात्रै पनि ठुलो जनसमुदाय एकत्रित हुने भएकोले पनि निर्माता निर्देशक हरुको पहिलो रोजाइका नायक हुन्। सलमान खानको उपस्थिति मात्रै फिल्मको सफलताको ग्यारेन्टी हुने देखिएको छ पछिल्लो केहि
बर्ष यता।  यिनको पछिल्लो फिल्म सुल्तानले ठुलो धनरासीको व्यापार गर्न सफल रहेको थियो।   यसैले सलमान खान कमाईको हिसाबले २०१६ मा Top 1 नम्बरमा आशिन छन्।
२.     अमिर खान :
अमिर खान Actor, Director तथा Producer समेत हुन। यिनी निकै प्रतिभावान कलाकार हुन्। यिनले निकै राम्रा तथा व्यवशायिक रुपमै सफल फिल्महरु बनाएका छन्। त्यस्तै यिनले निर्देशन गरेको तारे जमिंन पर  लाई जो कोहिले सायदै बिर्सेलान।  Box Office Collection का जादुगर मध्येका एक अमिर खान कुनै एक फिल्ममा अभिनय गरेवापत भा.रु. ५० करोड लिन्छन। साथै यिनी पनि Total Box office Collection को केहि निश्चित प्रतिसत समेत शेरको रुपमा लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 2 नम्बरमा आशिन छन्।
३. शाहारुक खान:
शाहारुक खान हिन्दी फिल्मका एक उत्कृष्ट कलाकार हुन्। यिनी किंग खानको नामले प्रशिद्ध छन्। भारतीय नायकहरुमा अति प्रख्यात नायकमा यिनी गनिन्छन र यिनी सफल ब्यबशायी समेत हुन्। प्रत्येक फिल्ममा  अभिनय गरेवापत भा.रु. ४० देखि ४५ करोड पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 3 नम्बरमा आशिन छन्।
४. अक्षय कुमार:
मिष्टर खेलाडीको नामले परिचित हिन्दी फिल्मका सफल नायक हुन् अक्षय कुमार। हरेक प्रकारको अभिनय गर्न सक्षम यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत भा.रु. ४० देखि ४५ करोड पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 4 नम्बरमा आशिन छन्।


५. ह्रितिक रोशन:
भारतीय फिल्मका सुपरहिरो ह्रितिक रोशन  प्राय: फिल्ममा अभिनय गरेवापत भा.रु. ४० करोड पारिश्रमिक
लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 5 नम्बरमा आशिन छन्।


६. अजय देवगन:
हिन्दी फिल्मका अर्का धेरै पारिश्रमिक लिने नायकमा पर्छन अजय देवगन। यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. २२ देखि २५ करोड पारिश्रमिक लिन्छन। साथै फिल्मले गरेको नाफामा समेत यिनी निश्चित प्रतिसत शेर समेत लिन्छन। पछिल्लो समयमा पाएको सफलताले यिनले आफ्नो पारिश्रमिक तथा नाफामा लिने शेरको प्रतिशतमा समेत वृद्धि गर्ने हल्ला बजारमा खुबै चलेको थियो। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 6 नम्बरमा आशिन छन्।
७. रणविर कपूर:
रणविर कपूर धेरै पारिश्रमिक लिने हिरोहरु मध्ये निकै स्मार्ट हिरोमा गनिन्छन।  यिनी प्रत्येक फिल्ममा
अभिनय गरेवापत  भा.रु. २५ करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 7 नम्बरमा आशिन छन्।



८. रणविर सिंह:
रणविर सिंह धेरै मेहनति एवं प्रतिभावान नायकमा गनिन्छन। अर्का धेरै पारिश्रमिक लिने हिरोहरु मध्ये यिनी सबै भन्दा नया नायक पनि हुन्। यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. २० करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 8 नम्बरमा आशिन छन्।

९. अमिताभ बच्चन:
७० तथा ८० को दशकको अतिनै सफल तथा लोकप्रिय हिन्दी फिल्मका नायक अमिताभ बच्चन अहिले पनि
उतिकै व्यस्त र सफल नायकमा गनिन्छन । उनी भारतीय चलचित्र उद्ध्योगमा महानायकको नामले प्रख्यात छन्। यिनी बिश्व भरी लोकप्रिय छन् भने यिनको प्रसंसकहरु विश्व भरि छरिएर रहेका छन्। निर्माता निर्देशकहरु अझै पनि उनको क्यारेक्टरलाई विचार गरेर फिल्म तथा त्यसको स्क्रिप्ट तयार पार्छन।  प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. १८ देखि २० करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 9 नम्बरमा आशिन छन्।
१०. शाहिद कपूर:
शाहिद कपूर मेहनति एवं प्रतिभावान नायक हुन् । बढी पारिश्रमिक लिने हिरोहरु मध्ये यिनी १० औँ नम्बरमा पर्छन। प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. १५ देखि १८ करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 10 नम्बरमा आशिन छन्।

Tuesday, December 20, 2016

An Evening With Celebrity

मानविय प्रकृति नै हो, कुनै प्रख्यात व्यक्तित्वसँग राम्रो परिचित हुनखोज्नु,  उनीहरु संगै खाना खाने, खाना नभए
चिया कफी पिउने, राम्ररी परिचित भएपनि नभएपनि केहि समय जे भएपनि कुरा गर्ने, टाँसिएर फोटो खिच्ने अझ हिजो आज त् सेल्फी लिने, जे होस् जसरी भएपनि  प्रख्यात व्यक्तित्वको सामिप्यता पाउन खोज्नु, त्यसमा पनि अहिलेका फिल्म, टेलिभिजनमा आउने बिभिन्न कार्यक्रमका चलेका कलाकार तथा हिरो हिरोइन संग त्  प्राय: जो कोहिले पनि सामिप्यता पाउने कोशिश गर्छन नै। सकेसम्म उनीहरु संग केहीबेर कुरा गरेर फोटो खिच्न त् सबै चाहन्छ।
यो कुरा यहाँ उठाउनुको कुरा अलिक अर्कै छ। फेरी मेरै कुरो गर्दा नी, सुषुप्त अवस्थामा त्यस्तो इच्छा भएपनि खुलेर त्यसरी मरीहत्ते चाही गर्न मन लाग्दैन। किन भन्ने प्रश्न उठ्न सक्छ, सायद म मा पनि केहि कलाकारीताको अंश रहेकोले हुन् सक्छ। हामीले पनि केहि साथीभाई मिलेर केहि समय यस क्षेत्रमा लागि परेका थियौ। केहि योगदान दिएका थियौ । त्यसैले नेपाली चलचित्र तथा यस क्षेत्रलाई मर्यादित तथा स्तर उन्नतिको लागि के गर्ने भने बिषयमा हामी प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागिरहेकै छौ।
अब यहाँ नेपाली चलचित्रको बिकाशको कुरा गर्ने क्रममा निजी लगानिलाई आधार मान्ने हो भने ५० बर्ष र सरकारी स्तर वा लगानिबाट निर्माण भएको चलचित्रलाई आधार मान्ने हो भने त् ६५ बर्ष भन्दा बढ़ी भैसकेको छ नेपाली चलचित्र बन्न थालेको पनि।  १४ सेप्टेम्बर १९५१ मा सरकारी लगानीमा निर्माण भएको फिल्म "आमा" को पहिलो प्रदर्शन भएको थियो। त्यस्तै निजी लगानीमा बनेको पहिलो नेपाली फिल्म "माइतीघर " १९६६ को अन्त तिर पहिलो प्रदर्शन भएको थियो। आधा सतक भन्दा बढ़ी बर्ष पुरा गरिसकेको नेपली चलचित्र उद्योगलाई अझै पनि  बमेसर्दै गरेको उद्योग भन्छन यस क्षेत्रमा लागि परेका ब्यक्तित्वहरू। बालक नावालक, युवा बुढा जे भएपनि आफनो कमि कमजोरि लुकाउन भनिने यस्ता कुराहरूले नेपाली चलचित्र प्रेमीहरूलाई अब झुक्या नसकिने कुराहरू प्रष्ट भई सकेकाछन। तेसैले अबका दिनहरूमा नेपाली मौलिक कथा तथा नेपाली कला संस्कृति झल्काउने चलचित्रहरू सफल भई रहेका छन भने खाली अक्ल बिना भारतीय चलचित्रको नक्कल गरी निर्माण गरिएका चलचित्रहरू सबै असफल भएका छन। अतः अबका दिनहरूमा हामी सबै निर्माता, निर्देशक र कलाकारहरूले समेत यी कुराहरूलाई मनन गरि राम्रा, स्तरीय मौलिक नेपाली चलचित्र निर्माण गर्ने तथा गर्न उत्प्रेरित गर्नु पर्ने समय आइसकेको छ। न की दोष जति दर्शकहरूलाई मात्रै थुपारी, नेपाली भएर नेपाली चलचित्र नै हेर्दैनन भनेर कुर्लिनु उचित हुन्छ।            
नेपाली चलचित्रलाई स्तरीय र राम्रो बनाउनु पर्छ भन्ने सुसुप्त मनोकाँन्छाले गर्दा म पनि अफुलाई मनपरेको र राम्रो अभिनय गर्ने कलाकरहरू सँग यसो फ़ोटो सेसन गर्ने ईछ्या अनुरुप मैले पनि नेपाली चलचित्र जगतको एक सफल तथा प्रतिभावान अभिनेत्री संचिता लुईटेलसँग फ़ोटो सेसन गरेको थिए एउटा परिवारिक पार्टीमा।


Tuesday, November 22, 2016

अब प्रसस्त पैसा कमाउन बिदेशै जानु पर्दैन।... (व्यंग)

हामी आफुले कमाएको ठुलो हिस्सा हाम्रो केटाकेटीको शिक्षाको लागि खर्च गर्दछौ। कारण, भविश्यमा आफुले आर्जन गरेको शिक्षाको मदतबाट कुनै पनि इलम गरेर जीविकोपार्जन सजिलै गरोस भनेर। पुर्व प्रार्थमिक, प्रार्थमिक, निम्नमाध्यमिक तथा माध्यमिक तह र उच्च माध्यमिक तहको पढाई सकेर कलेजमा केही बर्ष अध्यन गर्छन। फेरी कोही बिभिन्न बिषयमा अध्ययन गर्न थाल्छन। जस्तै: मेनेजमेन्ट, साइन्स, ह्युमानीटिज यी मुख्य बिषय अन्तरगतका बिभिन्न संकायहरुमा अध्ययन गर्छन, भविष्यमा सफल व्यक्तित्व बन्नका लागि। अनि बिषय अनुसार तेतिकै मेहनत पनि गर्छन र ठुलो मेहनत गरेर बल्ल आफ्नो अध्ययन पुरा गर्छन र पनि कतिले त् आफुले गरेको मेहनत अनुसार काम पाउन असफल हुन्छन भने केहि मात्र सफल हुन्छन। अनि
त्यसरी असफल हुनेहरु धेरै बिदेशिन बाध्य हुन्छन। आफ्नो लगानी तथा मेहनत गरे अनुसार काम नपाएपछि, जतिनै पढेलेखेको भएपनि भारी बोक्न, भाँडा माज्न अनि ट्वाइलेट सफा गर्न पुनः ठुलो धनराशी खर्च गरेर छोटो समयमा धेरै ठुलो धनराशी कमाउने अभिलाषा लिएर विदेश नै जान्छन धेरै जसो युवाहरु, जो भविष्यका देशको कर्णधार समेत हुन्। स्वदेशमा जति गरेनी कमाई थोरै हुने जुन जीवन यापनको लागि प्रयाप्त नहुने, तर छोटो समयमा धेरै कमाई हुने भएकोले नै धेरै युवाहरु बिदेशिएका छन्।
अहिले अब नेपाल वा हाम्रो देशमा पनि बिना मेहनत र छोटो समयमा प्रसस्त कमाई हुने पेशाहरु छन्, जस्तै डाक्टर, इन्जिनियर अनि सभासद तथा सांसद। डाक्टर र इन्जिनियरको त् अध्ययन अध्यापन हुन्छ नै तर
केहि नगरी प्रसस्त कमाई हुने सभासद तथा सांसदको कुनै बिद्यालय तथा कलेज कतै छैन। त्यसैले यस बिषय अध्ययन अध्यापन गराउने शैक्षिक सस्था कतै भेटिदैन। त्यसैले त्यस्तो बिषय कतै पढाई हुने हो भने त् धेरै कुराको राष्ट्रिय समस्या नै समाधान हुने थियो र देशका धेरै कर्णधारहरु विदेश पलायन हुने थिएनन्। । जसले गर्दा हामी नेपालीलाई थोरै समयमा धेरै कमाउन विदेश नै जानुपर्ने बाध्यता समेत हट्ने थियो। अब यो कुरो किन र कसरी उठ्यो भन्ने कुरामा यहाँ समावेस गरिएको कार्टुनहरुबाट नै प्रष्ट हुन्छ, जुन बिभिन्न दैनिक पत्र पत्रिकामा प्रकाशित भएका समाचार तथा कार्टुन हरुले प्रष्ट्याउछ ।  


Sunday, November 20, 2016

टाउको दुखेको तुरुन्त निको पार्ने सरल घरेलु उपाय !

टाउको दुख्नुको कारण !
धेरै जसो मानिसहरुलाई प्राय टाउको दुख्ने समस्याले सताएकै हुन्छ। यसरी बिभिन्न कारणले हाम्रो टाउको दुख्ने हुन्छ। त्यस्तोमा हामी प्राय पेन किलर औषधि खाएरै बस्छौ। यस्तो दुखाई निको वा कम गर्न त्यसरी पेन किलरको प्रयोग गर्नु तुरुन्तलाई फाइदाजनक भएपनि यो पछि निकै घातक पनि हुनसक्छ। त्यसैले टाउको मात्रै नभई शरीर को कुनैपनि अंग दुख्दा सकेसम्म पेन किलर औषधिको प्रयोग नगर्नुनै उत्तम हो। तर पनि त्यस्तो दुखाइको समयमा के गर्ने त् भन्ने कुरा आउँछ। त्यसको लागि सबै भन्दा राम्रो उपाय चिकित्सकलाई संग सम्पर्क राखेर उसैको सल्लाह अनुसार गर्नु सबै भन्दा राम्रो हुन्छ।
तैपनि तल उल्लेख गरिएको कारणले टाउको दुखेको हो भने तल लेखिएको बिधि बमोजिमको सामाग्रीहरु मिलाएर जूस बनाएर पिउदा केहि क्षणमै टाउको दुखाई निको हुन्छ र यो जूस बनाउने सामग्री पनि सजिलै उपलब्ध हुन्छ भने बनाउने बिधि पनि एकदमै सरल छ। फेरी यसको साइड इफेक्ट पनि केहि छैन। 
आउनुहोस यहाँ जूस बनाउने साइड इफेक्ट रहित उपाय उल्लेख गर्दै छु, त्योहो  :
सबै भन्दा पहिले टाउको दुख्नाको कारण पत्ता लगाउनु पर्छ। तल उल्लेख गरिएको मध्ये कुनै एक कारणले टाउको दुखेको हो भने तल उल्लेख गरेको बिधि अनुसार जूस बनाएर पिउनुहोस।  यसको कुनै साइड इफेक्ट पनि हुदैन र यो स्वास्थ्यवर्दक पनि छ:
१. थकावट बाट टाउको दुखेको भएमा 
२. शरीरमा आवश्यक पोशाक तत्वको कमी भएर। 
३. चिसो तथा फ्लू ले गर्दा 
४. तनाव (टेन्सन) ले गर्दा 
५. कम्प्युटर वा मोबाइल मा धेरैबेर बस्दा वा खेल्दा 
६. ब्लडप्रेसर (हाइपरटेन्सन)
जूस बनाउनको लागि आवश्यक सामाग्रीहरु !
१. आधा कप कागतीको रस (जूस)
२. एक चम्चा मह 
३. २ थोपा लेवेन्डरको तेल 

जूस बनाउने तरीका !
माथि लेखिए अनुसारको सबै सामग्रीहरुलाई एउटा कपमा हालेर मिलाउने, हामीलाई आवश्यक जूस तयार भयो।  छैन त बनाउन सजिलो ? 
जूसको बिशेषता !
यो जूसको मुख्य बिशेषता नै दुखेको टाउको एक घण्टा भित्र निको पारिदिन्छ।
यस जूसमा प्रसस्त मात्रामा विटामिन सी र एन्टीअंस्कीडेन्ट हुने भएकोले यो रगतमा घुलियेर नकारात्मक उत्तेजनालाई तुरुन्त घटाउने काम गर्छ। 

Tuesday, November 15, 2016

पाँच दिनमा पाँच किलो वजन कम ।

मानिसहरुको अहिलेको अनियमित तथा आवश्यक भन्दा बढी खानपिन तथा बिलासितापूर्ण र खराब जीवनशैलीको कारण धेरै जसो मानिसहरु बढी मोटाउने, पेट पहाड जस्तरी लाग्ने जस्ता कुराको शिकार भइरहेका छन्। यसरी अनावश्य मोटाऊदा शारीरिक रूपमा कमजोर हुनुका साथै यसले बिभिन्न रोगहरुलाई समेत संगै निम्त्याउछ। यसरी मोटाऊदा शरिरमा अनावश्यकरुपमा बोसो (Fat) जम्मा हुन्छ र यसले अनावश्यक रुपमा हाम्रो शरिरको वजन समेत बृद्धि हुन्छ । अनि फेरी त्यसरी बढेको वजन घटाउन बिभिन्न Exercise (कशरत) तथा अन्य उपायहरु अपनाउन थाल्छौ र साथै पहिले जे जसरी जस्तो खाने कुरा खाए पनि अब खानाखान सचेत र डाईटिंग समेत गर्न थाल्दछौ। अझ कति त् बिभिन्न औषधि तथा घरेलु उपायहरु समेत अपनाउन थाल्छन।   
अन्य जेसुकै भएपनि, शारिरीक रुपमा फिट तथा आफ्नो अनावश्यक वजन घटाउन Exercise(कशरत) सबै भन्दा उत्तम उपाय हो। तर खानेपिउने बानीमा पनि सुधार ल्याउनु पर्दछ र साथै आफ्नो दैनिक जीवन शैलिमा पनि ध्यान पुर्याउनु पर्छ। ।  
तपाई पनि आफ्नो शरिरमा थुप्रेको अनावश्यक बोसो (Fat) ले मोटाउनु भएको छ र पहाड जस्तो भुडिको स्वामी हुनुहुन्छ र त्यस बाट छुटकारा पाउने प्रयासमा हुनुहुन्छ भने तपाइको लागि एउटा सरल तथा अचुक पेय पदार्थको बारेमा बताउदै छु।  जुन एकदमै लाभदायक त् छदैछ, साथै यसको सेवनले ५ दिनमा ५ किलो सम्म आफ्नो शरिरको वजन घटाउछ। यो पेय पदार्थ बनाउन पनि एकदमै सजिलो र सरल छ। साथै यसको लागि आवश्यक सामाग्रीहरु पनि हाम्रो भान्छामा नै हुन्छन। 
के हो त् त्यस्तो चमत्कारी पेय पदार्थ ? जान्न साह्रै उत्सुकता जागिसक्यो होला। आउनुहोस् तल बिस्तृत रुपमा उल्लेक गरेको छु हेरौ :
पेयपदार्थ बनाउन आवश्यक सामग्री :
एक कल्ली हरियो धनिया 
एउटा कागती 
एक गिलास पिउने सफा पानी 
बनाउने बिधि :
एउटा सफा भाँडोमा कागती निचर्ने, 
धनियालाई मिक्चर वा ब्लेन्डरमा पेष्ट बनाउने,  
कागतीको रस, धानियको पेष्ट र पानी मिलाएर राम्रो सँग मिक्स गर्ने 
त्यसपछि हाम्रो बिशेष पेयपदार्थ तयार भयो। 
यसरी बनाएको पेयपदार्थ वा जूस खाली पेट (केहि नखाई) बिहान बिहान ५ दिन सम्म पिउनुहोस। त्यस पछिको १० दिन सम्म यस जूस वा पेयपदार्थ नपिउनुहोस। 
यो जूस वा पेयपदार्थले हाम्रो शरिरको क्यालोरी बर्न गर्न सहयोग गर्छ। साथै यसमा विटामिन तथा मिनरलस प्रसस्त मात्रामा हुने भएकोले त्यसले हाम्रो शरिरलाई आवश्यक विटामिन र मिनरलसको पूर्ति गर्दछ। फेरी हरियो धनियाले पाचन शक्ति बढाउने तथा रगत शुद्ध बनाउन समेत सहयोग गर्दछ। त्यस्तै कागतिले हाईब्लडप्रेसरलाई नियन्त्रण गर्दछ।  यस जूस वा पेयपदार्थ ५ दिन लगातार पिउनाले हाम्रो शरिरको अनावश्यक बढी तौल ५ किलो सम्म घट्न सक्छ। 
यदी तपाई पनि अनावश्यक रुपमा मोटो हुनुहुन्छ र आफ्नो तौल घटाउन अनेक उपाय अपनाएर थाकिसक्नु भएको छ भने आउनुहोस् एकपटक यसलाई पनि प्रयोग गरेर हेर्नुहोस्। यो बिधि अपनाउदा बेफाइ केही पनि नहुने भएकोले एकपटक प्रयोग अवश्य गर्नुहोस। 

Wednesday, November 9, 2016

अमेरिकाको राष्ट्रपति चुनाव ! विश्वको चासो।

विश्वकै चासोको बिषय बनेको अमेरिकी राष्ट्रपतिको चुनावमा कुनै सार्वजनिक पदमा नरहेका अरबपति ब्यापारी डोनाल्ड ट्रम्पले दिग्गज राजनैतिक नेताहरुका अनुमानका साथै बिभिन्न मत सर्वेक्षणहरुलाई गलत साबित गर्दै डेमोक्र्याटिक पार्टीको उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरी ४५ औँ राष्ट्रपतिमा बिजयी भएका छन्। सम्पूर्ण मतगणना हुनु पूर्वनै उनले आवश्यक मत ल्याएर बिजयी भएपनि आधिकारिक घोषणा भने अझै भइसकेको छैन। ट्रम्पलाई अमेरिकाको ठुला राज्यहरुमा भन्दा ग्रामिण
इलाकाका मतदाताहरुले ठुलो संख्यामा भोट दिएको पछिल्लो सर्वेक्षणले जनाएको छ। साथै महिला तथा अल्पसंख्यकहरु र कलेज पढेकाहरुले हिलारी क्लिन्टनलाई मत दिए पनि गोरा अमेरिकन पुरष तथा कलेज अध्ययन नगरेकाहरुको ठुलो संख्याले ट्रम्पलाई भोट हालेको कुरा अहिले प्रष्टिएको छ। डेमोक्य्राटहरुले पहिले जितेको ठुला तथा मझ्यौला राज्यहरु जस्तै फ्लोरिडा, ओहाहियो,
पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा ट्रम्पले जितेर आफ्नो विजय सुनिश्चित भएको थियो। राष्ट्रपति निर्वाचित हुन् २७० इलेक्टोरल मत परिणाम आवश्यक  हुने भएता पनि पछिल्लो जानकारी अनुसार ट्रम्पले २७६ इलेक्टोरल मत परिणाम पाइसकेका छन्।
अब अमेरिकी राष्ट्रपति निर्वाचनको अधिकारिक घोषणा पश्चात नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बिश्व राजनीतिमा अमेरिकाको भूमिका कस्तो रहने छ, सबै त्यसैको पर्खाइमा छन्। चुनावी घोषणामा अहिले
रहेको अमेरिकको आर्थिक, राजनीतिक र सामाजिक नीति बिरुद्ध ठुलो परिवर्तन गर्ने घोषणा सहित चुनावी मैदानमा उत्रिएका ट्रम्पले भविष्यमा के गर्छन त्यो नै अहिले विश्वले ठुलो व्यग्रताका साथ् हेरिरहेका छन।      

Wednesday, November 2, 2016

१८ बर्ष पछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण !

२ नोवेम्बर २०१६, नेपालका राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने भ्रमणको लागि विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी सहित भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरे, लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्कर लगायत ६० सदस्य सम्मिलित टोलीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो। इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह नेपाल आइपुगेका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन विमानस्थलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो। सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र
मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत उपस्थित थियो, साथै भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय समकक्षी प्रणव मुखर्जीबीच शितल निवासमा आजै भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति मुखर्जीको बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने र शुक्रबार जनकपुर तथा पोखरा जाने कार्यक्रम समेत छ। उनको तीन दिने नेपाल भ्रमण कार्यक्रम निम्न प्रकारको छ :
१७ गते बुधबार:
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्रिभुवन बिमानस्थलमा समकक्षी भारतीय राष्ट्रपति मुखर्जीको स्वागत,
शीतल निवासमा राष्ट्रपति स्तरीय दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि
१८ गते बिहीबार:
पशुपतिनाथमा पुजाअर्चना
काठमाडौँ विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज
१९ गते शुक्रबार: 
जनकपुर भ्रमणको लागि प्रस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान

Wednesday, October 26, 2016

DESTINATION NEPAL

हाम्रो जस्तो भरखरै प्राकृतिक बिपत्ति अनि आन्तरिक तथा बाह्य राजनीतिले थला परेको मुलुकको पर्यटन उद्योगलाई भने निकै खुसीको खबर छ। संसारकै सबैभन्दा प्रख्यात तथा विश्वासिलो अमेरिकाको Guide Book तथा Travel Website Company ‘लोन्ली प्लानेट’ ले सन् २०१७ मा तयार पारेको तथ्यांकको आधारमा नेपाल संसारको १० उत्कृष्ट भ्रमण गर्नैपर्ने देशको सूचीमा पाँचौं नम्बरमा परेको छ।
१९७२ मा स्थापना भएको लोन्ली प्लानेटको रिपोर्ट अनुसार त्यस सुचिमा दक्षिण एसियाबाट नेपालमात्र एउटा राष्ट्र परेको छ भने एसियाबाट नेपाल प्रथम स्थानमा रहेको छ। मंगोलिया, ओमान र म्यानमार एसियाका अन्य देशहरु हुन् भने विश्वका अन्य देशहरुमा बर्मुडा र इथियोपिया हुन् भने घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा क्यानडा पहिलो नम्बरमा परेको छ।
लोन्ली प्लानेटले आगामी वर्षको लागि तयार पारेको ‘बेस्ट भ्यालु’ (पर्यटकहरुले खर्च गरेको पैसा खेर नजाने अथवा पर्यटकहरु पूर्णतया सन्तुष्ट हुने) १० उत्कृष्ट गन्तव्यको सूचीमा भने नेपाल पहिलो नम्बरमा परेको छ ।
लोन्ली प्लानेटले उपरोक्त गन्तव्यहरु घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर विश्वका १ सय ९० देशबाट छनौट गरी सार्वजनिक गरेको सुचिमा नेपाल उत्कृष्ट १० मा परेको हो । ती गन्तव्य घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर लोन्ली प्लानेटले सूची सार्वजनिक गरेको हो।
‘लोन्ली प्लानेटको भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्य र बेस्ट भ्यालु गन्तव्यको सूचीमा नेपाल पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो। यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। यसले भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि समेत पुष्टि हुन्छ। 
उत्कृष्ट सूचीको पहिलो नम्बरमा क्यानडा, दोस्रो कोलम्बिया, तेस्रो फिनल्यान्ड, चौथो डोमिनाका, छैठौं बर्मुडा, सातौं मंगोलिया, आठौं ओमान, नवौं म्यानमार र दसौंमा इथियोपिया छन् ।
त्यसैगरी बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको छ ।
‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ बेस्ट भ्यालु सूचीमा छ, ‘त्यहाँ विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’
बेस्ट भ्यालु गन्तव्यको सूचीको दोस्रो नम्बरमा नामिबिया, तेस्रो पोर्चुगल, चौथो इटाली, पाँचौं हंगेरी, छैठौं बेलिज, सातौं मोरक्को, आठौं रुस, नवौं अस्ट्रेलिया र दसौंमा अमेरिका परेका छन् । 

Monday, October 17, 2016

नेपालको स्वाधिनतामा हमला !

नेपालको स्वाधिनता र  नेपालीहरुको राष्ट्रियता माथि नेपालकै पूर्व राज परिवारसंग नजिकको सम्बन्ध रहेको एक प्रतिष्ठित कम्पनी सिप्रदी प्रा. लि. ले लात्ती हान्ने काम गरेको छ।  सिप्रदी प्रा. लि. अटोमोबाइल सम्बन्धी काम गर्ने नेपालमा दर्ता भएको एक प्रतिष्ठित कम्पनी हो । सिप्रदीले आफ्नो कम्पनी प्रोफाइलमा सिप्रदी प्रालि  नेपालको एक ब्राण्डेड कम्पनी भएको कुरा उल्लेख गरेको भएता पनि यसले कम्पनीको केहि फाइदाको लागि नेपाल राष्ट्रको स्वाधीनता र नेपालीको राष्ट्रियतामाथि लात्ती हान्ने काम गरेको छ । कम्पनीलाई हुने आर्थिक लाभको लागि सिप्रदीले ओसारपसार गर्ने समानको विवरणमा नेपाल भारतको एउटा प्रदेश वा राज्य  भएको कुरा उल्लेख गर्दै काठमाडौँ शहर समेत भारतको एउटा शहर भएको कुरा उल्लेख गरेको छ । हालसालै सार्वजनिक भएको एउटा सामान प्यकिङ्ग गरेको फोटोमा सिप्रदीको लोगो स्पष्ट देखिन्छ र त्यस सामानको प्यकिङ्गमा उल्लेखित विवरणमा देश इण्डिया, स्टेट नेपाल र शहर काठमाडौँ भन्ने उल्लेख गरिएको छ । फोटो हेर्नुहोस् :
यसबारे कुरा गर्न सिप्रदीमा टेलिफोन सम्पर्क गरेर बुझ्न खोज्दा फोन उठाउने कर्मचारीले त्यसबारे आफुलाई केहि थाहा नभएको र सम्बन्धित अधिकारी बाहिर हुनुभएकाले केहि समयपछी सम्पर्क गर्नु भन्ने जानकारी मात्र दिइन्  ।  त्यसपछि जतिनै सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन  । 

यो घटनाको चौतर्फी बिरोध भए पनि सम्बन्धित निकाय अझसम्म मौन छ। सामाजिक सञ्जालमा समेत तीब्र विरोध हुनथालेको छ र राष्ट्रियतामाथि धावा बोल्नेहरुलाई कारवाही हुनुपर्ने माग गर्दै छन्। 
सरोकारवाला अधिकारीहरु, आफुलाई देशभक्त नेता भन्नेहरु यस्तो सम्वेदनशील बिषयमा के सोच्छन त्?    

Sex Art (A Short Film)

Wednesday, September 28, 2016

स्वास्थ्य मुटुको लागि बदाम !

(बिश्व मुटु दिवशको सन्दर्भमा)
बदाम, एउटा सबैले रुचाउने खानेकुरा हो। हामी सबै देशी (हाडे) बदामसंग राम्ररी परिचित छौँ। यो बदाम एउटा मिठो खानेकुरामा पर्दछ। यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्य को लागि लाभदायक पनि उत्तिकै छ। यो बदामलाई भिजाएर खादा झनै स्वादिलो र स्वास्थ्यको लागि धेरै फाइदा समेत गर्दछ।  
भिजाएको बदम किन स्वास्थ्य को लागि राम्रो हुन्छ: 
बदाम स्वादिलो तथा स्‍वास्‍थ्‍यको लागि समेत अति लाभदयाक मानिन्छ। बिशेष गरि यो देशी (हाडे) बदाम स्मरण शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मदत समेत गर्दछ। यसमा प्रसस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ, जस्तै: भिटामिन ई, जिंक, क्याल्सिएम, म्याग्नेसिएम, ओमेगा-३ र फ्याटी एसिड प्रसस्त मात्रामा पाइने भएकोले यो स्वास्थ्यको दृष्टिकोणबाट पनि अति उत्तम खाने कुरामा पर्दछ। यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा  बढी लाभदायक हुन्छ। यो बदामलाई खैरो रंगको खोष्टाले ढाकेको हुन्छ, यो खोष्टा Tannin भन्ने तत्व हुन्छ र त्यसले बदाममा भएको पौष्टिक तत्वहरुलाई नष्ट गर्ने भएकोले पूर्ण लाभ प्राप्त गर्न सकिदैन अत: यसलाई हटाएर देशी (हाडे) बदाम खादा बढी भन्दा बढी पोषक तत्व प्राप्त गर्न सकिन्छ।   फेरी यसरी भिजाएको बदाम  स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ।  Lipase (लाईपेज) नामक तत्व पनि यसमा प्रसस्त पाइन्छ, जसले चिल्लो पदार्थ (Fat) लाई पचाउन बिशेष सहयोग पुर्याउछ। 
तौल घटाउनाका साथै अन्य फाइदा :
यो देशी (हाडे)बदामले हाम्रो अनावश्यक तौल घटाउन मदत गर्दछ। यसमा भएको मोनो अनस्याचुरेटेड फ्याटले भोकलाई कम गर्दछ, जसले गर्दा हामी सोभावैले कम खाना खान्छौँ। साथै भिजाएको बदाममा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले हामीलाई स्वास्थ्य रहन मदत गर्दछ भने हामीलाई सधै जवान बनाउन समेत सहयोग गर्दछ।   भिजाएको देशी (हाडे) बदाममा प्रसस्त मात्रामा भिटामिन B१७ र फोलिक एसिड समेत पाइन्छ, जुन क्यान्सर जस्तो भयानक रोग सँग लड्ने क्षमता सनत बढाउछ। 
खराब कोलस्ट्रोललाई नियन्त्रण गर्छ:
प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ। तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ। 
हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ: 
जर्नल ऑफ न्‍यूट्रिशनमा प्रकाशित एक शोधको नतिजालाई विचार गर्ने हो भने, मुटुका रोगीहरुलाई त् यो देशी (हाडे) बदाम ठुलो औषधि साबित हुन्छ। किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले LDL कोलस्ट्रोलको  अक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले   हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ।तेसैले यदि तपाई मुटुको रोगी हुनु हुन्छ भने अवश्य रातभरी भिजाएर देशी (हाडे) बदाम खानुहोस। यसले तपाइको मुटु स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ। 
उच्च रक्तचाप नियन्त्रण गर्छ: 
ब्‍लडप्रेशरको रोगीहरुको लागि पनि यो देशी (हाडे) बदाम लाभदायक हुन्छ। जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, यो बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोफ़ेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाइ नियन्त्रित राख्न सहयोग गर्दछ। त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिषहरुले नियमित रुपमा यो बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो। अतः देशी (हाडे) बदाम को सेवन सबैले सधै गरौ।    
रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर देशी (हाडे) बदामको सेवन गर्नाले साना बिध्यार्थिहरुलाई निकै लाभदाएक हुन्छ भने सुगरका प्यासेन्टहरुको सुगर तथा इन्सुलिनको लेबल नियन्त्रण गर्न समेत सहयोग गर्दछ। यसले गर्दा सुगर हुनबाट समेत रक्षा गर्दछ।  तेसैले देशी (हाडे) बदाम रातभरी भिजाएर भोलिपल्ट बिहान खाने होइन त् ? हजुर ढिलो नगर्नुस। 

Sunday, September 25, 2016

मुङ्गलान !

कबि: कुमार खत्री 

परदेशी भाइ केछ सन्चो बिसन्चो?
मुङ्गलानको हावापानी मिलेन होला,
आफ्नो ज्यानको आफै ख्याल राख्नु,
झट्ट अरुको विस्वास नगर्नु ,
सम्झनुपर्ने कुरा कतिछन
बिर्सनै नहुने पनि त्यतिनै छन्
सम्झेकै हौला,
आम्बोटे कुलाको पानी खोचिनलाई खाएको
छरछरे छाँगामा कछाड नलाई नुहाएको
अनि,हरेलो बजारमा दोहोरि गित गाएको ,
बिर्सेका छैनौहोला,
हजुरबाको पाप्रोमा बाउले छाप्रोहाल्दा
लिएको ऋणमा पुच्छरले  कुकुरहल्लाउन थालेपछि
त्यसमाथि साहुले रयाख रयाख्ती पारेपछि 
हलो जुवा थन्क्याएर हलगोरु बेच्नु पर्यो
त्यहि पैसाले मुटु गाँठोपार्दै
प्लेन टिकट काट्नु पर्यो
आमा बाउको आँशुपुछ्ने सेतो रुमाल 
श्रीमतीको लाज ढाक्न रातो फरिया पठाउन
निर्जन बालुवाको वनभित्र परेड खेल्दाहौ
अझै पनि पुर्खाको हस्तिहाड बन्दकिमै 
त्यो पनि निखन्नु 
हिङ्ग बाँधेको टालो बाँधेकाछौ
त्यो पनि चिन्नु 
अहिलेत घरमात्र बनाएकाहौ
घर बसाउन बाँकिनै  
साइनो मात्र गांसेकाछौ
मन हँसाउन बाँकीनै 
शिरमा दुर्बासालाई बास रोक्नु
सक्छौभने मनभरी इख बोक्नु
रिङ्ग्टोनको कोदालीले कुलो चलाउनु
हामि समाहा मिलाउला
मेहनतको फालीले खेत बिराउनु
हामि झार जिलाउला
फर्की आउदा ,
पसिनाको गन्ध मिसिएको सेतो धन ल्याउनु
नीला आँखामा बिटुलो नपारी चोखो तन ल्याउनु
सात समुद्र तरिआउदा
झोलाभरि आँशुको समुद्र बोकी नल्याउनु ।